किवी खेती विस्तार सम्बन्धी अनुभव

लेख

नेपालको समृद्धिको प्रमुख आधार नै कृषि हो । यो व्यवसाय हामी नेपालीको परम्परागत पनि हो । तुलनात्मक रुपमा धेरैले गरेको, देखेको व्यवसाय नै कृषि हो । कृषिलाई दुःखी पेसाको रुपमा हेर्ने गरेको पाइन्छ । कतै केही नपाए कृषि भन्ने चलन चलेकै छ । पेसागत रुपमा भन्नु पर्दा सबैभन्दा राम्रो व्यापार र जागिर भन्ने गरिन्छ । कृषि चाहिँ गरिबको पेसाजस्तो भएको छ । तथापि नेपालको समृद्धिको प्रमुख साधन व्यवसायिक कृषि नै हो भन्ने निष्कर्श निकाली केही मन मिल्ने बीच अठोट गरी कृषिलाई व्यवसायीकरण गर्ने अठोट ग¥यौँ । भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च नामक प्राइभेट कम्पनी स्थापना गरी कृषि कर्मको थालनी गरेका थियौँ । उत्पादन केन्द्रित काम गर्ने आंकाक्षा साथ अगाडि बढ्ने निधो गरियो । यस क्षेत्रमा वामे सरेजस्तै कोशिस गरिरहँदा धेरै सिकाइ भएका छन । आज आफ्नै गतिविधिका बारेमा लेख्ने कोशिस गरिएको छ ।
कृषिमा व्यवसायिक कामको सुरुवात गर्न खोज्दा दृष्टिकोणमा नै मुस्किल झेल्नु पर्दो रहेछ । गर्नु पर्दछ भन्ने सबै तर लाग्ने बेलामा अनेक बाहना निकाल्ने जमात ठूलै हुँदोरहेछ । केही साथीभाइहरुले भने ‘सफल होला र ? अहिलेसम्म कोही पनि सफलतामा पुगेको देखिन्न । यस्मा तपाइलाई केही समयमा निराशा आउँछ होला ।’ यस्ता धेरै सुनियो । हामी अधिकांशका बाबु आमाले कृषि पेसावाट नै हामीलाई यत्तिसम्म बनाउन सफल भएका हुन् भन्ने कुरा हामी सबैले बिर्सेको हो की जस्तो लाग्छ । कृषि पेसा असफल भन्नेले आफ्ना बाबुआमा असफल भन्न खोजेकै हुन् त ? आफूले नगर्ने अनी अरुलाई दोष दिने प्रवृति छ भन्ने लाग्दथ्यो ।
कृषि कर्ममा लाग्ने क्रममा के बाट सुरुवात गर्ने भन्नेमा हामी कम्पनी सञ्चालकहरुमा दुविधा नै थियो । संयोग मान्नु पर्दछ हाम्रो जग्गा भएको स्थानमा अवलोकन गर्ने मनसाय पूर्वकृषि मन्त्री नागेन्द्र चौधरीले व्यक्त गरे । गणेश कार्की र मैले सल्लाह गरेर ०७५ मंसिर महिनातिर पूर्वमन्त्री चौधरीसहित हामी चरिकोटतिर लाग्यौँ । पूर्वमन्त्री समेत जाने भएकाले दोलखाका केही साथीहरुसँग फोन सम्पर्क गरी कृषिसम्बन्धी सेवा प्रवाह गर्ने सरकारी कार्यालयसँग सम्पर्क भयो । यस कार्यमा पत्रकार गायत्री आचार्यले हामीलाई सहयोग गरिन् । आचार्यको संयोजनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (किवी जोन), पशु सेवा कार्यालय, टुकी संघका प्रतिनिधिहरुको टोलीसहित हामी सिक्री (जग्गा भएको स्थान) तिर लाग्यौँ । किवी जोनको कार्यालय छ भन्नेसम्म मलाई थाहा थिएन । किवी फलको कुरा त सुनेको पनि होइन । जग्गा भएको स्थानमा पुगेर सानो छलफल तथा अन्तरक्रिया ग¥यौँ । किवी जोनबाट तत्कालिन अधिकृत मित्रबन्धु भट्टराई, पशुसेवा कार्यालयका तत्कालिन प्रमुख ज्ञानबहादुर थापालगायत हामीसमेत गरी ८÷१० जनाको टिम जुटेको थियौँ । सबैले आफ्नो विज्ञताको आधारमा सम्भावना औँल्याए ।
समुन्द्री सतहदेखि १६१७ सय मिटर हाराहारीको उचाइँमा रहेको हाम्रो जग्गामा किवी फलको सम्भावना भएको देखियो । त्यसपछि बोच कृषि वागवानीमा पसी त्यहाँ अन्तक्र्रिया र अवलोकन ग¥यौँ । त्यहाँ गुणराज पौडेलले हामीलाई राम्रोसँग ब्रिफिङ गरिदिए ।
