दशैंको मौका छोपी यातायातमा चर्को भाडा

अर्थ/वाणिज्य प्रमुख समाचार

काठमाडौं । सरकारले चाडबाड लागेसँगै यातायात व्यवसायीहरुलाई भाडा बढी असुल्ने चालकलाई कारवाही गरे भने तापनि यातायात व्यवसायी र एयर लाइन्सले मनपरी ढंगले चर्को भाडा असुलिरहेको गुनासाहरु आई रहेका छन् । दशैं अगाडि घर जाने र दशैं मनाएर काठमाडौं भित्रिने यात्रुहरुलाई माक्रोबस, सुमो र हेभी सवारीसाधन, एयर लाइन्सले चर्को भाडा असुलिरहँदा पनि सरकार बेखबर बन्न पुगेको थियो । सवारी यातायातहरुले चर्को भाडा असुलिरहेका थिए । रामेछाप, दोलखा, ओखलढुङ्गा, विराटनगर, सिन्धुलीलगायत देशैभरी चल्ने लामो दुरीका सवारीसाधनहरुले यात्रा गर्नेहरुलाई कष्टकर बनाएका थिए । क्षमता भन्दा बढी यात्रु राख्ने र चर्को भाडा असुली गर्दा पनि सरकार र ट्राफिक प्रहरी भने मुकदर्शक बन्न पुगेको थियो । चर्को भाडा असुलेको गुनासो चालकहरु समक्ष गर्दा चालकहरुले अर्कै गाडीमा जानुस् । लाग्दो भाडा दिनुहोस् । बढी कुरा नगर्नु होस् भन्ने जवाफ पाइन्थ्यो । त्यसले गर्दा पनि सर्वसाधारण जनतालाई यातायात व्यवसायीहरुले चर्को भाडा असुलिरहेका थिए भने रिजर्भ गर्ने यात्रुहरुलाई पनि मार परिरहेको थियो । यस्ता विषयमा न त सरकारले निगरानी बढाएको थियो न त सम्बन्धित निकायले नै ।

त्यसैगरी यातायातको भाडा वृद्धिसँगै खाद्यान्नको मूल्य पनि त्यतिकै आकाशिएको थियो । दाल, चालम, तेल, अण्डा, गेडागुडीलगायत फलफूल जस्ता चीजमा पनि त्यतिकै मुल्यबृद्धि भएको थियो भने मासुजन्य वस्तुमा पनि त्यतिकै बढी मुल्य तिर्नु परेको थियो । यी र यस्तै कारणले गर्दा रास्वपाकाको दुई तिहाई हाराहारीको सरकारले सर्वसाधारण जनतालाई राहत दिने भन्दा पनि महंगी र यातना दिएर तड्पाइरहेको छ । सर्वसाधारण जनताले रास्वपाकालाई दुईतिहाई हाराहारी बहुमत दिएर सरकारमा पठाएका थिए ।

आज त्यही रास्वपाकाको सरकारले सर्वसाधारण जनतालाई राहत भन्दा पनि महंगी, भ्रष्टाचार, विकृति, विसंगतीको थलो बनाउने काम गर्दै आएको छ । त्यसले गर्दा नेपाली जनतालाई न त तत्कालीन सरकारले पनि सर्वसाधारण जनतालाई तड्पाई रहेको थियो. भने दुई तिहाई हाराहारी रास्वपाकाको सरकारले पनि सर्वसाधारण जनतालाई न्याय दिन सकेको छैन । सरकारले गरिब, सुकुम्बासी, पत्रकार, व्यापारी, किसान, मजदुर जस्ता निमुखा सर्वसाधारणलाई करको भार थपेको छ । सरकारकै कारण सर्वसाधारण जनता र किसानहरु मारमा परिरहेका छन् ।

तत्कालीन सरकारहरुले चाडावाडको बेलामा सर्वसाधरणलाई केही राहत दिएको थियो भने बालेन नेतृत्वमा बनेको रास्वपाका सरकारले ठूला बडा र धनीमानीलाई पोस्ने काम गरेको छ भने निमुखा र सर्वसाधारण जतालाई उठीबास लगाउने काम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *