सुखी नेपाली र समृद्धि कता ?

प्रमुख लेख विविध समाचार

नेकपा सरकारले बढो तामझामको साथ घोषणा गरेको समृद्ध नेपाल र सुखी नेपालीनीतिको ठोश प्रभाव अहिले केही कतै देखिदैन । नेकपा सरकारले राज्य चलाएको लगभग दुईबर्ष भयो तरपनि अहिले सम्म सुखी नेपाली र समृद्ध नेपालको छेउटुप्पो पनि देखिएको छैन ।चारैतिर भ्रष्टाचार र अपराध मात्रै व्याप्त भएको देखिन्छ भने समृद्ध नेपाल र सुखी नेपालीको सबुत सिला खोज्दा पनि पाउन कठिन छ । नेकपा सरकारले नेपालको समृद्धि र सुखी नेपाली बिदेशी सहयोगमा खोजेको छ, वैदेशिक रोजगारीमा खोजेको छ, मरनच्यासे पर्यटन बिकासमा खोजेको छर बिदेशी आयात व्यापारमा खोजेको छ । कम्युनिष्ट राष्ट्रको के कुरा कम्युनिष्ट शव्दलाई पनि मन नपराउने मुलुक अमेरिका र अमेरिकन जनताले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने सपना देखेको छ । नेपाल राष्ट्रको बिकास गरी राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउछु भन्दै बिदेशी सित हरगुहार गरी लिएको ऋण र अनुदान सहयोगहरु सबैनेपालमा चम्केको भ्रष्टाचारी र अपराधीहरुले नै चुसेर पुनस् बिदेशी मुलकमा नै लगेका छन । यता नेपालमा बिकास गरी राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन चाहिने पुँजी लगानी राजनीतिक दलहरुका राजनेताहरुकै संरक्षणमा भएको भ्रष्टाचार र अपराधको मार्गवाट उता बिदेशमा पार गरी बिभिन्न मुलुकमा लगानी गरेका छन र उतैका राष्ट्रलाई समृद्ध र उतैको जनतालाई सुखी तुल्याएका छन । यस्तो आर्थिक कुचक्र नेपालमा कायम रहेसम्म नेपालमा पुँजी लगानी गर्नुको कुनै अर्थ छैन । भ्रष्टाचारी र अपराधीहरु कोही राजनेताको भेषमा छन, कोही राजनीतिक कार्यकर्ताको भेषमा छन , कोही राष्ट्र सेवक कर्मचारीको भेषमा छन, कोही दाताको भेषमा छन, कोही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भेषमा छन, कोही राष्ट्रिय गैरसरकारी संस्थाको भेषमा छन भने केही व्यवसायी र व्यापारीको भेषमा पनि छन । यस्ता सबै भ्रष्टाचारी र अपराधीहरु नेपालै भरी छ्यापछ्याप्ती भएर नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने नाममा राष्ट्रलाई लुट्ने धन्दा चलाएका छन । यो राष्ट्रलाई लुट्ने क्रम नेकपा सरकारको पालामा आएर मात्रै चलेको भने होइन । यसको बीउ बीजन उहिले देखिनै नेपालमा छरेको हो र त्यो अहिले मलजल राम्रो सित पाएकाले मात्रै सप्रिएर फल लाग्न थालेको हो । अहिले नेपाल राष्ट्र एक परनिर्भर राष्ट्रमा रुपान्तरित भइसकेको छ । नेपालमा हाल चलेको राजनीतिक व्यवस्था र त्यसलाई चलाउने केन्द्र देखि स्थानिय तह सम्मका नेताहरु सबै बिदेशमूखि छन । उनीहरुमा अलिकति पनि आत्मसम्मान छैन र बिदेशीको पाउमा लम्पसार पर्न खुबै मनपराउँछन । उनीहरुलाई राष्ट्रको उत्पादन बढाउने तिर कुनै चासो छैन त्यसैले राष्ट्रको पैसा उत्पादनमा लगानी नगरी सुखसुबिधाजन्य बिदेशी संसाधन आयात गर्नमा खर्च गर्दछन ।