दशैंमा सानिमा बैंकको योजना

अर्थ/वाणिज्य

काठमाडौं । सानिमा बैंकले दशैंको अवसर पारेर व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च मासिक ब्याजदर प्रदान गर्ने भएको छ । असोज १ गतेदेखि लागू भएको सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने बैंकले जनाएको छ ।
त्यसैगरी, खाता खोल्दा पहिलो वर्षका लागि डेबिट क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने पनि बैंकले जनाएको छ ।
यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुको साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाखसम्मको दुर्घटना बीमा, ३ लाख बराबरको घातक रोगको बीमा, ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएको छ ।
उता सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकले उक्त कार्यालयमार्फत आजबाट कारोबार पनि शुरु गरिसकेको जनाएको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *