सरकारको दाहिने हात हुन टान तयार छ

अन्तरवार्ता पर्यटन प्रदेश ३ प्रमुख

 

 

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेको छ । पर्यटनमार्फत आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका गरिएको छ । यो भन्दा पहिले सन् १९९८ र २०११ मा गरेर दुईपटक भ्रमण वर्ष आयोजना गरिसकेको सरकारले तेस्रोपटक भ्रमण वर्षको मनाउँदै छ । सरकारको यो महाअभियानलाई निजी क्षेत्रले कसरी सहयोग गर्छ ? सरकार र निजी क्षेत्रबीच कस्ता वातावरण बनेको छ ? लगायत विषयमा आधारित भई तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल.बी. विश्वकर्माले ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदीसँग गरेको कुराकानीको सम्पादित अंशः
नेपाल भ्रमण वर्षको सुरुवात भइसकेको छ । टानले यसलाई कसरी सहयोग गर्छ ?
हामीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैले लाग्नु पर्छ भन्ने धारणा बनाएका छौँ । भ्रमण वर्षको सफलताका लागि निजी क्षेत्रबाट सरकारलाई सहयोग गर्न टानले जिउ ज्यान दिएर लागेको छ । २० लाख पर्यटन भित्र्याउने सरकारको योजनामा टानले मात्र ८ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यसका लागि हामीले हाम्रा विदेशस्थित एजेन्सीहरु परिचालन गरेका छौँ । अन्तर्राष्ट्रिय बजारमा भ्रमण वर्षको प्रचारप्रसार र पर्यटक आकर्षित गर्न टानका एजेन्सिस् तथा निकायहरुलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका छौँ ।

खुम सुवेदी
अध्यक्ष
ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान)

० अन्य व्यवस्थाहरु के– के छन् ?
हामीले भ्रमण प्याकेजमा छुट दिने व्यवस्था पनि गरेका छौँ । यसैगरी, नेपाल भित्रिने र पदयात्रा गर्ने पर्यटकहरुका लागि टानले सेवामा २० प्रतिशतको छुटको व्यवस्था समेत गरेका छौँ । हाम्रो धारणा स्पष्ट छ, २० लाख मात्र होइन, ३० लाख पर्यटक यसैवर्ष नेपाल भित्र्याउन सकिन्छ । पर्यटन प्रवद्र्धनको यस महाअभियानमा टान सकारात्मक छ । भ्रमण वर्ष सफल पार्न सरकारलाई टानको पूर्ण साथ र सहयोग रहन्छ । सहयोगका लागि हामी सरकारको दाहिने हात हुन तयार छौँ ।
० भ्रमण वर्षले पर्यटन क्षेत्रलाई गति देला ?
भ्रमण वर्ष उत्कृष्ट बन्न सकेको छैन । हामीले जत्ति लाभ लिनुपर्ने थियो । त्यत्ति लाभ पनि लिन सकेनौँ । केही कमी कमजोरीहरु अझै रहेका छन् । यसलाई विस्तारै सुधार गर्दै लैजानुपर्छ भन्ने हाम्रो धारणा हो । धेरै प्रभाव पार्न नसके पनि यो अभियानले नेपालको पर्यटन क्षेत्रलाई गति दिने अपेक्षा हामीले लिएका छौँ । यसले मुलुकको अर्थतन्त्रलाई समेत माथि उठाउन मद्दत मिल्नेछ । हाम्रो काम नै स्वागत, सम्मान र संस्कारसँग परिचित गराउने हो । यसैले हामी भ्रमण वर्षप्रति निकै संवेदनशील र जागरुक छौँ । पर्यटकको सेवा सत्कारमा अझ उत्कृष्टता कसरी प्रदान गर्न सकिन्छ भनेर लागिपरेका छौँ । भ्रमण वर्षलाई नै लिएर हामीले होटल व्यवसायीहरुलाई सेवा सत्कारका विषयमा ट्रेनिङ दिइरहेका छौँ । भ्रमण वर्षको सफलता कै लागि सरकारलाई सहयोग गर्न र पर्यटकहरुका लागि सहज वातावरण तयार गर्न हामीले व्यवसायीहरु तयार छौँ ।

० कसरी सुधार गर्न सकिन्छ ?
समस्याहरु भएको ठाउँमा समाधान पनि हुन्छ । पर्यटन वर्षलाई लिएर हामीले सरकारसँग मिलेर धेरै काम गरिरहेका छौँ । योभन्दा पहिले पनि अर्थात् सन् २०१९ मा हामीले सरकारलाई प्रचार प्रसारमा मद्दत पु¥याएका छौँ । पर्यटन प्रवद्र्धनमा विविध समस्याहरु छन् । पूर्वाधारको समस्या, अध्यागमनको समस्या तथा पर्यावरणीय समस्याहरु पनि छन् । यसलाई सुधार गर्दै लैजानु पर्छ ।
० पदयात्रालाई सुरक्षित र भरपर्दो कसरी बनाउन सकिन्छ ?
पदयात्रालाई भरपर्दो बनाउन पहिले त होटलहरुको विकास गरिनु पर्छ । यसैगरी बाटोहरु राम्रा हुनुपर्छ । साथै सहज रुपमा आवत्जावत गर्न सक्ने स्थिति हुन आवश्यक रहेको छ । नेपालको पदयात्रा व्यवसायलाई मर्यादित बनाउन पदयात्रामा जाने विदेशी पदयात्रीहरुसंग एक जना नेपाली गाइड वा पोर्टर अनिवार्य रुपमा पठाउने व्यवस्था गर्नु आवश्यक छ । पदयात्रीको सुरक्षाको दृष्टिले होस् या नेपालीले रोजगारी पाउने हिसाबले पनि यो आवश्यक छ । यस विषयमा हामीले पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ । यो हुन सकिरहेको छैन तर यो हुनु आवश्यक छ । नेपाल सरकार, टे«किङ व्यवसायि र सरोकारवाला सबैको सहयोग आवश्यक छ । टान एक्लैले यो गर्न सक्दैन । विगत वर्षहरुदेखि नै टानले यसमा आवाज उठाउँदै आइरहेको छ । यसमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै अग्रसर हुनु पर्दछ ।
० राज्य संघीयतामा गएपछि टे«किङमा के कस्ता समस्याहरु देखिएका छन् ?
राज्य संघीयतामा जानु राम्रो पक्ष हो । तर अहिलेको गतिविधि हेर्दा पर्यटनका लागि त्यति सकारात्मक देखिएन । प्रादेशिक र स्थानीय तहमा पर्यटनको महत्व बुझेको देखिएन । पर्यटक किन आउँछन् र उनीहरुलाई कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुरा नबुझेको पाइयो । हामीले प्रादेशिक सरकार र स्थानीय सरकारलाई अनुरोध गरेका छौँ । पर्यटनलाई एउटै छुट्टै नियम बनाउनु पर्छ । केन्द्रीय स्तरबाटै यसको परिचालन हुनुपर्छ र त्यसको प्रतिफल प्रदेश र स्थानीय तहसम्म वितरण गर्ने नीति बनाउनु पर्छ ।
० टान र सरकाबीच के के सम्झौता भएको छ ?
हामीले भ्रमण वर्ष सफल पार्नका लागि ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छौँ । सरकार यसमा सहमपतिको आधारमा हामीले यो तयार पारेका हौँ । जसका लागि टान सचिवालयको ठूलो भूमिका रह्यो । यसले सरकार निजी क्षेत्रबीचको समझदारी अझ बढाएको छ । पर्यटन क्षेत्रको सुधारका कामहरु भइरहेका छन् । यसले आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रको विकासमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ । साथै सरकारले चालेका पाइलाहरुमा समेत हामीले सहयोग गर्ने आधार खुलेको हो ।
० सम्झौतामा कुन विषयलाई समेटिएको छ ?
हामीले भ्रमण वर्षलाई नै यसको जिम्मा दिएका छौँ । आगामी दिनमा अन्य विकासका कामहरुमा सहजताका लागि पनि यो एक माध्यम बन्ने ठूलो अपेक्षा छ । जसमा टानका सदस्य टेकिङ कम्पनीहरुले गर्ने हरेक गतिविधिहरुमा २० प्रतिशत छुटको व्यवस्था गर्ने, नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर प्रवद्र्धन गर्ने, देश तथा विदेशमा पर्यटन प्रवद्र्धनार्थ विभिन्न कार्यक्रमहरु आयोजना गर्ने, पर्यटन प्रवद्र्धनमूलक तामिलहरु सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रमा फोहोरमैला व्यवस्थापन गर्दै स्वच्छवातावरणका लागि विभिन्न कार्यक्रम गर्ने, भ्रमण वर्ष उद्घाटन समारोहलाई सफल पार्नका लागि नेपाली संस्कृति झल्कने कार्यक्रम टान ल्होसार कार्यक्रम गर्नेलगायतका कार्यक्रमहरु समेटेका छौँ ।
० तपाईंको धारणा के हो ?
