काठमाडौं । सरकारी सम्पदाको संरक्षा नगर्ने, आन्दोलनमा सडकका रेलिङ्ग तोड्न, ट्राफिक बत्ति तोडफोड गर्ने, रुखविरुवा भाँचेर युद्ध जितेको दाबी गर्ने राजनीतिक दलहरुका लागि अब अन्त्य भएको छ । किनकी सार्वजनिक सभा सम्मेलन गर्नेको लागि ३५–४० हजार मान्छे जुटार भाषण गर्ने ठाउँ भएन । प्रजातन्त्रले दिएको अधिकार प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले खुलामञ्च र भृकुटी मण्डप जस्ता स्थानलाई स्थानीय सरकारले रोक्ने आँट गर्ने थिएन । नेपाली कांग्रेको विशेष महाधिवेशनले भृकुटी मण्डपमा नियमित महाधिवेशन गरेर खुलामञ्चमा सम्पन्न हुँदा त्यही ठाउँमा देउवा समुले धेरै पापड पेल्नु पर्ने भएको छ । खुलामञ्चको स्वरुप बिग्रिएको छ । त्यो सुधार्न पहिलाको जस्तो बनाउन ६ महिना लाग्ने, भृकुटी मण्डपमा माईकबाट चर्को भाषण गर्न निषेध गरिएको कारण देउवा कांग्रेसले ठाउँ नपाउने भएको छ । देउवाले गगन समुहलाई उछिन्दै प्रत्येक क्षेत्रबाट ३५ जनाको दरले प्रतिनिधि छनौट गरेको छ । झण्डै ९ हजार प्रतिनिधि र सहयोगी गरी १५÷२० हजारको लागि सहज हुने ठाउँ अन्यत्र छैन । देउवा समुह अप्ठेरोमा परेको छ । पैसा खर्च गरे तापनि देउवा समुहलाई सम्मेलन गर्ने ठाउँको अभाव खड्किने छ । देउवा समुहको आफ्नो गृह जिल्लामा पार्टीको वडा तह, स्थानीय तह, क्षेत्रीय र प्रदेश गरी चार चरण पार गर्दै महाधिवेशन प्रतिनिधि चयन गराएका छन् । आफू उठ्ने पद अनुसार खर्च गर्ने तयारीमा यो समूह लागि परेको छ । शंकर भण्डारी, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधि, कुन्दनराज काफ्ले डा. प्रकाश शरण महत, कान्छाराम तामाङ्ग, मोहन बस्नेत जस्ता नेताहरुसँग पैसा भएकाहरु आज देवा समुहमा छन् । त्यसले गर्दा उनी महाधिवेशनको लागि देश दौडाहामा निस्कनु पर्ने थियो । तर उनीहरु देश दौडाहामा जान सकेका छैनन् । देउवा समुहमा सभापति पदका लागि प्रत्यक्ष देखिने गरी नेताहरु तयार भएका छैनन् । आगमी प्रदेश र स्थानीय निर्वाचनमा कांंग्रेस एउटै हुन्छ । स्थानीय चुनावमा फरक पार्टी भएर उठेपनि चुनावको परिणाम वामपन्थीमा भन्दा कांग्रेसमै बलियो हुन्छ भन्ने तर्क कांग्रेसमा बढी छ । तर रास्वपाको बालेन पथको मुख्य उद्देश्य संविधान मिच्ने संस्कृतिले त्यो शक्तिलाई संसदमा ठूलो बनाएर देउवा, ओली, प्रचण्ड माथि दवाव दिए जस्तो स्थानीय सरकार निर्माणमा हुँदैन ।
सर्वोच्च अदालतले शेरबहादुर देउवा पक्षलाई निस्सा दिएपनि पार्टी संस्थापनाले पहिलाको जस्तो निर्वाचन आयोग, संसद, आदालतबाट पाएको वैधानिकताको स्थिति छैन । संस्थापन सँग बराबारी प्रतिनिधि महाधिवेशनमा सहभागी गराउँदा देउवा ग्याङ्ग समूहको रुपमा स्थापित भएको छ । आफ्नो टीमको अस्तित्व बचाउने ग्रुपले तयारी गरेको छ । तर वैधानिकता रुख र चारतारे झण्डा गगन विश्व समुहले लिएको बेला गगनतिर सहभाागी भएर आकांक्षी पदमा पराजित भएकाहरुले पुनः देउवा समूहमा प्रवेश गरेर पदाधिकारी नबन्लान् भन्न सकिँदैन ।

