कारबाहीको झटारोले खगराज मसक्क

समाचार

काठमाडौं । कास्की एमालेमा खगराज अधिकारीले जित हासिल गरेका छन् । सचिव पृथ्वी सुब्बा गुरुङको टोलीमाथि भएको कारबाहीले एमाले गण्डकी प्रदेशभित्र एमालेमा खैलाबैला मच्चिएको । अध्यक्ष केपी ओलीले जस्तो निर्णय गरेपनि ठिक ठान्ने ओलीकै शिक्षा दीक्षा पाएका खगराजकै कारण कास्कीमा एमालेको बाटो भालिका दिनमा सहज छैन । जनजाति कोटामा पार्टी सचिव भएका पुथ्वी सुब्बा केन्द्रीय सदस्यमा थन्किएका छन् । तनहुँका किरण गुरुङ पार्टी सदस्य र पदको आधारमा गण्डकी अञ्चलकै सदस्य भएका छन् । तर माले एमालेबाट विभाजित हुँदा किरण वामदेवतर्फलागेको कारण २०५६ सालदेखिको खोट ओलीको नजरमा भेटिएन । ओली खेमाको अपमान सहेर पनि किरण गुरुङ गण्डकी प्रवेशको राजनीतिमा ढलमल भएका छैनन् ।
तर यसपटक एमालेले पोखरा महानगरमा प्रदेश सांसद पदबाट राजीनामा दिएका कार्यकर्ता र जनता बीचमा अलोकप्रिय कृष्ण थापालाई मेयर टिकट दिँदा ओली भक्तहरु नै कारबाहीमा परेका छन् । खगराज अधिकारीका दिन अब सुरु हुन्छन् । किनकि स्थानीय चुनावमा ओली गुटको भजन गाएर पार्टीमा स्थायी समितिमा पुग्ने स्थानीय चुनावमा ओली गुटको कुर्कमको मौन समर्थन गर्नेहरु मात्र जत्रि नै अपराध गरेपनि बच्न अरु कारबाहीको चपेटामा पर्ने विचित्र त्यहाँ भएको छ ।
यो विचित्र जबज भित्र आफ्नै श्रीमानलाई वडा सदस्य बनाएर स्याङजा जिससको अध्यक्ष बनाएर सरकारी गाडी चढ्ने पद्मा अर्यालको रहर पुरा नहुँदा कति कारबाहीमा पर्ने हुन पर्खनुपर्छ । कास्की अन्तर्घातमा सचिवको नाताले पदमा अर्यालको पनि राम्रो योगदान थियो । उनी पनि खगराजकै टिमकी सदस्य थिइन । फेवा तालको जग्गा हडप्नेसँग कृष्ण थापाको समेत राम्रै दोस्ती रहेको बताइन्छ ।
पोखरामा फेवातालको जमिन हडप्ने होटल व्यवसायी कर्ण शाक्यजस्ता दर्जनौंको सेवक बनेको नेकपा एमालेकै महेश अर्याल, प्रशान्त आचार्य, मनोज पहाडी, राजीव पहाडीलाई कारबाही गर्दा खगराज जति खुसी छन् पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ त्यति दुखी छन् । सुब्बाले नगर प्रमुखमा पराजित उम्मेद्वार माथि घात नगर्न चेतावनी खगराजहरुलाई दिएका थिए । तर कारबाहीमा परे झन् पुथ्वी सुब्बा निकटकै स्थानीय नेताहरु । यसपटक सुन चोरको आरोप लागेकालाई एमालेले उम्मेद्वार बनाएपछि त्यस्ताबाट टिकट खोस्न सचिव पुथ्वी सुब्बा गुरुङकै हात थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *