काठमाडौं । जग्गा कारोबारदेखि ठेक्कासम्मका व्यवसायमा संलग्न रहेको सेनाले अब ग्याँस उद्योग समेत खोल्ने भएको छ । नेपाली सेना जनताको करबाट चल्ने संस्था हो । सेना पेसागत मर्यादाविपरीत निजी कम्पनीझैँ नाफामुखी व्यापारमा सक्रिय रहँदै आएको छ । सेनाले घरजग्गा कारोबारदेखि सडक निर्माण र क्यान्टिन सञ्चालनसम्म गर्दै आएको छ । अब सेनाले ग्याँस उद्योग सञ्चालन गर्ने तिर लागेको देखिन्छ । के नेपाली सेनाले उद्योग धन्दा सञ्चालन गर्ने कि देशको सुरक्षा गर्ने यो सर्वसाधरणको प्रश्नको विषय बनेको छ ।
नेपाली सेनाले विद्यालय तथा महाविद्यालय विस्तार, अत्याधुनिक अस्पताल विस्तार, पेट्रोल पम्प विस्तार तथा व्यवस्थापन, मिनरल वाटर तथा अक्सिजन प्लान्ट विस्तार, फार्मेसी सञ्चालन गर्दै आएको छ । नेपलाी सेनाले अस्पताल र मेडिकल कलेजमा अर्बाै लगानी गरि सकेको छ । त्यसैगरी सेनाले घरजग्गामा हात हालेको छ । सेनाले ०६३ देखि जग्गा खरिद गरेर प्लटिङ गर्ने, आवास बनाउने र भाडामा लगाउने काम गर्दै आएको छ । सेनाले कोषमा अर्बौ रकम छ । सो कोषबाट सुपथ मूल्यका पसल खोल्नेदेखि क्यान्टिन चलाउनेसम्मको काम गर्दै आएको छ । त्यसैगरी सेनाले हाइड्रोदेखि पर्यटन उद्योगस लगानी गरिरहेको छ । सेनाले लगानी गरेको क्षेत्रमा भने नाफामुखी देखिएको छैनन् । सेनाले सरकारी मापदण्ड मिचेर मेडिकल कलेज सञ्चालन, कल्याणकारी कोषको रकम ब्याजमा लगानी, सडक तथा जलविद्युत्मा समेत लगानी गरेको छ ।
त्यसैगरी पानी, कपडा उद्योग सञ्चालन, जग्गा प्लटिङ र आवास निर्माणमा समेत ठूलो लगानी गरेको छ । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदैदेखि नेपाली सेनासँग निकै नजिक रहेको स्रोतले उल्लेख गरेको छ । बालेन सरकारलाई नेपाली सेनाकै व्याकअप रहेको चर्चा त्यतिकै छ । बालेन नेतृत्वको सरकार बनेसँगै कपडा उद्योग चलाउन जिम्मेवारी दिइएकोमा अब ग्याँस उद्योग सञ्चालन गर्न दिने तयारी गरिरहेको छ । सेना फास्ट ट्रयाक निर्माणमा ठेक्का लिएको थियो । सो ठेक्का पछिल्लो समय विवादित बन्न पुगेको छ ।
यदी नेपाली सेनाले ग्यासमा हाल हालेको खण्डमा निजी क्षेत्रको ५३ अर्बभन्दा बढीको लगानी जोखिममा पर्ने देखिन्छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार देशभर करिब १ करोड ७५ लाख सिलिन्डर रहेका छन् । यो हिसाबले ग्याँसमा निजी क्षेत्रको झण्डै ५३ अर्ब लगानी रहेको छ । यदी सेना र प्रहरीले व्यावसायिक काम गर्न थालेपछि निजी क्षेत्रले के काम गरेर पेट पाल्ने ? रोजगारी कहाँबाट सिर्जना हुने ? साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र नेपाल आयल निगमजस्ता सरकारी संयन्त्र हुँदाहुँदै ती उद्योगहरु सेनाले कब्जा गर्न खोजे पछि उद्योगीहरुले आपत्ति जनाएका छन् । कतै ग्यासको कुत्रिम अभाव देखाएर नेपाली सेनालाई ग्याँसको जिम्मा लगाउन खोजिएको त होइन भन्ने प्रश्न समेत उतिकै उठेको छ । नेपाली सेना गर्ने काम सार्वभौमसत्ताको रक्षा गर्ने, विपद् व्यवस्थापन गर्ने, राष्ट्रिय संकट समाधान जस्ता कामलाई थाती राखेर उद्योग व्यवसायमा लगानी गर्नु भनेको सार्वभौमसत्ताको अपहेलना गर्नु हो । सेनालाई व्यापारी बनाएर धनी बनाउँदा भविष्यमा लोकतन्त्रमाथि नै खतरा हुने संकेत देखिन्छ । बन्दुक र पैसा दुबै भएपछि भोलिका दिनमा सेनाले राजनीतिक नेतृत्वलाई नटेर्ने सम्भावना बढ्दै गएको छ । सेनाले पाकिस्तानी मोडेलमा सत्ता सञ्चालनमा सक्रियता देखाउने चिन्ता विज्ञहरुले गर्न थालेका छन् ।
नेपाली सेनाका अवकाश प्राप्तहरुलाई सरकारी राजनीतिक नियुक्तिमा प्रथामिकता दिनु राजदूत, एकीकृत बागमती सभ्यताको अध्यक्ष, वायु सेवा निगम कार्यकारी निर्देशक चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान, पूर्वाधार मन्त्रीका सल्लाहकार समेत अजकाश प्राप्त नेपाली सेनाले नियुक्ति पाए पछि यस्तो संका उब्जिएको हो ।

