व्यापारी, व्यवसायी र आर्थिक अपराध

राजनीति लेख विविध

ई. अनन्तबहादुर गुरुङ

नेपालमा व्यापारीहरु र व्यवसायीहरुको नेतृत्व वर्गले राजनीतिक दलहरुको नेतृत्व वर्ग संग मिलेर आर्थिक अपराध गर्दै आएकाछन । पछिल्लो समयमा व्यापारीहरु र व्यवसायीहरुले स्वार्थ समूह नै बनाएर सरकार ढाल्ने र त्यसको ठाउँमा आफुले चाहेको दलको नेतृत्वमा नयाँ सरकार बनाउने सम्मको गतिविधि नेपालमा चलाए । राष्ट्रिय स्वतंत्र पार्टीका वर्तमान सभापति रबि लामिछानेलाई त्यस्तै व्यापारीहरु र व्यवसायीहरुको स्वर्थ समूहले ओली–देउवा सरकार बनाएर जेल हाल्ने सम्मको काम सम्पन्न गरेका थिए । व्यापारीहरु र व्यवसायीहरुको उक्त स्वार्थ समूह १२ भाई स्वार्थ समूहको नामले प्रख्यात छन । वर्तमान प्रधानमंत्री बालेन शाहको नेतृत्वमा जेन जी सरकार अर्थात राष्ट्रिय स्वतंत्र पार्टीको सरकार बनेपछि पनि महादलाल बिचौलिया दीपक भट्टको नेतृत्वमा बालेन सरकारलाई ढाल्ने कसरत भित्रभित्रै भईरहेको थियो । पूर्व प्रधानन्यायाधिश चोलेन्द्रको नेतृत्वमा गोप्य रुपले अगाडि बढेको उक्त काण्डलाई पर्दाफास गर्न बालेन सरकार सफल भएपछि हालको लागि पुरानो दलका शीर्ष नेताहरु समेत मिलेको उक्त काण्ड फासफुस भएकोछ । दीपक भट्ट लगाएयतको दलाल बिचौलिया व्यापारीहरु र व्यवसयीहरु अहिले कोही जेलको हावा खाँदै छन भने कोही जेलको हावा खाने तर्खरमा छन ।

बिगत ३६ बर्षमा पुरानो दलका शीर्ष नेताहरुको नेतृत्वमा बनेको र चलेको बिभिन्न दलका सरकारहरुले व्यापारीहरु र व्यवसायीहरुको नेतृत्व सित मिलेर ठुला ठुला अनेक भ्रष्टाचार काण्डहरु घटाएकाछन । नेपाली जनताको गाँस, बास र कपासलाई मूल मुद्दा बनाएर नेपालकको राजनीतिमा सफल भएका एमाले र माओवादी जस्ता दलहरुका राजनीतिक नेतृत्वहरुले व्यापारीहरु र व्यवसायीहरुको नेतृत्व सित मिलेर अनेक घरजग्गा काण्डहरु घटाएकाछन । यस्ता काण्डहरु मद्धे सबै भन्दा ठुलो काण्ड ललितानिवास बालुवाटारको सरकारी जग्गा अपचलन काण्ड नै हो । साथै एमालेका शीर्ष नेता ओलीको नेतृत्वमा दलाल बिचौलिय दीपक मलहोत्रा सित मिलेर गरेको गिरी बन्धु टिस्टेट घरजग्गा अपचलन काण्ड दोस्रो ठुलो काण्ड हो । साना साना घरजग्गा काण्डहरुको त कुनै हिसाब किताप नै छैन । नेपाल भरी नै साना साना सरकारी घरजग्गा अपचलन काण्डहरु राजनीतिक दलका नेताहरुले व्यापारीहरु र व्यवसायीहरु सित मिलेर घटाएकाछन जसको सूचि लामो छ । नुवाकोटको सेरा दरवार घरजग्गा अपचलन काण्ड स्वयम माओवादी शीर्ष नेता प्रचण्डले आफ्नै दलका एक व्यापारी सित मिलेर गरेका थिए । यसरी पुराना दलका राजनीतिक नेतृत्वले बिभिन्न व्यापारीहरु र व्यवसायीहरुको नेतृत्व सित मिलेर नेपाल राष्ट्र लुट्ने र नेपाली जनतालाई झन झन गरिब बनाउँदै लाने कामलाई नेपालै भरी तिब्र तुल्याएका थिए । नेपाली जनता पुरानो दलहरुको यस्तो राजनीतिक नेतृत्व देखि वाक्क दिक्क भएको बेलामा नेपाली जनताले पूर्व राजालाई नेपाल राष्ट्र जोगाउनको निमित्त गुहार लगाईरहेको बेलामा जेन जी आन्दोलनको सुरुवात भएको थियो । दलहरु भित्रैको नयाँ दल राष्ट्रिय स्वतंत्र पार्टीले प्रचलित संबिधान अनुसार भएको चुनावबाट नै लगभग दुईतिहाई बहुमत प्राप्त गरी राष्ट्रिय स्वतंत्र पार्टीको सरकार निर्माण भई त्यसको नेतृत्व प्रधानमंत्रीको रुपमा बालेन शाहले लिनु भएकोछ । बालेन सरकारले सत्ता सम्हाल्ने बित्तिकै दलाल बिचौलियाहरुलाई प्रधानमंत्री कार्यालय सिंहदरवार र निवासस्थान बालुवाटार भित्र छिर्न दिएकाछैनन् ।