उनीहरु रुपमा मात्रै कम्युनिष्ट राजनीतिक कार्यकर्ता छनतर सारमा वेग्लै भएकाले कुनै कोणबाट पनि उनीहरुलाई मितव्ययीमान्न लायक छैन । यसरी नेपाल ठुलो आर्थिक कुचक्रमा फँसी सकेकाले नेपालको समृद्धी र सुखी नेपाली हेर्न र भेट्नका लागि बिदेशै जानुपर्ने अवस्था अहिले नेपालमा श्रृजना भएको देखिन्छ । नेपालको राजनेताहरुमा अब रतिभर पनि आत्मसम्मान बाँचेको छैन सबै परजीवी र बिदेशमूखि भइसकेको राष्ट्रिय अवस्था अहिले नेपालमा कायम छ । उहाँहरुको मुखैमा वैदेशिक रोजगारी र पर्यटन व्यवसाय झुन्डिएको हुँदा उद्योगी बनौ र सम्हालौ नेपाल भन्ने तिर ध्यानै दिएको छैन । नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन सक्ने बिगतमा खोलिएका सबै उद्योगहरुलाई मास्ने काम मात्रै अहिलेका राजनेताहरुले गरेका छन । यस्तो उत्तम आत्मसम्मानको बाटो छाडेर बिदेशीको गुलामी गर्ने वैदेशिक रोजगारीको पछि राष्ट्रलाई होमेर अहिलेका राजनेताहरुले महापाप कर्म गरेका छन । राजनेताहरुले राष्ट्रको समृद्धिको बाटोमा नलागि आफ्नै समृद्धिको बाटोमा लागेका छन त्यसैले पूर्वाधार बिकासको महत्वपूर्ण पुरकको रुपमा रहेको उद्योगधन्दाको बिकासलाई ध्यानै दिएको छैन । नेपाली जनतालाई खुवाउने अन्न र लगाउने बस्त्र अव सबै बिदेशी आयात माथि नै निर्भर हुन पुगेको छ र परिणाम स्वरुप नेपालको महंगी नियन्त्रण गर्ने पनि बिदेशी नै भएका छन किनकि आयातित अन्न र लत्ताकपडाहरुको मुल्य उनीहरुले नै निर्धारण गर्दछन । नेकपा सरकारले राष्ट्रको आयात धान्नकै लागि एकातिर सरकारी कर जनताको आम्दानीले धान्नै नसक्ने गरी बढाएको छ भने अर्को तिर नेपाली जनतालाई राज्यको व्यपारघाटा र बिदेशी मुद्राको आवश्यकता पुरा गर्नवैदेशिक रोजगारीमा जान बध्य पारेका छन । राजनीतिक दलका नेताहरु वैदेशिक रोजगारीको आवरणमा मानवतस्करीको धन्दा चलाएर अपराधिक गतिविधिमा पनि संलग्न भएका छन । गरिब नेपाली जनताले दश नंग्रा खिएर बिदेशको रापताप खपी कमाएर नेपाल पठाएको बिदेशी मुद्राकै उपयोग गरी नेपालका भ्रष्टाचारी र अपराधीहरु सुखसयलको जीन्दगी गुजरा गरीरहेका छन । बिदेशी सहयोगको रुपमा प्राप्त भएको बिदेशी मुद्रा र गरिब नेपाली जनताले कमाएर नेपाल पठाएको बिदेशी मुद्राको अपचलन गरी नेपालका भ्रष्टाचारी र अपराधीहरुले हुँडीको व्यवसाय नेपालमा चलाएका छन र त्यहि हुण्डीको गैरकानिनी मार्गबाटै नेपालको पैसा बिदेशमा पार गर्दै त्यतैको बिकासमा लगानी गरेका छन । यता नेपालमा भने राष्ट्रको पूर्वाधार बिकास गर्नको लागि पुँजी लगानी खोज्दै हिड्नु पर्ने अवस्था कायम छ र बिकास गरिसकिएको पूर्वाधारलाई पनि उद्योग बिकासको अभावमासमुचित उपयोग गर्न सकिएको छैन । नेपालका राज नेताहरुले नेपालको उद्योगको बिकासमा समयानुकूल ध्यान दिन नसेकेकाले नेपालको अर्थतन्त्रको चक्रमा नै ठुलो भ्वाङ वा खाडल बनेको छ । नेपालका राजनेताहरुले नेपालमा उद्योगको बिकास गर्नको साटो ट्रेड युनियनको बिकासमा बढी ध्यान दिएकाले र जोड लगाएका हुनाले अहिले नेपालमा शक्तिसाली ट्रेड युनियन संगठनहरु