कोभिड–१९ लाई एकैचोटी झ्याप्पै रोक्न सकिँदैन, सरकारको प्रयास जारी छ

अन्तरवार्ता प्रमुख राजनीति

 

अहिले नेकपामा आन्तरिक किचलो बल्झिरहेको छ । कैयौँ कार्यकर्ताहरूमा सरकार र नेतृत्वप्रति चरम असन्तुष्टिहरू आइरहेका छन् । नेकपा एकीकरणका सबै कामहरू पूर्णरूपमा सकिएका छैनन् । पार्टीलाई मिलाउन र सरकार गठनमा आवश्यक काम गर्न केन्द्रीय नेतृत्वमै रहेका कार्यकर्तालाई प्रदेशमा पाइएको छ । तर, प्रदेशमा पठाइएका कार्यकर्ताबारे पनि केन्द्रीय नेतृत्वले चासो दिँदैन भन्ने आरोप छ । यसै विषयमा केन्द्रित रहेर नेकपा केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य पशुपति चौलागाइँसँग तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल.बी. विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

पहिले एमालेको पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । पार्टी एकीकरणपछि खासै चर्चामा आउन सक्नु भएको छैन, के गर्दै हुनुहुन्छ ?
जनताले सेवाका लागि जिताएका छन् । जनताकै माझमा छु । मैले आफू लुक्नु पर्ने वा समाजमा देखिनु नपर्ने कुनै पनि काम गरेको छैन । म अपराधी पनि होइन । यसैले जनताको सेवामा अहोरात्र खटिरहेको छु । यो कोरोना भाइरस संक्रमणका डरले अहिले धेरै बाहिर ननिस्किनू भनिएको छ । यसैले दोलखा जान्छु, अनि हेटौँडा आउँछु । यस्तै, बितिरहेको छ, समय । भाग्नुपर्ने काम गरेको छैन । म जनताकै बीचमा छु ।
० अहिले प्रदेश सदस्य हुनुहुन्छ । पार्टीले उपेक्षा गरेको कि तपाइ“ आफै हार खानुभएको हो ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) देशकोम जिम्मेवार पार्टी हो । सर्वहाराको पार्टी नेकपाले कसैलाई अन्याय गरेको छैन । मलाई पनि अन्याय गरेको छैन । म एकजना पार्टी कार्यकर्ताको नाताले कहिले कहाँ पठाउला, कहिले कहाँ पठाउला । कहिले विद्यार्थीसँग त कहिले युवासँग पठाउला । कहिले दोलखा त कहिले वाग्मती पठाउला । कुनै बेला संविधान सभाको जिम्मा थियो । कुनै बेला प्रतिनिधिसभाको जिम्मा थियो । त्यसो भएको हुनाले अहिले प्रदेश सभाको जिम्मेवारी छ । म मेरो बलबुतो जे हो त्यसमा निष्ठाका साथ लागेको छु । हामीलाई जिम्मेवारी दिने पार्टीको काम हो । जहाँ उपयुक्त देख्यो, त्यही पठाउँछ । हामी त्यहाँ जानु पर्छ । मेरो दायित्व पनि त्यही हो । म पनि तिनै कार्यकर्ता मध्येको एक जना हो । मुलुकका दुई ठूला पार्टीहरू एक भएका छन् । नेता र कार्यकर्ताहरू मिलाउन सकस छ । सबैलाई पद दिन सकिँदैन । सिमित पदहरू छन् । पार्टी मिलाउनका लागि नेतृत्वले हामीलाई फरक जिम्मेवारी दिएको हो । मलाई पार्टीको विभेद् गरेको छैन । पार्टीले सबैमाथि माथिल्लो तहमा राख्न पनि सक्दैन ।
० केन्द्रीय राजनीतिमा क्षमता तपाईंको क्षमता नपुगेपछि प्रदेशमा पठाइयो भन्न खोज्नुभएको हो ?