हामी किवीको बिरुवा लगाउने निचोडमा पुग्यौँ । यो निर्णयमा पुग्नुका कारणहरु मध्ये सरकारी प्राथमिकतामा किवी परी किवी जोनको कार्यालय पनि स्थापना भएको र यहाँ विभिन्न स्थानमा परीक्षणसमेत भएकाले पनि हो । त्यो समया प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत इलाम र दोलखामा किवी जोन घोषणा गरिएको थियो । नियमित रेखदेखका लागि गीता दाहालको प्रतिवद्धता आएकाले काम थालियो । इसिमोडको गोदावरीमा रहेको नर्सरीमा प्रतिगोटा रु ३०० पर्ने गरी ३५० वटा बिरुवा बुक गरियो । उता खाल्डा खन्न लगाइयो । ५ फिट गोलाइ र ३ फिट गहिरो भएको खाल्डा खन्नु पर्ने रहेछ । खाल्डा खन्नका लागि मान्छे पाइएन । मागाबाट बोलाएर खन्न लगाइयो । खाल्डा रेंखांकनका लागि किवीको पिता पहिचान पाएका श्याम खड्काको सहयोग लिइयो । उनको मार्गदर्शनका आधारमा चिह्न लगाइयो । खाल्डा बीचको दूरी ५ देखि ६ मिटर कायम गरियो । खाल्डा खन्ने अनी मल र माटो मिसाएर पुर्ने । पुर्ने काम पनि जटिल नै हुने रहेछ । कामदार पाउन मुस्किल । बल्ल बल्ल त्यो काम पनि गरियो । गोदावरीमा अर्डर गरेको बिरुवामध्ये २०० वटा मात्र दिन सक्ने जानकारी आयो । खाल्डा तयार भइसकेको थियो । नपुग बिरुवा किवी जोनको सहयोगमा बोचबाट बिरुवा मगाइयो । बोचको निजी नर्सरीबाट मगाएको बिरुवाको प्रतिबिरुवा मूल्य रु. १०० सस्तो पर्न गयो । हामीसँग मल पनि थिएन । मल किनियो । बिरुवा रोप्न आरम्भ गरियो । किवी जोन दोलखाका तत्कालिन प्रमुख गोविन्द पौडेल र कृषि अधिकृत मित्रबन्धु भट्टराईलगायतको अगुवाईमा तरिका प्रदर्शन गर्दै बिरुवा रोपन आरम्भ भयो । बिरुवा त के भन्नु र सुकेकोजस्ता देखिने सिटा वा छेस्का थिए । के होला र भन्ने जस्तो लाग्थ्यो । खाल्डा खन्न जति मुस्किल थियो त्यत्ति नै रोपन र सधैँ चिसो पारिराख्नु पर्ने काम पनि । धन्न पानीको जोहो पहिला नै गरिएकाले मुस्किल त्यत्ति धेरै परेन । पानीलाई थप व्यवस्थित गर्न किवी जोनले केही मिटर जिआई पाइप खरिदका लागि सहकार्य ग¥यो । त्यस्तै प्लास्टिक पोखरी निर्माण गर्न भीमेश्वर नगरपालिकाले सहकार्य ग¥यो । किवी खेती सम्बन्धी किवी जोन कार्यालयको सिफारिसमा गीता दाहाललाई बोच वागवानी केन्द्रमा तालिममा सहभागी गराउने मौका मिल्यो ।
किवीका हरेक बिरुवामा पानी नियमित हाल्नु पर्ने काम कठिन थियो । थोपा सिंचाइको प्रणाली खर्चिलो भएकाले सो राख्न सकिएन । पाइप तान्दै हरेक बिरुवामा पानी हाल्नु त्यो पनि झण्डै २० रोपनी जग्गा भरी छरिएर रोपिएका ३५० भन्दा बढी बिरुवामा । यो जटिल काम सम्पादन हुँदै थियो । रोपेको एक महिनामा नै बिरुवाले पात हाल्न थालेको देख्दा असाध्यै रमाइलो लाग्थ्यो । अनी बिस्तारै हाँगा फैलिँदा अनी बिरुवाको छेउमै गाडेको लठ्ठीमा बेरिँदा अनी बेरिएको लहरा फुकाउँदाको रमाइलोपन छुट्टै हुन्थ्यो ।
किवी खेतीका लागि पहिलो वर्ष त नियमित पानी लगाउने अनी बिरुवाको स्याहार गर्नु पर्दछ । किवीको बिरुवालाई ६ फिट उचाइँमा पु¥याई रोक्नु पर्दो रहेछ । अनी बिरुवाको कलमीभन्दा तलको भागबाट मुना पलाउँदो रहेछ त्यसलाई चिमोट्नु पर्दछ । धेरैवटा मुनाहरुमध्ये २ वटा मात्र राखी अरु हटाउनु पर्दोरहेछ । नियमित रुपमा स्याहार यो खेतीले खोज्दो रहेछ । दोस्रो वर्ष भने यस्को थाँग्रा हाल्नु पर्ने यो अति खर्चिलो पाइयो । थाँग्रा २ तरिकाले हाल्न सकिँदो रहेछ । कंक्रिट र रडसहितको पोल बनाई तार तान्ने वा जिआई पाइपको टी आकारको थांग्रा बनाउने गाढ्ने र तार तान्ने पनि हुँदो रहेछ । एउटा थाँग्राका लागि ५ हजारभन्दा बढी खर्च हुने रहेछ । यो खर्चिलो नै हो । हामीले किवी खेती सुरुवात गरेको दोस्रो वर्ष कृषि बोच वागवानीको सहयोगमा थप ३०० वटा बिरुवा रोपनको काम सकिएको छ । त्यसैगरी सबै बिरुवाका लागि थाँग्रा हाल्ने काम भइरहेको छ । यस स्थानमा कृषि कर्मलाई एकीकृत रुपमा सञ्चालन गर्ने सोच विकास गरी माछा पोखरी निर्माण तथा माछा पालनको काम भइरहेको छ । त्यसैगरी अकबरे खुर्सानी उत्पादन गरी गत वर्ष नै केही कतारमा बिक्रीसमेत भइसकेको छ । क्रमशः

Leave a Reply

Your email address will not be published.