भएता पनि मज्दुरहरुलाई काम गर्नको लागि भने उद्योगहरु नै छैन । पञ्चायतकालमा खुलेका एक दुई बाहेक सबै उद्योगहरुलाई बन्द गर्दै लानेकाम अहिलेका क्रान्तिकारी सरकारले पुरा गरेको छ । खासै ठुलो उद्योगहरु नभएको मुलुक नेपालमा मज्दुरहरुलाई गोलबन्द गर्ने ट्रड युनियनहरु भने राजनीतिक दलै पिच्छेका खोलेर चलाउने चलन बसेको देखिन्छ । नेकपा सरकारले मज्दुरहरुको हित हुनेगरी सामाजिक सुरक्षा कोष नीति कानुन बनाएरनै लागु गरेको छ तर दुर्भाग्य बस मज्दुरहरुलाई काम गर्ने उद्योगहरु भने खोल्ने र चलाउने तिर नेकपा सरकारको ध्यान कहिले गएन । नेकपा सरकारको ध्यान पनि पुँजीबादी बाटोमा नै अगाडि बढेकाले नेपालका मज्दुरहरु वैदेशिक रोजगारीमा जान बध्य भएका छन । आयात व्यापारमा नेपालको राष्ट्रिय आम्दानी टिकेको छ त्यसैले आयात व्यापार बढाउन सरकार बाध्य भएको छ र आयात व्यापारलाई घटाउन सक्ने स्वदेशी उद्योगहरु नभएकाले नेपाल नराम्रो सित परनिर्भर मुलुक बनेको छ । आयात व्यापार गर्दा लाग्ने बिदेशी मुद्राको खर्च धान्नकै लागि नेपाली धेरैले वैदेशिक रोजगारी अपनाउनु नै पर्ने भएको छ । आयात व्यापार, व्यापार घाटा र वैदेशिक रोजगारी एक अर्काको पुरक बनेर डरलाग्दो आर्थिक कुचक्र निर्माण भएको छ र त्यसमा गरिब नेपालीहरु नराम्रो सित पिसिएको अवस्था अहिले नेपालमा विद्धमान छ ।धनीमानी पुँजीपति वर्गहरुले राज्य कोषबाट तर मार्दै बिदेशमा लगानी गरेका छन र छोराछोरी उतै पढाउने र परिवारलाई उतै राख्ने प्रवन्ध मिलाएका छन । त्यस्ता आर्थिक विकल्पहरु नेपालका गरिव जनताको भागमा परेकै छैन र उनीहरु जसरी तसरी नेपालमा नै जीविका चलाउन र गुजारा गर्न बाध्य छन । नेपालका धनीहरु आफै सक्षम छन र उसलाई सरकारी सहायतको दर्कार छैन । कनुनी र नीतिगत छिद्र खोज्दै त्यसैबाट भित्र छिरेर नेपालका धनीहरुले राज्यको सीमित आर्थिक साधन स्रोतमा जुकाझै टाँसिएर बसेका छन र गरिवको अधिकार छिनेर आफ्नो खञ्चुवा भुँडी भर्दछन । यस्तो वातावरणमा समृद्ध नेपाल र सुखी नेपालीको सरकारी एजेण्डा सफल हुन धेरै कठिन छ । नेपाल समृद्ध तब हुन्छ जब नेपालको गरिवहरु सबै समृद्ध हुन्छन । साथै नेपाली सुखी तब हुन्छन् जब नेपालको सबै गरिब नेपालीहरु सुखी हुनेछन । मुठीभरका केही नेपाली समृद्ध र सुखी हुँदैमा पुरै नेपाल समृद्ध र सुखी भएको मान्न सकिन्न । यदि त्यस्तो हुने भए नेपाल समृद्ध र नेपाली सुखी छन भनेर अहिले नै भन्न सकिन्छ किनकि नेपालका धनीहरुको जीवन स्तर अहिले धनी मुलुकका जनताको सरह नै छ । नेपालको खास प्रतिनिधित्व गरिव नेपाली जनताले नै गर्दछन र नेपाललाई नेपाल भनेर चिनाउने चिनारी पनि गरिब नेपाली जनता नै हो । त्यसैले नेपालको राजनैतिक नेतृत्वले समृद्ध नेपाल र सुखी नेपाली कता छ भनेर खोज्नु पर्दा नेपालका गरिबहरुलाई हेर्नु पर्ने हुन्छ र केहि धनी नेपालीलाई उदाहरण देखाएर लौ नेपाल समृद्ध र नेपाली सुखी भयो भन्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published.