काठमाडौं । तिब्बती शरणार्थी पुत्री आनी छोइङ्ग डोल्माको लुम्बिनी विकास कोषको नियुक्ति बालेन सरकारलाई घाडो बन्दै छ । राजनीतिक रुपमा रास्वपाको खराने समूहले १०४ जना प्रतिस्पर्दा भन्दा बाहिरबाट विवादीत भिक्षु आनीलाई नियुक्ति गर्दा त्इद्य समुहको प्रस्ताव अस्वीकार गर्नु नै त्यसको विवाद हो । बौद्धमा हुर्किएकी आनी १३ वर्षदेखि गेरु वस्त्र धारण गरेकी भिक्षु हुन् । तर नागरिकता काभ्रेबाट वंशजको आधारमा लिनुपनि गल्ती थियो । कान्छाराम तामाङ्ग बाबु बनेका छन् ।
उनको सम्बन्धले बैंककबाट मेघा बैंक हुँदै आएको १८ करोड ३३ लाख रकम मध्ये १२ करोड २३ लाख त उनले आफैले खोलेको स्कूल र बाल भिक्षुहरुको प्रशिक्षणमा खर्च गरेको छ । तत्कालीन समयमा प्रधानमन्त्री केपी ओलीलाई त्रिशुली नदी आसपासको गाउँका जनताको लागि मात्र होइन सुदुरपश्चिमका दुर्गम गाउँहरुको जनजीवन सुधार्न, तुईन विस्थापित गरी झोलुङ्गे पुल बनाउन रु १ करोड दिएकी उनै आनी डोल्मालाई आज विवादमा पार्दा दलहरु बोल्दैनन् । भिक्षु आनीका विरुद्ध माइतीघर मण्डलामा लामा भिक्षु र लुम्बिनीसँग सरोकार राख्नेहरुले विरोध जनाएका छन् । सरकारलाई यो निर्णय घाडो बन्दै छ ।
यो काण्डमा माओवादी खडा कोषको उपाध्यक्ष बनाइएका गेरु वस्त्रधारी डा. लालाक्याल लामाको ठूलो हात छ । किनकी गेरु वस्त्रधारी डा. लामा बैंकको लकरमा बन्दुक राख्ने, सुनका गहना थुपार्ने, व्यक्ति हुन् । सरकारले दशैं शुरु भएपछि ६ महिना देखि उपाध्यक्षविहीन कोषमा आनी छोइङ्ग डोल्मा लामालाई लुम्बिनी विकाष कोषमा नियुक्ति गर्ने घोषणा ग¥यो । उनलाई नागरिकता दिलाउने काभ्रेका पूर्ण लामाको एकमात्र सन्तान हुँदा आनीलाई छोरी बनाएर दिलाएको नागरिकता पनि विवादमा छ । सम्पत्ति सुद्धिकरणका मुद्दा त्यो बेला केपी अोलीले दबाए पनि बैंकको पैसा बैंकमै रहेको कुरा लुकाउन सकिँदैन ।