होइन, होइन । सबैलाई संघमै पुग्दैन । यसैले आवश्यकता अनुसार मलाई प्रदेशमा पठाइयो । प्रतिनिधिसभामा सिमित सिटहरू छन् । यसैले पनि सबैलाई त्यहाँ लैजान सकिँदैन । फेरि प्रतिनिधिसभामा काम गरिसकेको अनुभव भएको मान्छेको प्रदेशसभामा पनि आवश्यकता पर्छ । हाम्रो संविधान बमोजिम प्रदेशसभा नयाँ संरचना हो । त्यो नयाँ संरचनाको विकासका निम्ति पनि त्यहाँ पार्टी कार्यकर्ताको रूपमा अनुभव भएका कार्यकर्ताको जरुरी छ । त्यसो भएको हुनाले त्यही कुरालाई ध्यानमा राखेर म जनताको सेवा र पार्टीको जिम्मेवारी बहन गरिरहेको छु । म अहिले पनि पार्टीको केन्द्रीय सदस्य छु । हटाइएको छैन । १५ जना छौँ, अहिले हामी । ४३ चुनाव लड्नु भएका राजेन्द्र पाण्ड पनि हामीसँग हुनुहुन्छ । त्यस्ता मान्छेहरू हामीसँग प्रदेशमा पनि छन् । भीम आचार्य पूर्वको एक नम्बर प्रदेशको सदस्य हुनुहुन्छ । शंकर पोखरेल पार्टीको सचिव हो, उहाँ पनि हुनुहुन्छ । बिएस गुरुङ, किरण गुरुङ हुनुहुन्छ । यस्ता थुप्रै साथीहरूलाई प्रदेशसभामा आवश्यक ठानेर पार्टीले पठाएको छ । हामी पार्टीकै निर्देशनअनुसार यहाँ आयौँ । मुख्यमन्त्री सबैलाई पुग्दैन । पार्टीभित्र मुख्यमन्त्रीको निम्ति संसदीय दलको नेता बन्नुपर्ने र भोट पनि पाउनु पर्ने हुन्छ । जसको भोट धेरै आयो त्यही संसदीय दलको नेता हुन्छ र त्यही मुख्यमन्त्री बन्छ । यसैले पार्टीमा त्यस्तो केही मलाई ठेस पु¥याउने काम भएको छैन । आवश्यकता र अनुभवका आधारमा मलाई यो पदीय जिम्मेवारी दिइएको हो । यसैले म प्रदेशमा छु ।
० भनेपछि तपाईं पदका लागि जहा“ पनि जान तयार हुनुहुन्छ ?
त्यस्तो पनि होइन । हाम्रा तलका कार्यकर्ताहरूलाई सरकार चलाएको र सदनबारे अनुभव छैन । ती कार्यकर्ताहरू राजनीतिमा परिपक्व देखिए पनि पहिलोपटक प्रदेश सभा भएकाले यहाँ आफ्नो सरकार बनाउन पार्टीले केही अनुभवी र पहिले पदमा बसेर काम गरिसकेका मान्छेलाई पठाएको हो । तर, मान्छेहरूले आ–आफ्नै तरिकाले विश्लेषण गर्न सक्छन् । त्यो आफ्नो ठाउँमा छ । तर, पार्टीको जिम्मेवारी र सरकारको जिम्मेवारी यी दुई नितान्त परक कुराहरू हुन् । मैले पनि पार्टी र जनताको मत दिएका जिम्मेवारीहरू फरक ढंगले निभाइरहेको छु । यसकारण पार्टी र नेतृत्व मिलाउन मैले केही कुरामा पार्टीको कुराहरू सुन्नुपर्छ र मान्नै पर्छ । जसले गर्दा पार्टी र मेरो राजनीतिमा समेत फाइदा पुग्नेछ । म नेपाली राजनितिमा पाइला भर्खरै पाइला टेकेको मान्छे पनि त होइन । छलफल गरेको छु । पदका लागि मात्रै म प्रदेशमा आएको हुँ भन्न सकिँदैन । र, यसरी यसलाई विश्लेषण पनि गरिनु हुँदैन । तलका कार्यकर्ताहरूलाई अनुभव सिकाएर माथि पु¥याउनु पर्छ । अहिले उनीहरूमध्ये अधिकांशलाई वडा र स्थानीय तहका विभिन्न जिम्मेवारीहरू दिइएका छन् । अहिले प्रदेशमा सबैले जिम्मेवारी सम्हाल्न पनि सक्दैनन् ।
० तपाईंले तलका कार्यकर्ता जिम्मेवारी सम्हाल्नै सक्दैनन् भन्न खोज्नुभएको हो ?
कार्यकर्ता जिम्मेवारी सम्हाल्नै सक्दैनन् भनेको होइन । प्रदेश सभाको पहिलो प्राक्टिस भएकाले कानुन र नीति निर्माणका लागि केही नयाँ र केही पुरानाहरूलाई वर्तमान जिम्मेवारी दिइएको हो । संगठन विस्तार पार्टी कामहरूमा अधिकांश कार्यकर्ताहरू परिपक्व छन् । उनीहरूलाई अवसर दिइनु पर्छ । सरकारमा युवाहरूलाई ल्याउनुपर्छ भन्ने मेरो पनि मान्यता हो । तर, उनीहरूलाई कानुन निर्माण गर्न अनुभव छैन । त्यबारेमा पनि हामी पुरानाले अहिले आएका नयाँ अनुहारसँग अनुभव साट्छौँ । यसले पछि आउने पिँढीलाई समेत फाइदा पुग्छ । पार्टीले सोही अनुसार कार्यकर्ताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको हो । जसले गर्दा पहिलो चरणमै प्रदेश सरकारहरू सफल बनेका छन् । जनमुखी कामहरू गरेका छन् । तर, पार्टीले तलका कार्यकर्तालाई नेतृत्व तहमा र सरकार सञ्चानको अवसरमा ल्याउनु पर्छ । उनीहरूलाई यो अवसरको जिम्मा दिइनुपर्छ ।
० तपाईं तलका कार्याकर्तालाई जिम्मेवारी दिइनुपर्छ भन्नुहुन्छ । फेरि आफैं आएर प्रदेशमा लड्नुहुन्छ । कार्यकर्ताले कसरी पत्याउने ?
पार्टी एकता पूर्ण रूपमा हुन सकेको छैन । अहिले कोरोनाका कारण पार्टीले कुनै पनि सर्कुलर जारी गरेर एकताको बाँकी काम गर्न सक्ने स्थिति छैन । यो बेलामा पत्रकारहरूले हामीलाई साथ दिनुपर्छ । सकारात्मक प्रश्न गरेर कार्यकर्तामा उत्साह जनाउने काम गर्नुपर्छ । कार्यकर्तामा निराशा ल्याउने खालका प्रश्नहरू जसले सारा पद एउटै व्यक्ति केन्द्रित छन् भन्नेखालको सन्देश दिनुहुँदैन । उल्टा कुरा पत्रकारहरूले समेत गर्नुहुँदैन । कसैको बाटो कसैले छेक्दैन । हामीले छेकेर पार्टी कार्यकर्ताको बाटो छेकिँदैन । तर, हामीले पार्टी कार्यकर्तालाई निर्माण गर्ने हो । यसैले पार्टीले जुन जिम्मेवारी जसलाई दिन्छ । त्यो त्यो ठाउँमा जिम्मेवारी बहन गर्ने हो । कसैले छेकेर केही पनि हुँदैन । उहाँहरू समावेशी पार्टीको जिम्मेवारीमा हुनुहुन्छ । ऐन कानुन बमोजिम कामहरू भइरहेका छन् । सबै समुदायका मान्छेहरूले अवसर पाएका छन् ।
० तपाईंलाई पदलोलुपको आरोप पनि लाग्ने गर्छ नि !
कसैले पदलोलुप पनि भने होलान् । म प्रदेशमा छु । र, मेरो पहिलेका जिम्मेवारीहरू पनि धेरै छन् । त्यसलाई पनि उनीहरूले हेरेका होलान् । तर, मेरो रोजाइँ मलाई चाहे अनुसार मात्र हुन सक्दैन । आवश्यकता अनुसार मलाई जिम्मेवारी दिइन्छ । अहिले भएको पनि ठ्याक्कै त्यस्तै हो । यसलाई ज–जसले जे जे भने पनि पार्टीको जिम्मेवारी मैले बहन गर्ने हो । अहिले गरिरहेको पनि त्यही हो र भोलि पनि त्यही गर्नुपर्ने हुन्छ । म पार्टीको जिम्मेवारीबाट पन्छिन मिल्दैन ।
० पार्टीले एकाएक प्रदेशमा खटाउँदा  केन्द्रीय राजनीतिमा दखल पुग्यो भन्ने लाग्दैन, यहाँलाई ?
मलाई लाग्दैन । म त्यही हुँदा पनि पार्टीको नीति नियम, कानुनको परिधिभित्र बसेर काम गरिरहेको  यहाँ हुँदा पनि त्यसैगरी काम गरिरहेको छु । कहाँ कमजोरी रह्यो, त्यो सुधार गर्दै जानुपर्छ । मेरो यसमा लप्पनछप्पन केही छैन । जहाँसम्म पार्टीको जिम्मेवारीको कुरा छ । मैसँग लागेका कतिपय मान्छेहरू केन्द्रमा पनि छन् । मभन्दा पछिका मान्छेहरू पनि माथिल्लो ओहोदामा छन् । कोही अझै तल संघर्ष गरिरहेका छन् । यसैले पार्टीको आवश्यकता अनुसार काम गर्ने हो । पार्टीले दिएको जिम्मेवारी हामीले बहन गर्ने हो । आवश्यकता र उसको क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिएको छ ।
० माधव नेपाललाई कमजोर पार्न तपाईंकै अध्यक्षले तपाईंलगायत कार्यकतालाई उपेक्षा गरेको भन्ने सुनिन्छ नी ।
यो कहाँ को पछाडि छन् ? त्यो थाहा छैन । पार्टीभित्र पतिस्पर्धा हुन्छ । महाधिवेशनमा त्यो प्रतिस्पर्धा हुन्छ । अब कसलाई पछाडि पारियो वा अगाडि ल्याइयो । त्यो म जान्दिनँ । पार्टीमा प्रतिस्र्धा भइरहन्छ । हिजो पनि भएकै हो र आज पनि भइरहेको छ । केही व्यक्तिका स्वार्थ र आफू बलियो बन्न खोज्दा कमजोरी कहीँ अध्यक्षज्यूको पनि रहन गयो होला यसलाई कोट्याइराख्न आवश्यक छैन । यस्तो हरेक पार्टीमा हुन्छ ।
० दबाबलाई प्रतिस्पर्धा भन्न मिल्छ र ?
अरुको कुरा जानकारी भएन । मैले प्रतिस्पर्धा नै भन्छु । हिजो हामी आन्दोलनमा हुँदा पनि यो प्रतिस्पर्धा पार्टीमा थियो । र, आज पनि पार्टीमा त्यो प्रतिस्पर्धा जारी छ । अर्कातिर अधिकांश स्थानमा पार्टीको दबाबलाई सकारात्मक लिन सक्नुपर्छ । सोही ढंगले अगाडि बढ्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो । यदि त्यसो गर्न सकिएन भने पनि पार्टीका कार्यकर्ताबीच मनमुटाव बढ्न जान्छ । यसले दुर्घटना निम्त्याउन सक्छ । यसैले नेतृत्व गर्ने मान्छेहरू आत्तिनु हुँदैन, मात्तिनु हुँदैन । पार्टीको जिम्मेवारीबाट म खुस छु । पार्टीका हरेक काममा मैले आफूलाई समर्पित गरेको छु । अब सबल नेतृत्व निर्माण गरेर मुलुकमा कम्युनिस्ट पार्टीको सरकार दीर्घकालिन बनाउनु पर्छ भन्ने हाम्रो मान्यता रहँदै आएको छ ।
० सरकारका कुरा गरौ“, सरकारका कामबाट सन्तुष्ट हुनुहुन्छ ?
सरकारले राम्रो काम गरेको छ । जनताप्रेमी कामहरू गरेको छ । विकास र निकासका कामहरूमा नेकपाको स्थायी सरकार बनेपछि अहिले थुप्रै परिवर्तनका द्वारहरू खुलेका छन् । म खुसी छु सरकारका कामप्रति जनता पनि खुसी छन् । सरकारले गरेका हरेक काममा मेरो साथ र सपोर्ट छ । जनतामैत्री कामहरू गर्न सरकार डगमगाउनुहुन्न भन्ने मेरो मान्यता हो । जसले गर्दा सीमाको सवालमा हामीले काम ग¥यौँ । अब त्यो भूमि फर्काउन सरकारले पहल गरिरहेको छ । चाँडै फिर्ता हुने छ । यसैले सरकारले धेरै राम्रा काम गरेको छ । उत्कृष्ट गरेकै हो ।
० कोरोना नियन्त्रणमा सरकार फेल भयो भन्ने आरोप छ नी ।
सरकार कोरोना नियन्त्रणमा पूर्ण रूपमा फेल भयो भन्नु गलत हो । यदि सरकार फेल भएको भए तपाई हामी जिवित हुन्थ्यौँ त ? हुँदैन थियौँ । सरकारले काम गरिरहेको छ । सफलता हात पारिरहेको छ । यो नयाँ रोग हो । हाम्रो पूर्व तयारी पनि थिएन । यस्ता रोगहरू पहिले देखा पनि परेका थिएनन् । अब क्वारेन्टाइन के हो ? कस्तो हुन्छ ? आइसोलसन के हो ? समेत जानकारी थिएन । ती सबै काम अहिले स्थानीय सरकारले गरिरहेको छ । सरकार त्यसमा पूर्ण रूपमा सफल बनेको छ । यसैले कोरोना भाइरस एकैचोटी झ्याप्पै रोक्न सकिँदैन । सरकारले काम गरिहेको छ । चाँडै हामीले सफलता पाउने छौँ ।

Leave a Reply

Your email address will not be published.