नेपालमा दलहरुको दिनगन्ती सुरु

लेख विविध शिक्षा/स्वास्थ समाचार

दलहरुले नेपालमा कुनै ठोस कामै नगरी तीनदशक बिताएका छन् । उनीहरुले बनाएका स्मारक ढोकाहरु र भ्युटावरहरु अहिले सबै खण्डहर बनेका छन् । धराप बनेको स्मारक ढोकाहरु र भ्युटावरहरु नेपाली जनताको जीउधनका लागि खतरा भएका छन् । क्रान्तिको नाममा आमजनताको गोठका गाईगोरुहरु धेरै काटेर खाएका थिए भने अहिले पनि गाउँघरमा त्यस्तो चलन कायमै छन् र रोकिएको छैन । नेपाल परपूर्वकालदेखि ऋषिहरुको तपोभूमि र देवभूमि भएकाले पवित्र स्थल मानिन्छ । नेपालमा दलहरुले राज गर्न थालेपछि सबै पुरानो मूल्य र मान्यताहरु बदलिएका छन् । नेपालमा २५० वर्ष चलेको राजतन्त्र र राजाकै सक्रिय नेतृत्वमा २७ वर्ष चलेको पञ्चायती व्यवस्थालाई दलहरुले सत्ताविहीन पारेका थए । अहिले पञ्चहरु एक सशक्त राजनीतिक दलको रुपमा नेपालमा सक्रिय छन् भने पूर्वराजा दलहरुले गरेको प्रतिबद्धता अनुसार नेपालको राजनीतिमा आफ्नो भूमिका खोज्दै छन् । नेपालमा पूर्वराजाले सजिलै पद त्याग गरेका थिए भने पूर्वपञ्चहरुले फरक राजनीतिक व्यवस्थालाई स्वीकार गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको रुपमा गोलबन्द भएका छन् । दलहरुलाई सत्ता हस्तान्तरण गर्दाको समयमा पूर्वराजाले नेपाली जनताको हितलाई हेरी सैनिक परिचालन रोकेर ठूलो काटमार र नरसंहार हुन्बाट राष्ट्रलाई जोगाएका थिए । नेपाली जनताको सुरक्षा र राष्ट्रको हितलाई हेर्दै पूर्वराजाले जिम्मेवारी त्यागेका हुन् । दलहरुले राष्ट्रका लागि राम्रो गर्लान् भन्ने चाहनाले प्रेरित भएर नै नेपाली जनताको राजनीतिक झुकावलाई बुझ्दै सोहीअनुसार राजपरिवारका परम्पराअनुसार सहज रुपमा दलहरुको राजनीतिक प्रभुत्वलाई स्वीकार गरेका हुन् । पूर्वराजा सित कुनै शक्ति नभएकाले वा दलहरुका सामु निरिह भएकाले झुकेका होइनन् । यसको विपरीत दलहरु भने उद्दण्ड भएका छन् र मनपरी ढंगले राष्ट्रको मूल्य मान्यता मिच्दै अगाडि बढेका छन् । दलहरुले नेपालमा उ बेला चलेको कानुनी राजलाई भताभुंग पारी दिएका छन् भने स्थापित राज्यको कार्य प्रणालीलाई ध्वस्त तुल्याएका छन् । बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुलाई पनि घर बनाएर बसोबास गर्न दिंदैन भनेझैँ दलहरुले नेपालमा शासन गरेको यो ती दशक लामो अवधिमा दलहरुले अनेकौँ बाँदरे चालचलन देखाएका छन् । यतिबेला नेपाली जनता दलहरुको त्यस्तो बाँदरे चालामाला देखेर वाक्क दिक्क भएका छन् । ८५ प्रतिशत हिन्दूहरुले बसोबास गरेको मुलक नेपाललाई धर्मनिरपेक्ष राष्ट्र दलहरुले बनाएका छन् । दलका नेताहरु सबै क्रिस्चियन धर्मबाट प्रभावित भएको हुनाले विदेशी धर्मको प्रचारप्रसारमा सत्तामा बसेका दलका शीर्ष नेताहरु नै सक्रिय भएर लागेका छन् । कोरोनाको कारण देखाएर अहिले राष्ट्रकै सबै मठमन्दिरहरु बन्द गरिएका छन् भने चर्चहरु यथावत् चल्न दिएका छन् । नेपाली जनता कोरोनाले सताएको यो विपत्कालमा पनि आफूले मानेको हिन्दू धर्मअनुसार मठमन्दिरमा गएर बलपुकार माग्न पाइरहेका छैनन् । नेपाली जनता नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा संविधानमा नै गर्ने गराउने अभियानमा जुटेका छन् । पूर्वराजा, पूर्वपञ्चहरुले स्थापना गरेको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत नेपाली कांग्रेसभित्र संगठित रहेका हिन्दूहरुलाई समावेश गरी आगामी आमचुनाव सम्ममा एक हिन्दूवादीहरुको महागठबन्धनको तयारीमा जुटेका छन् । यस्तो महागठबन्धनले विदेशीका दलाल अराजक हिन्दूधर्म विरोधी दलहरुलाई सत्ताबाट फाल्न सक्षम हुनेछन् । तर दलहरुलाई फाल्न केवल गफ मात्र गरेर पुग्दैन त्यसको लागि लक्ष्य र उद्देश्यसहितको कुशल कार्य योजना चाहिन्छ । दलहरुमा खास गरेर नेकपा निकै संगठित र हिन्दू धर्म विरोधी छन् । नेकपाभित्र पूर्वएमाले तप्काबाट आएका महाभ्रष्टचारीहरु छन् भने पूर्वमओवादी तप्पाबाट आएका महाअपराधीहरु पनि छन् । यस्ता भ्रष्टाचार र अपराधका महामिश्रणबाट तयार भएको नेकपालाई सजिलै चुनावमा हराउन निकै कठिन हुन्छ । नेकपालाई धाँधली नगरी चुनाव जित्न सकिन्न भन्ने महाज्ञान उनीहरुको महागुरू नेपाली कांग्रेसबाट प्राप्त भएको हो । नेपाली कांग्रेसलाई त्यस्तो महाज्ञान भारतीय चुनावबाट प्राप्त भएको थियो । गुरुभन्दा चेला जान्ने भनेझैँ अब नेकपाले यो चुनाव जित्ने विद्यामा नेपाली कांग्रेसलाई धेरै पछाडि पारिसकेको छ । चुनावको बुथहरु कब्जा गर्नेदेखि लिएर डराइधम्काई आमजनताको भोट लिने कलामा अहिले नेकपा अरु दलहरुभन्दा धेरै अगाडि भएको छ । परिस्थिति अनुसार भोजभतेर गरी पैसाको लालच देखाएर पनि भोट लिने गरेका छन् । नेकपाले यस्तो कार्य गर्न गराउनका लागि खतरनाक अरिंगाल पालेर राखेका छन् । मर्न र मार्न सधैँ तयार रहने अरिंगालहरु नेकपाको चुनाव जित्ने सबैभन्दा प्रभावशाली हतियार हो । त्यसकारण हिन्दूवादी दलहरुका लागि नेकपाले गराउने आगामी आमचुनाव सजिलै जित्न निकै कठिन छ । आगामी चुनाव निष्पक्ष र धाँधलीरहित हुनै सक्दैन भन्ने कुरा अहिलेदेखि नै मानेर हिन्दूवादी दलहरु चल्नु पर्छ । राम्रो कार्य योजना र तयारी भएको खण्डमा नेकपालाई परास्त गर्न सकिन्छ । राप्रपाजस्ता दलहरुले आफ्नो युवा संगठनहरुलाई अहिलेदेखि नै संगठित पार्दै लैजानु पर्छ । यदि त्यसो गर्न सकिएन भने पछि आमचुनावमा पश्चताप गर्दै नेपाली जनताले भोट दिएन भनी चित्त बुझाउनु पर्ने हुन्छ । नेपाली जनताले त्रासले गर्दा निर्भिक बनेर आफूले चाहेको दलका उम्मेदवारलाई भोट दिन सक्ने वतावरण अहिले नेपालमा कायम छैन । नेकपाले थर्काएर नै नेपाली जनताको भोट लिन्छन् त्यसैले नेपाली जनताले आफूले रुचाएका अन्य दलका उम्मेदवारलाई भोट हाल्न सक्दैन । नेपालको चुनाव सम्बन्धी कानुन पनि फितलो छन् भने त्यसलाई लागू गर्ने सरकारी निकायहरु पनि सत्तामा रहेका दलको पक्षमा नै लाग्ने हुँदा चुनावमा धाँधली हुने र निष्पक्षता नहुने देखिएको छ । पहिले पहिले भारतमा हुने चुनावहरु पनि त्यस्तै हुने गरेका थिए । त्यतैबाट सिकेर नेपाली कांग्रेसले उक्त ज्ञान नेपालमा अज्माएका थिए । अहिले भारतमा टी.एन. शेषण र पी.एस. गिलजस्ताले चुनाव आयोगको नेतृत्व सम्हालेर भारतमा हुने चुनावलाई पूरै निष्पक्ष र धाँधलीरहित तुल्याइदिएका छन् । भारतीय आमचुनावमा अहिले इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग भारतभर लागू गरिसकेको हुनाले चुनावमा धाँधली हुने संभावना न्यून बनाएका छन् । नेपालको आमचुनावमा त्यस्तो सुधार गर्ने वा गराउने सम्भावना निकटभविष्य भित्रै सम्भव छैन । यता नेपालमा धमिलो पानीमा माछा मारेर खानेहरु धेरै भएकाले चुनावमा सुधार गरे आफैँ हारिन्छ भन्ने त्रासले पनि त्यस्तो गर्दैन । नेपालमा दलीय भागबन्डाबाट नियुक्ती पाएर आएका चुनाव आयुक्तहरु कर्मचारीझैँ कार्यालयमा काम गर्छन् र नेपालको आमचुनावलाई कसरी धाँदलीरहित बनाउने भनी सोचविचार कहिले गर्ने गरेको छैन । यिनै कारणहरुले गर्दा नेपालमा आमचुनाव जित्नका लागि तयारी नेकपाको बराबरी नै गर्नु पर्ने वा हुनु पर्ने देखिन्छ । काँडालाई निकाल्न काँडा नै प्रयोग गर्नु पर्ने भएकाले नेकपाको अरिंगाललाई तह लगाउन अरिंगालको नै उपयोग गर्नु पर्ने हुनछ । सबैभन्दा उत्तम अरिंगालको गोलामा नै आगो लगाउन सके आमचुनावमा उनीहरुले पार्ने प्रभावलाई निर्मुल वा कम गराउन सकिन्छ । उल्लेखित सबै उपायहरु र सावधानीहरु अपनाउन सकेमा आगामी आमचुनावमा सत्यको जित निश्चित हुने छ र पापीहरुले चुनाव हार्ने छन् अनि महान् राष्ट्र नेपालमा धर्मको जित निश्चित हुन्छ । नेपालका दलहरु खहरे खोलाझैँ देखिएका छन् । पानी पर्दा तुरुन्तै उर्लेर आउँछ तर पानी पर्न रोकिए पछि छारो धुलोको बगरमा परिणत फेरि तुरन्तै हुन्छ । यस्ता खहरेको पानीले नेपाली जनताको खेतबारी सिंचाइ गर्न सकिन्न उल्टै खहरेबाट बगरे आएको ढुंगामाटोले जनताको खेतबारी पुरिन्छ र हावा चल्दा खहरेको बगरबाट उडेको धुलोले जनताको आँखामा भरिन्छ । यस्ता खहरेझैँ दलहरुको भर नेपाली जनतालाई हुँदैन त्यसैले नेपाली जनता विकल्पको खोजीमा तुरन्तै नलागी सुख छैन । दलहरु नेपाली जनताका लागि थारो भैँसी पालेझँै भएको छ कहिले नब्याउने भएको हुनाले नेपाली जनताले दूध खान पाएका नै छैनन् । जहिले पनि थारोको थारै कुर्दा कुर्दा तीनदशक बितिसक्यो अब थप कुर्न नसक्ने हालतमा नेपाली जनता पुगिसकेका छन् । दलहरुले विकास खुबै गरेका छौँ भन्छन् र फोटोहरु छाप्छन् तर नेपाली जनतालाई कति ऋण बोकाएका छौँ, महँगी बढाएका छौँ र कर बढाएका छौँ भनी कहिले पनि छापेर प्रकाशित गर्ने गरेको छैन । दलहरुले ताल न बेतालमा गरेको विकासले नेपाललाई कहिले पनि अल्पविकसित मुलुकको वर्गीकरणबाट माथिल्लो वर्गीकरणमा उकास्न सक्ने छैन । भ्रष्टाचार र अपराधमा लिप्त दलहरुले कमिसन खाने लोभमा गरेको विकासले नेपाललाई कहिले पनि विकसित राष्ट्र बनाउन सक्दैन । दलहरु अनुशासनहीन भएकाले आफ्नो स्वार्थ र परिवारिक हितलाई हेरी नीति, नियम र कानुन बनाएर निजी लाभ उठाउने गरेका छन् । दलहरु मनमोजी छन् त्यसैले व्यक्तिगत फाइदा हेरी जे पायो त्यही गर्छन् र राज्यको कानुन, नियम र नीति साथै प्रणालीअनुसार बाँधिएर बस्न सक्दैन । दलहरु हचुवाको विकास गर्छन् र पहिले आफ्नै पेट भर्छन् अनि यतिउती विकास गरियो भन्दै नेपाली जनतालाई सुनाउने गर्दछन् । दलहरु आफैँ सरकार, आफैँ ठेकेदार भएका छन् । दलहरु राज्यको नियम कानुन नमान्ने उत्ताउलो भएको र हचुवाको विकासमा लगेको देख्दा नेपालमा दलहरुको दिनगन्ती सुरु भएको अनुभव भएको छ ।

Leave a Reply

Your email address will not be published.