हाम्रो धारणा स्पष्ट छ । सरकारसँग विभिन्न आधारहरु तयार भएका छन् । यसैले सुधारको क्षेत्रमा अब अझ सहज हुनेछ । सरकार टानमा आबद्ध व्यवसायी साथीहरुको सझादारीले संरचना निर्माण, पूर्वाधार विकासमा समेत टेवा पुग्ने छ । यो एक अभियान मात्र होइन । यो विकासको प्रमुख आधारसमेत भएकाले सबैजना एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको छ । सरकारले अझै पनि निजी क्षेत्रका धेरै समस्या समाधानमा ध्यान दिएको पाइँदैन । यसैले सुधारमा ध्यान दिनुपर्छ । यो बल्ल मात्र सुरुवात भएको हो । यसैले भ्रमण वर्षको नतिजा आउन अझै धेरै समय बाँकी छ । सरकारले यो कुरा बुझ्नुपर्छ । यसले नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचानका साथै यहाँका हरेक पदयात्रा तथा पर्वतारोहणलाई व्यवस्थित रुपमा अगाडि बढाउने छ । जसका लागि निजी क्षेत्रसँग सरकारको सहयोग अत्यावश्यक छ । हामी निजी क्षेत्रकै सहयोगका कारण पर्यटकको संख्या गुणात्मक रुपमा बृद्धि भइरहेको छ । जुन अहिलेको आवश्यकता हो ।
० ट्रेकिङ व्यवसायीका लागि कति फाइदा पुग्छ ?
हामीले गरेको अपेक्षाअनुसार यसले पदयात्रा र पर्वताराहण क्षेत्रको विकासका लागि ठूलो भूमिका खेल्ने छ । अहिले यही विषय सरकार, निजी क्षेत्र र भ्रमण वर्षसँग सम्बद्ध सबैको साझा उद्देश्य भएकाले पनि पर्यटकको संख्या बढ्छ । यसको प्रत्यक्ष फाइदा निजी क्षेत्रलाई नै पर्ने भएकाले. अवश्य पनि फाइदा नै हुन्छ ।
० तपाई पर्यटन व्यवसायी नै भएकाले पनि अनुभव गर्नुभएको होला । यसअघिका भ्रमण वर्ष र अहिलेकामा के फरक देखिन्छ ?
सन् २०११ पनि भ्रमण वर्षको आयोजना भएको थियो । त्यतिबेला टुगेदर फर टुरिज्म भन्ने नाराका साथ भ्रमण वर्ष मनाइएको थियो । त्यसबेला पर्यटन क्षेत्रको विकासका लागि सबै राजनीतिक दलको सहभागिता रहनुपर्छ भन्ने थियो । त्यसबेला मुलुकमा द्वन्द्वमा थियो, अन्योल थियो । यसपटक हामीले फरकपन अवश्य पनि देखिन्छ नै । संरचनाहरु निर्माण भइरहेका छन् । पर्यटकले नेपालमा आउँदा के सेवा सुविधा चाहन्छन् भन्ने कुरामा सरकार र निजी क्षेत्र केन्द्रित छन् । एयरपोर्ट सुधार र नयाँ एयरपोर्ट निर्माणका कामहरु द्रूत गतिमा भइरहेका छन् । त्रिभुवन विमानस्थल धेरै सुधार भइसकेको छ । तीनवटा पार्किङ वे थपिएका छन् । नयाँ उत्पादनका कामहरु भइरहेका छन् । यसैले यो भ्रमण वर्ष भनेको एउटा इभेन्ट होइन, यो सन् २०२० मै सुरु गरेर २०२० मै सकिने होइन ।
० फेक रस्क्यु नियन्त्रणका गर्न सरकारले के कुरामा ध्यान दिनुपर्ला ?
नेपालको निजी क्षेत्र गुणस्तरीय सेवातर्फ केन्द्रित बनाउनु पर्छ । जसका लागि सरकारले कानुनी आधारहरु तयार पारिदिनु पर्छ । विदेशी मुलुकको रेटअनुसार हाम्रा यहाँका सामग्री र अन्य सेवा सुविधाको मूल्य महँगो बनाइनु हँुदैन । अहिले पनि २०, ३० डलरमै अल्झिएका व्यपारीलाई अलिकति भए पनि दायरा बढाउने बाटो तयार गरिदिनुपर्छ । नेपालमा नेपालीपन र नेपाली प्रोडक्टको प्रवद्र्धनका लागि प्रोत्साहन गर्नुपर्छ । फेक रेस्क्युको सन्दर्भमा सरकारले एउटा सन्यत्र नै बनाएको छ, केही न केही त होला । नेपालको पर्यटनको आधार हिमाल र कला संस्कृति हो भनिन्छ, जलवायु परिवर्तनका कारण हिमाल काला हुँदै गएका छन् ।
० कला संस्कृतिको पुस्तान्तरण चुनौतीपूर्ण देखिएको छ, तपाईं के भन्नुहुन्छ ?
यो गम्भीर समस्या हो । सरकारले यसलाई राष्ट्रिय एजेन्डा बनाउनुपर्छ । भ्रमण वर्षमा पनि यस्ता विषय बिशेष प्राथमिकतामा राख्नुपर्छ । यसमा नेपालको आफ्नोपन छ । तर त्यसलाई बुझ्न सकेको छैन । विदेशी कला संस्कृति अगाल्ने र नेपाली कला संस्कृति बिर्सिंदै जाने, बेवास्ता गर्ने प्रवृत्ति देखापरेको छ । अहिले विश्वभरकै पर्यटकको चाहना स्पिरिसन टुरिजम रहेको छ । स्पिरिसन टुरिजमको अर्थ धार्मिक मात्रै होइन । नेपालमा गुरुद्वार बनाउन सकिन्छ, गुरुद्वार बन्यो भने शिख धर्मका मानिस आउँछन् ।