नागढुंगा सुरुङको परीक्षण गरिँदै

विविध समाचार

काठमाडौं । दशैंमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ ।

अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएको छ । यो फ्लाईओभर ४८ घण्टामा परीक्षण सकिनेछ ।

मुख्य सुरुङको परीक्षण भइसक्यो । अब फ्लाइओभरको परीक्षण हुँदै छ । शनिबारसम्म फ्लाइओभरको परीक्षण सकिने जानकारी आयोजनाले दिएको हो । साथै दशैंका लागि खुला गर्ने तयारी भए पनि अहिले परीक्षणकै क्रममा रहेकाले कहिले देखि सवारी चल्न दिने भन्नेबारे टुङ्गो नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *