समृद्धिको लागि पौरखी सहकारीको अवस्था र संभावना

प्रमुख प्रशासन लेख

नेपाल सरकारले तिनखम्बे अर्थनीति आत्मसात गरेको छ । सार्वजनिक, निजी र सहकारी नेपालको अर्थ व्यवस्था सम्वन्धि प्रमुख खम्वाहरु हुन् । हरेक नेपालीको घरआँगनको अभियान भनेको सहकारी हो । नेपाल सरकारले सहकारीको संख्या कम गरी गुणस्तरीय सेवा प्रवाह गर्ने अवधारणा सारेसँगै सहकारीहरु एकिकरण हुने क्रम पनि वढिरहेको छ । सहकारी एकिकरण गर्ने सन्दर्भमा नेपाल कैं अग्रणी जिल्ला दोलखा हो भन्दा सायद कुनै फरक पर्दैन । दोलखाको मिलिजुली वचत तथा ऋण सहकारी संस्था अग्रणी भएको छ । यस सहकारीले जिल्लामा रहेको १ दर्जन सहकारीलाई एकिकरण गरिसकेको छ । अन्य ठुला ठुला भनिएका वा कहिलिएका सहकारीहरु पनि एकिकरण भैरहेका छन् । नेपालमा नैं नाम नचलेका दोलखाका सहकारीहरु जनसचेतन, जनकल्याण वचत तथा ऋण सहकारी संस्थाहरुले सेवा प्रवाह गरिरहेका छन् । वचत तथा ऋण सहकारी संस्थाको दबदबा रहेको सन्दर्भमा कृषि सहकारी संस्थाहरुले समेत आफुहरुलाई एकिकृत गर्दै गुणस्तरीय सेवा प्रवाह गर्ने कोशिस गरिहेका छन् ।

दोलखामा २ वटा कृषिसँग सम्वन्धित सहकारी संस्थाहरु एकिकरण भएका छन् । दोलखाको सदरमुकाममा रहेका चोथांग पशुपालन सहकारी र स्वआर्जन साना किसान सहकारी संस्था लिमिटेड एकिकृत गरी कारोवार थालनी गरेका छन् । लामो चरण पार गर्दै लामो इतिहास र पृष्ठभुमि वोकेको सहकारीहरु एकै भए ।

२०६१ सालमा पँधेरोखोला देखि वडारे सम्मको सिचाई कुलो मर्मतको सिलसिलामा जन्मेको समूहले मिश्रीत कृषक समूह नाम धारण ग¥यो । १८ जनावाट सुरु भएको सानो समूहले २०६३ साल देखि प्रति व्यक्ति रु ३० वचत गरी आपसमा परिचालनको अवधारण सुरु गरेको थियो । वचत अनी कृषि कार्यमा परिचालन भैरहेको थियो । यसलाई थप विस्तारको महशुस गरी २०६७ सालमा चोथांग पशुपालन कृषि सहकारी संस्थाको रुपमा विधिवत दर्ता भयो । अहिले यो सहकारीमा करिब ३ हजार सदस्यहरु रहेका छन् । करिव ९ करोड पुँजी रहेको छ ।

त्यसै गरी भीमेश्वर वडा नं.६ कैं रामकोटमा रहेको सिम्पानी सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुको सामुहिक पहलवाट २०६२ माघ १० गतेका दिन सिम्पानी कृषि सहकारी संस्था स्थापना हुन पुग्यो । विस्तारै कार्य उद्देश्य र कार्यक्षेत्र समेत विस्तार गर्ने क्रममा २०६७ सालमा स्वआर्जन साना किसान सहकारी संस्था स्थापना भएको थियो । सहकारी एकिकरण गर्ने वेलामा सम्ममा १ हजार भन्दा वढि सदस्यहरु रहेका छन् । यस सहकारीमा ५ करोड पुँजी परिचालन भैरहेको छ ।
यी दुवै सहकारीका केही समान विशेषताहरु थिए । त्यही भएर दुवै संस्था प्रतिनिधित्व हुने गरी एक कार्यदल वनाई लामो गृह कार्य पश्चात २०७६ साल भाद्र ७ गते संयूक्त साधारण सभा गरी वैधानिक रुपमा एक भएको घोषणा गरेका छन् । सामान्यतय दुई संस्था एकिकरण गर्दा दुवै संस्थाको नाम जोडजाड गरी नाम राख्ने चलन धेरै छ । तर यी दुवै संस्था आफनो नामको अक्षरसँग कुनै तालमेल नैं नभएको तर विशेषता मिलेको नाम जुराए । भीमेश्वर नगरप्रमुख भरत वहादुर के।सी।को प्रमुख आतिथ्यता ९रोहवर० मा पौरखी कृषी सहकारी संस्था नामाकरण सहित २ सहकारी एक भएको घोषणा गरे । यी दुई सहकारी एक हुनुमा यीनीहरुमा केही साझा विशेषताहरुले उत्प्रेरित गरेको थियो । यी दुवै संस्थाका नेतृत्वहरु सामुदायिक अभियानमा क्रियाशिल भएका थिए । अनी एकै वडाका वासिन्दा पनि । दुवै संस्था कृषीमा आधारित नैं थिए । एक पशुपालन अर्को साना किसान दुवै परिपुरक थिए । शेयर सदस्यहरु केही दुवै तिर रहेका थिए । साविक चोथांग पशुपाल सहकारी संस्थाका व्यवस्थापक हाल पौरखी कृषि सहकारीका समेत व्यवस्थापकको भुमिका निर्वाह गरिरहेका सुरेशराज खतिवडाका अनुसार कृषीमा आधारित वित्तीय लगायतका सेवालाई थप गुणस्तरीय वनाउन, कृषी व्यवसायलाई व्यवसायिक वनाउन र कृषि सहकारीलाई सानो तथा कमजोर सहकारीको आँखाले हेर्ने गरिन्छ सोलाई चुनौती दिन दुई सहकारीहरु एकिकरण भएका हुन् । एकिकरणका लागि दुवै सहकारीका शेयर सदस्य, सञ्चालक समिति र कर्मचारीहरुले लामै कसरत गर्नु परेको थियो । यो सिकाई र हाम्रो अवस्थावाट सहकारी क्षेत्रमा पौरखीको विशिष्ट पहिचान हुने गरेमा व्यवस्थापक खतिवडा विश्वस्त रहेका छन् ।

२०७६ भाद्र ७ गते शनिवारका दिन घेवापानीमा एक समारोह आयोजना गरी जनप्रतिनिधि, जिल्ला स्तरिय सहकारी अभियान्ता तथा सरोकारवालाहरुको सहभागीतामा दुवै सहकारीले अलग अलग साधारण सभा गरे । अनी संयूक्त सभा समेत गरे । संयुक्त सभाको उद्घाटन भीमेश्वर नगपालिकाका प्रमुख भरतवहादुर के।सी।ले गर्नु भएको थियो । यस समारोहमा उत्कृष्ट वचतकर्ता, असल ऋणी, उत्कृष्ट विधार्थी, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम समेत गरिएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख के.सी.ले समृद्धिको साधान नैं कृषी भएको हुनाले नगरपालिकाले चासोपूर्वक काम गरिरहेको र यस कार्यमा निरन्तर सहकार्य गर्ने वचन दिनु भएको थियो । सभा चोथांग पशुपालन सहकारीको अध्यक्ष प्रेमसिंह लामावाट भएको थियो ।
संयूक्त साधारण सभावाट २७ वुँदे नीति तथा कार्यक्रम पारित गरेको छ । जस अनुसार स्थानीय वासिन्दा अर्थात सदस्यहरुको समृद्धिका लागि पहल गर्ने अठोट गरेको छ । कृषि मार्फत समृद्धिमा टेवा पु¥याउन विभिन्न कार्यक्रमहरुको घोषणा गरिएको छ । यी कार्यक्रम र संस्थाको लक्ष्य उद्देश्य प्राप्तिका लागि अगुवाई गर्न हरिहर प्रसाद न्यौपानेको अध्यक्षतामा एक सञ्चालक समिति गठन भएको छ । उपाध्यक्षमा प्रदिप थापा, सचिव गोकर्ण वस्नेत, सहसचिव विष्णु प्रसाद खतिवडा, कोषाध्यक्ष गोकुल न्यौपाने, सदस्यहरु सिता के।सी।, नविना लामा, निमा लामा, ठुलोकान्छो लामा, स्वस्थानी खतिवडा र सुरथ वहादुर थापा रहेका छन् । लेखा सुपरिवेक्षण समितिमा हरिशरण न्यौपाने संयोजक र सदस्यहरुमा अप्सरा थापा र सुधिर घिसिंङलाई चयन गरिएको छ ।
पौरखी कृषी सहकारीका संभावना धेरै रहेका छन् । करिव ४००० शेयर सदस्य रहेका छन् । करिव १४ करोड पुँजी भएको छ । यो सदस्य संख्या र पुँजी कम होइन । सदस्यहरुको कृषी सम्वन्धी आवश्यकतामा आधारित भैं सहयोग तथा लगानी गर्न सकेमा समृद्धिमा राम्रै योगदान हुन सक्छ । अधिकांश कृषकहरु नैं भएको हुनाले उनीहरुलाई आवश्यक पर्ने विउ विजन, प्राविधिक सहयोग, आर्थिक जोहोमा पौरखी कृषी सहकारीले सहयोग गर्न सक्नु पर्दछ । कृषकको उत्पादनले उचित वजार नपाइरहेको सन्दर्भमा कृषी उपज खरिद वा वजार प्रवद्र्धन भुमिका खेल्न सक्नु पर्दछ । आवश्यक परेमा पौरखी कृषी बजार प्रवद्र्धन गर्नु पर्दछ । केही कृषी उपजमा उत्पादनमा आधारित अनुदान र सुरुमा लगानीका लागि सहज ऋण प्रवन्ध गर्नु राम्रो हुन्छ । कृषकलाई सुरु लगानीमा सहज रुपमा ऋण प्रवाह गर्ने, कृषि उत्पादन भए पश्चात निश्चीत अनुदान दिने व्यवस्था गर्नु पर्दछ । सुरु लगानीमा अनुदान दिँदा धेरै दुरुपयोग भएको देखेका छौं । त्यसैले नतिजामूलक लगानीमा केन्द्रीत गर्नु सान्दर्भिक हुन्छ । यस खालको अभ्यास हामिसँग छैन । विश्वस्नीयतमा शंका हुन सक्छ । त्यसैले केही मूख्य प्रजातीका लागि उत्पादित वालिमा अनुदान दिने गरी परिक्षण गर्न सकिन्छ । उदाहरणका लागि कुनै किसानले गोलभेंडा लगाउँछ भने लगाउने वेलामा अनुदान नदिने (आवश्यक परेमा सहलिय ऋण दिने) तर बजारमा विक्रि गर्दाको परिमाणको आधारमा अनुदानको व्यवस्था गर्न सकिन्छ । संभव भए सम्म चरिकोटमा एक कृषी वजारको स्थापना गरी कृषकको उत्पादनको उचित मूल्य र उपभोक्तालाई गुणस्तरिय सेवा प्रवाह गर्न कोशिस गर्नु पर्दछ । यसका लागि स्थानीय सरकारसँगको प्रत्यक्ष सहकार्यको पहल गर्नु पर्दछ । अन्य निकायहरुसँग सहकार्यमा दायारा फराकिलो बनाउन सक्नु पर्दछ ।

यो सहकारीले नीति निर्माण तहमा समेत भूमिका खेल्न आवश्यक छ । सहकारी ऐन २०७४ को दफा १४१ अनुसार वित्तिय कारोवार गर्ने सहकारीहरुलाई कर छुटको व्यवस्था गरेको छ । तर वचत तथा ऋणलाई मात्र यस्तो व्यवस्था लागु हुने भनी अन्य सहकारीलाई २० प्रतिशत नैं कर लिंइदै आएको छ । सहकारी भन्नासाथ वित्तिय कारोवार हुन्छ नैं । ऐनमा लेखिएको भाषालाई फरक तरिकाले परिभाषित गरी कृषी सहकारीलाई कर छुट नपाउनु विडम्वना नैं हो । यसका लागि आफ्नो विषयगत संघको प्रभावकारीतालाई भूमिका खेल्न सक्नु पर्दछ । संघको अभियानमा कर छुट सम्वन्धी व्यवस्थालाई सवै सहकारीमा लागु गर्न पहल गर्नु आवश्यक छ । त्यसै गरी नेपाल कृषी मुलक देश भएकोले कृषीसँग सम्वन्धीत कार्यका लागि अनुदानको व्यवस्था भैरहेको देखिन्छ । त्यसको नियमन प्रभावकारी रुपमा हुन सकिरहेको छैन । यसमा समेत यो सहकारीले नमुनाको रुपमा काम गर्ने अवसर देखिन्छ । यसका लागि हरिहर न्यौपानेको नेतृत्व कामयावी हुनेछ भन्ने विश्वासका साथ शुभकामना ।

Leave a Reply

Your email address will not be published.