काठमाडौं । जुन जोगि आएपनि कानै चिरेको भनेझै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छ । प्रधानमन्त्री सुशिला कार्कीले श्रम मन्त्रालय सम्हालेको पनि करिब तीन महिना हाराहारी पुग्न लागेको छ । तर प्रधानमन्त्री कार्कीले तीन महिना हाराहारी पुग्दा पनि मन्त्री नियुक्ति गर्न सकेकी छैनन् । प्रधानमन्त्री काकीले श्रम मन्त्री नियुक्ति गर्न नसक्दा वैदेशिक रोजगार विभाग र श्रम कार्यालयका कामहरु अलपत्र परिरहेका छन् ।
वेदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराई रहेका छन् । भट्टराई सचिव हुने लाइनमा छन् । त्यसले गर्दा भट्टराइले महानिर्देशकबाट मन्त्रालय सरुवा हुन इच्छा देखाएका छन् । तत्कालीन मन्त्री शरद सिंह भण्डारीले पठाएका सुर्य बहादुर केसीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकबाट हटाएर कमल भट्टराईलाई महानिर्देशक बनाउने काम श्रम सचिव कृष्णहरि पुष्करले गरेका थिए । तत्कालीन मन्त्री भण्डारी र सचिव कर्णको पानी बाराबारको स्थिति थियो ।
सचिव कर्णले भण्डारीलाई हटाएर श्रम मन्त्रीमा सर्वेन्द्र नाथ सुक्ललाई श्रम मन्त्री बनाउने खलोफड्को हुँदा हुदैँ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलने गर्दा सरकार नै ढल्न पुगेको थियो । आन्दोलनपछि कार्की नेतृत्वको बनेको सरकारले श्रम मन्त्री बनाउन सकेको छैन । श्रम मन्त्रालय प्रधानमन्त्रीको कार्यालय मातहतमै रहेता पनि वैदेशिक रोजगारको ठगी रोकिएको छैन । श्रम सचिव कृष्ण हरि पुष्करले पनि सो ठगी धन्दालाई रोक्ने प्रयास गरेका छैनन् ।
किनकी उनी मुख्य सचिवको दावेदार रहेका थिए । मुख्य सचिवको दावेदार हुँदा हुदैँ पनि उनले मुख्य सचिवमा बाजी मार्न सकेनन् । तामाकोशी सन्देशले कृष्ण हरि पुष्करले मुुख्य सचिव नबन्ने समाचार पहिला देखिनै पस्कदै आएको थियो । नभन्दै उनी मुख्य सचिव हुन सकेनन् । मुख्य सचिवमा सुमन अर्यालले बाजी मारे । अर्थालले बाजी मारेपछि कृष्ण हरि पुष्कर छाँगाबाट खसेजस्तै भएका छन् ।
त्यसले गर्दा सचिव पुष्करले वैदेशिक रोजगार विभागको भ्रष्टाचार र ठगीलाई रोक्ने प्रयास गरेका छैनन् । उनै पुष्करले पठाएका महानिर्देशक भट्टराई वैदेशिक रोजगार विभागबाट सरुवा हुन खोजेका छन् । किनकी उनी सचिवको लाइनमा भएको कारण कतिखेर भ्रष्टाचारमा जाकिने हो भन्दै अन्यत्र सरुवा हुन खोजिरहेका छन् । उनी सरुवा भएको खण्डमा वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे लागि परेका छन् । घिमिरे प्रधानमन्त्री सु्शिला कार्कीको पिय आदर्श कुमार श्रेष्ठलाई प्रयोग गरी एक करोड खर्च गरेर भएपनि वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न खोजेको स्रोतले उल्लेख गरेको छ ।
घिमिरे श्रम मन्त्रालयको प्रवक्ता भएकै अवस्थामा नेपाल सरकारको तर्फबाट मलेसियाको कोटा गुमाउन पुगेका छन् । किनकी एकातिर मन्त्री नहुनु अर्काेतिर मलेसियाको मापदण्डमा नेपालका मेनपावर पर्न नसक्नु र घिमिरेको भनाइले नेपाल सरकारले मलेसियाको कोटा गुमाउन पुग्यो । मलेसियाले श्रीलंका, भारत, बंगलादेश र नेपाललाई १० वटा मापदण्ड पु¥याएका देशहरुलाई मलेसियाको कामदारको लागि माग गरेको थियो । तर श्रम मन्त्रालयका प्रवत्ता पिताम्बर घिमिरेले हाम्रो देशमा संसद छैन, हामीले निर्णय गर्न सक्दैनौ भनिरहँदा प्रधानमन्त्री कार्की भने मुकदर्शक बनेकी थिइन् ।
त्यसले गर्दा नेपालले मलेसियाको कोटा गुमाउन पुगेको छ । तीनै घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न खोजिरहेका छन् । घिमिरे सहकारी विभागमा बस्दा सहकारी ठगीहरुलाई कारबाही गर्न नसकेको आरोप छ भने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेर कर्मचारी सरुवामा खेलोफड्को गर्दै आएको बताइन्छ ।
उनी जहाँ बस्छन् त्यहाँ एउटा न एउटा फण्दा मच्चाइहाल्छन् । तत्कालीन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता हुँदा कर्मचारी सरुवामा लाखौंको चलखेल हुँदा मन्त्री जागिर गएसँगै अख्तियारमा मुद्दा परेको थियो । कर्मचारी सरुवाको चाजोपाजो मिलाउने र पैसा असुल्ने काम तीनै घिमिरेले गरेको कर्मचारी स्रोतले उल्लेख गरेको छ । मन्त्री गुप्ताको पद गइसकेको छ भने उनै सहसचिव घिमिरे श्रम मन्त्रालयमा बसेर हामिमुहालि चलाएसँगै महानिर्देशक बन्न खोजिरहेको स्रोत बताउँछ ।
महानिर्देशक बन्नको लागि श्रम सचिव कृष्ण हरि पुष्करले पनि करिब करिब सहमति जनाइसकेको अवस्था छ । तर, प्रधानमन्त्री कार्कीले घिमिरेलाई महार्दिेशक बनाउँ्छिन् कि अन्यलाई बनाउँछिन् त्यो प्रतिक्षाको विषय बनेको छ । घिमिरेले प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई महानिर्देशक बन्नको लागि हारगुहार गरिरहेका छन् । तर, प्रधानमन्त्री कार्यालयका स्वकीय सचिवदेखि विभिन्न व्यक्तिहरु विवादमा तानिएका छन् ।