पुरानो दलहरुले बनाएका सरकारहरुलाई कठपुतली समान बनाएर नचाउने दीपक भट्ट जस्ता महादलाल बिचौलियालाई जेल हालीसकेकाछन । जेलभित्रैबाट पनि पूर्व प्रन्या चोलेन्द्र सित मिलेर बालेन सरकारलाई ढालेर आफु जेलमूक्त हुने प्रयास गरी रहेका दीपक भट्टलाई बालेन सरकारले षडयंत्रको सुँईको पाउने बित्तिकै जेलसार गरी सिन्धुपाल्चोक जेलमा पुर्याएकाछन र सेटिङ गर्ने पूर्व प्रन्या चोलेन्द्रलाई नेपाल प्रहरीले हिरासतमा लिएर चेतावनीको साथ छाडेकाछन । यसरी सरकार आफ्नो हुँदाहुँदै पनि राष्ट्रिय स्वतंत्र पार्टीको हातमा सत्ता अझ पनि आउन सकीरहेको छैन । बालेन सरकारको हरेक सुधारको कामहरु बिरुद्ध सर्बोच्च अदालतले निषेधाज्ञ जारी गरी कार्यान्वयन गर्न दिएको छैन । त्यसै गरी प्रशासन भित्र पुराना दलहरुले घुसाई राखेका निजामाती कर्मचारीहरुले पनि असहयोग मात्र होईन काम समेत गर्न दिईराखेका छैनन् । तिब्रगतिमा क्रमभंग गर्दै अगाडि बढेको बालेन सरकारलाई बेलाबेलामा अड्डा अदालतबाट दाँतमा ढुंगा लगाउने काम हुँदै आएको हुँदा आफ्नो सुधार कार्यहरुबाट सोचेको जस्तो परिणाम बालेन सरकारले पाउन सकीरहेको छैन । व्यापारीहरु र व्यवसायीहरुको घुषपैठले नेपालको दलिय राजनीतिको पनि व्यापारीकरण भईसकेको छ । लोभीपापी दलका शीर्ष नेताहरुले बिगतमा ब्यापारीहरु र व्यवसायीहरुको नेतृत्च सित मिलेर नेपालमा ठुला ठुला आर्थिक अपराध गरेको हुँदा त्यसको कुपरिणामहरुलाई अहिले बालेन सरकारले संगाल्नु परीरहेको अवस्था छ । पुरानो दलहरुको सरकारबाट बिरासतको रुपमा प्राप्त भ्रष्टाचार र अर्थिक अपराधहरुलाई निराकरण गर्नको लागि बालेन सरकारले जेन जीको मुख्य एजेण्डा सुशासन कार्यान्वयन तदारुकताको साथ अगाडि बढाईरहेको छ । व्यापारीहरु र व्यवसायीहरुले नै आर्थिक अपराधलाई बिगत देखि बढावा गर्दै आएको हुँदा तिनीहरु नै अहिले बालेन सरकारले चलाएको सुशासन अभियानको मुख्य निशानामा पर्दछन । पुरानो दलका सरकारहरुले आयात व्यापारलाई धेरै महत्व दिएको हुँदा नेपालका धेरै उद्योगीहरुले आफ्नो लगानी व्यापारमा लगाएर अकुत कमाउने अवसर पाएका थिए । व्यापारबाट कमाई राम्रो हुँदाहुँदै पनि उद्योगीबाट व्यापारी बनेका व्यापारीहरुले पुरानो दलका राजनीतिक नेतृत्व सित मिलेर आर्थिक अपराधमा संलग्न भएका थिए ।

एमाले शीर्ष नेता पूर्व प्रम ओलीको शासनकालमा यती समूह, बतास समूह, ओम्नी समुह, सिभिल समूह आदि नाम गरिएका व्यापारिक समूह सित मिलेर भ्रष्टाचारजन्य आर्थिक अपराधमा संलग्न भएकाथिए । गिरी बन्धु टि–स्टेट घरजग्गा अपचलन काण्ड भने एमाले शीर्ष नेता पूर्व प्रमं ओलीले व्यवसायी दीपक मलहोत्रा सित कमिसनको लेनदेनको आधारमा कानुन नै संसोधन गरी सघाएका थिए । राजनीतिक नेतृत्व नै नाफाखोर दलाल व्यापारीहरु र व्यवसायीहरु सित मिलेर नेपालमा धेरै आर्थिक अपराधहरु भएकाछन जसको निराकरण बालेन सरकारले नगरी हुँदैन । नेपाली जनताले बालेन सरकारलाई बिकास गर्नको लागि नभएर सुशासन गर्नको लागि नै दुईतिहाई बहुमतको साथ सत्ता सुम्पेको हो । सुशासन तब सम्म कायम हुन सक्दैन जब सम्म सत्तामा हुँदा पुरानो दलका शीर्ष नेताहरुले गरेका भ्रष्टाचारहरु र आर्थिक अपराधहरुको लागि बालेन सरकारले जबाफदेही बनाउन सक्दैन । पुरानो दलहरुले एकता गर्दैछन र बालेन सरकारबाट हुन सक्ने कानुनी कार्यबाहीहरुबाट बच्नको लागि आन्दोलनको कार्यक्रमहरु बनाएर सार्वजनिक गरीरहेकाछन ।

नेपाली जनताले साथ दिए पनि नदिए पनि पुराना दलका शीर्ष नेताहरुको झोले कार्यकर्ताहरु सडक आन्दोलनमा उत्रनेछन । भ्रष्टाचार र आर्थिक अपराधबाट कमाएका अर्थिक स्रोतहरुलाई बालेन सरकार ढाल्नको लागि उपयोग गर्न सक्ने संभावनालाई पनि नकार्न सकिन्न । त्यसैले बालेन सरकारले आफैलाई स्थिरीकरण गरी शासन सत्तामा पकड मजबुत बनाउँदै लानुपर्छ । जसै गरे पनि बालेन सरकारलाई पुरानो दलहरुले ढलाउन सक्ने संभावना अहिले छैन । राष्ट्रिय स्वतंत्र पार्टीलाई फुटाउन सकिए मात्रै पुरानो दलहरु सबै मिलेर बालेन सरकारलाई चुनौती दिन सक्ने अवस्था नेपालमा फेरि पनि ल्याउन सकिन्छ । पुरानो दलहरु प्रतिक्रियावादी पनि भएको हुँदा हरसंभव प्रयासहरु जारी नै राखेका हुन्छन । तसर्थ बालेन सरकारले हरेक हालतको प्रतिवाद् गर्नको लागि आफैलाई सदैव तयार राख्नु पर्छ । जसरी चोलेन्द्रको सेटिङलाई तहसनहस पारी बालेन सरकारलाई झन सुरक्षित बनाईयो त्यसरी नै भविष्यमा हुन सक्ने षडयंत्रहरुको बिरुद्ध पनि बालेन सरकारले तयार भएर बस्न जरुरी छ । नेपालका व्यापारीहरु र व्यवसायीहरुले तोकिएको सरकारी कर तिर्दैनन् । सकेसम्म सरकारी कर कम आकलन गरी बुझाउने गर्दछन ।

सरकारी कर कम गरी दिए बापत नेपालका व्यापारीहरु र व्यवसायीहरुले सरकारी अधिकारीहरुलाई कर नतिर्दा बचत भएको पैसाबाट केही प्रतिशत कमिसन दिन हमेसा तयार हुन्छन । कतीपय मुद्दामा नेपालका व्यापारीहरु र व्यवसायीहरुले सरकारी कर भ्याट छुट पाउनको लागि राजस्व न्यायाधिकरणमा पेटीसन दिने पनि गरेकाछन । राजस्व न्यायाधिकरणको आयुक्तहरुलाई प्रभावमा पारी कतीपय नेपालका व्यापारीहरु र व्यवसायीहरुले सरकारी कर मिनाह पाउने पनि गरेकोछ । यस्तो मिनाह पाएको सरकारी कर भ्याटको मात्रा कम हुँदैन जसको केही प्रतिशत कमिसन मात्र पनि सरकारी अधिकारीहरुको लागि धेरै ठुलो रकम हुने गरेकोछ । सरकारी कर भ्याट छल्ने धन्दा ठुला व्यापारीहरु र व्यवसयीहरुको लागि आफैमा पनि निकै आकर्षक धन्दा मानिन्छ । त्यसैले नेपालका केही ठुला व्यापारीहरु र व्यवसायीहरुले अर्बमा सरकारी कर भ्याट छली गरी करोडमा दान, घुष र कमिसन खुवाएर नेपाल राष्ट्र र नेपाली जनतालाई ठग्दै आएकाछन ।

त्यहि भएको हुनाले सरकारलाई यथोचित कर नबुझाउने वा छलछाम गरी सरकारलाई कम कर बुझाउने वा सरकारी अधिकारीले तोकेको कर नबुझाई त्यसमा मिनाह माग गर्ने व्यापारीहरु र व्यवसायीहरुलाई नेपाली जनताले नै भौतिक कार्यबाही गर्ने सम्मको नजिर नेपालमा जेन जी आन्दोलन देखि स्थापित भएकोछ । नेपालका व्यापारीहरु र व्यवसायीहरुले सरकारी ऐन, कानुन र नियमको वेवास्ता गरी आफ्नो गैरकानुनी धन्दालाई चलाई राखेमा र त्यसलाई सरकारले प्रोत्साहन गरी राखेमा वा रोकटोक नगरेको खण्डमा नेपाली जनता आफै अगाडि सरी त्यस्ताको बिरुद्ध भौतिक कार्यबाही गर्ने चलन नेपालमा बसीसकेको देखिन्छ । यसर्थ आर्धिक अपराध गर्न वा गराउन लागेका नेपाली व्यापारीहरु र व्यवसायीहरुले आफैलाई सुधार्ने प्रयास गर्नु नित्यान्त जरुरी भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *