‘पर्यटनलाई सुन्य अवस्थाबाट माथि उठाउन खोज्दै छौँ’

अन्तरवार्ता पर्यटन समाचार

विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र सुन्यमा पुगेको छ । जसले गर्दा यहाँको आर्थिक स्थिती कमजोर बन्दै गएको छ । आयस्रोतको ठूलो क्षेत्र ओगटेको पर्यटन क्षेत्रलाई अब उठाउन के गर्दै टानले ? सरकारसँग व्यवसायीलाई जोगाउन कुनै पहल कदमी भयो वा भएन् ? लगायत विषयमा तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल.बी विश्वकर्माले टानका अध्यक्ष खुम बहादुर सुवेदीसँग गरेको कुराकानीको सम्पादित अंश…
० विश्वभर महामारीको रुपमा कोरोना भाइरस फैलिएपछि पर्यटन क्षेत्र ठप्प भएको छ । व्यवसायी र कामदारहरुले कुनै काम पाएका छैनन् । यसलाई चलायमान बनाउनु के गर्दै हुनुहुन्छ ?
विश्व कोरोना महामारीको चपेटामा परेपछि पर्यटन क्षेत्र मात्र हैन् । सबैखाले आर्थिक गतिविधीहरु ठप्प छन् । कोरोना महामारीका कारणले एकजनाले अर्को मान्छेसँग भेटघाट गर्ने, एक अर्को स्थानमा आवजजावत गर्ने कामहरु भएका छैनन् । यो अवधीमा यस्ता सबैखाले गतिविधीहरु ठप्प भए । यस्तै, हाम्रो पर्यटन क्षेत्रपनि ठप्प बन्यो । लकडाउनको विकल्प नभएपछि विश्व नै लकडाउनको स्थितीमा थियो । सबै मान्छेहरु घरमा बन्दि थिए । यसकारण नेपाल पनि बन्दाबन्दिको चपेटामा प¥यो । यसले कैयौं साथिहरुको व्यवसाय नै धरापमा पर्ने स्थिती सिर्जना भएको छ भने थुप्रै कामदारहरु बेरोजगार भएका छन् । त्यसलाई व्यवस्था गर्नुपर्ने र सबैभन्दा ठूलो कुरा पर्यटन क्षेत्रलाई चलायमान बनाउनु पर्ने जिम्मेवारी अहिले हाम्रो काधमा छ । हामी निरन्तर यसका लागेका छौं । सरकारको पनि सकारात्मक भूमिका खेलेको छ । यसकारण हामी निरन्तरता दिन्छौं । पर्यटकहरुलाइै बोलाउछौँ । अहिले कोरोना माहामारी अझ गम्भिर हुँदै गएको बेलामा भाइरसँग लड्दै जोगिदै अगाडी बढ्ने छौंँ ।
० एकदुई तीन भनेर भन्नुपर्दा कस्ता खालका योजना र पलानिङहरु बनाउनु भएको छ ?
ठ्याक्कै यो भन्ने त छैन् । तर, सबै योजनाहरु बनाएर हामीले ती योजनाहरुलाई कार्यान्वयनमा ल्याउन लागेका छौँ । यो अवस्थामा पनि पनि पर्यटक आवतजावत गर्न र गराउनु पर्छ भन्ने पक्षमा हामी छौं । हामी सचेत र सजग रहेर काम गर्ने छौँ । सरकारले पनि १६–१७ गतेबाट तयारी थालेको छ । तर, एक हप्ता क्वारेन्टिन बस्नुपर्ने बाध्यात्मक नियम बनाएका छ । यसैगरी, पिसिआर रिपोर्ट अनिवार्य हुनुपर्छ भनेको छ । यी सरकारका नियमहरु कठिन छन् । यसकारण पनि पर्यटनको आगमन त्यति सहजै होला जस्तो मलाई लाग्दैन् । हामीले डोमेस्टिक ट्युरिजमको व्यवस्था गर्नुपर्छ भनेका छौँ । तर, त्यो पनि उल्लेख्य वातावरणको अभावले हुन सकेको छैन् । यसकारण हामीसँग पलानिङ छ । तर, हामीले गर्न सकेको भने केहि छैन् ।
० तपाईंहरुले सरकारलाई कस्तो सल्लाह र सुझाव दिनुभएको छ?
धेरै कुराहरु सरकार र हामी सम्बद्ध निकायहरुमा हामीले रोखका छौँ । हामी निरन्तर वार्तामा छौँ । यसकारण हामीले भनेका छौँ । स्वास्थ्य चौकी मेन्टेन गर्नुपर्ने पिसिआर सहज बनाउनु पर्ने माग अगाडी सारेका छौं । यो लामो समयको बन्दाबन्दिले धेरै समस्या परेका कारण पनि हामीहरुले काम गरेका छौं । प्रयत्न गरेका छौँ ।
०सरकारको धारणा के छ ? तपाईले वाताए गर्नुभएको छ ?
सरकारले विस्तारै खुलाउँदै लगेको अवस्था छ । लामो समयको लकडाउन पश्चात किसिमका एक–एक गरेर बेरोजगार वर्करहरुले काम पाउँछन् । यसले धेरै ठूलो कायापलट गर्छ भन्ने छैन् । विगत कै स्थितीमा हामी फर्किन धेरै समय लाग्छ नै यद्दपी केहि हदसम्म आर्थिक स्थिती चलायमान भने बनाउन सकिन्छ । अन्तरराष्ट्रिय पर्यटकहरु आउँदा धेरै सजगताको आवश्यकता पर्ने देखिन्छ । किनभने उनीहरु उताबाट आउँदा ग्रुपमै आउनु पर्ने भएकाले पनि समस्या सिर्जना गर्ने देखिन्छ । उताबाट पनि पिसिआर रिपोर्ट लिएर आउनु पर्छ । यता पुन ः पिसिआर चेक गरेर एक हप्ता होटलको क्वारेन्टिनमा राखेर मात्र पठाउने सरकारले भनेको छ ।
० उनीहरुलाई कोरोना देखियो भने के व्यवस्था हुन्छ ? कसरी उपचार गर्न सकन्छि ?
उनीहरुलाई कोरोना पोजेटिभ देखिएको खण्डमा उनीहरुको उपचार यहाँका सबैखाले हस्पिटलमा उपचार सम्भव छैन् । यसकारण पर्यटकका लागि स्पेशल हस्पिटलह छुट्याइनु पर्ने र सबै हस्पिटलहरु विदेशी मापदण्ड अनुसारका हुनुपर्छ भनेका छौं । सरकार यसका कटिबद्ध भएर लागिपरेका हामीले सुचना पाएका छौँ । यसैगरी, अन्र्तराष्ट्रिय इन्स्युरेन्स चाहिँ हुनैप¥यो । नेगेटिभ भएपनि नेपालबाट बाहिर नजओर भन्ने हाम्रा चाहना हो । सरकारसँग पनि आग्रह गर्न चाहन्छु । सरकारले वर्तमान परिस्थिती बुझेर काम गर्न सकोस भन्ने मेरो चाहना हो ।
० कत्तिको आउछन्, पर्यटक ?
अहिले नै यति पर्यटक आउँछन, भनेर भन्नु मुर्खता हुन जान्छ । किनकी उनीहरको देशमा पनि कोरोना देखिएको छ । यतापनि कोरोना महामारी फैलिएको अवस्था छ । तर, पर्यटकहरु उल्लेख्य मात्रामा आउँछन् । यता, हामीले अपेक्षा गरेजति नआउन सक्छन् । किनकी अहिले यहाँ आउने पर्यटक भनेका स्वस्थ पर्यटहरु मात्र हुन् । त्यसमा उमेर ढल्किएका पर्यटकहरु बाहिर निस्किने चान्स नै छैन् । यसैगरी, कोरोनाबाट खतरा भएका कुनैपनि पर्यटकहरु नेपाल छिर्ने छैनन् । थोरै रुपमा भएपनि हामीलाई पर्यटकहरु आइदिनु नै धेरै ठूलो कुरा हो । नेपाल आउन पर्यटकहरु आइरहेका छन् ।
० लकडाउनले कत्तिको प्रभाव पा¥यो ?
नेपालको पर्यटन क्षेत्र भनेको सिकारीले हानको डुङ्गो जस्तै भयो । कोरोनाका कारण ठूलो यसले राम्रो काम गर्न सकेको छैन् । अहिले यहाँको पर्यटन क्षेत्र नै ध्वस्त जस्तै छ । सबै गतिविधिहरु सुन्य प्राय छन् । यसकारण उच्च प्रभावमा पर्ने क्षेत्रमा परेको छ ।
० घाटा र नोक्सान कति भयो ?
ट्युरिजमका विभिन्न सेक्टरहरु छन् । ती सेक्टरहरु सबै घाटमा गएको अवस्था छ । अरु साथिहरुले पनि आफ्नो क्षेत्रमा कति घाटा भयो ? कति जनाले कस्तो समस्या समाना गर्नुप¥यो भन्नु होला । तर, पर्यटन र पदयात्रामा चाहिँ १५ अर्ब जति नोक्सान भएको छ । हामीले तत्काल यसको केहि मात्रा मात्रै संकलन गर्न सक्यौं भने केहि हदसम्म फाइदा नै पुग्ने छ । यसले हामी सबैलाई सहज रुपमा व्यवसाय गर्न सक्ने बाटोमा फर्काउने सक्ने हामीले अपेक्षा गरेका छौँ । हाम्रो आकलन सायद सहि हुनेछ ।
० तपाईंले धेरै जनाले रोजगारी गुमाए भन्नु भयो । कति जना मजदुरले रोजगारी गुमाए ?
थुप्रैले रोजगारी गुमाएका छन् । मैले भनेको आकडा तलमाथि पनि पर्न सक्छ । किनकी लकडाउनका कारण एकिन तथ्याङ्क आइसकेको छैन् । हामीले खोजी गरिहेका छौँ । तर, अहिलेसम्मको तथ्याङ्क हेर्दा ३ लाख भन्दा बढि मजदुरहरु बेरोजगार भएका छन् । कैयौं मजदुरहरुको घरमा चुलो समेत बाल्न सक्ने स्थिती छैन् । उनीहरु यतिका महिना बेरोजगार हुँदा अहिले मानसिक रुपमा समेत कठिनाइँ झेल्दै आएका छन् । हामीले ती मजुदरहरुको पेट पाल्न सक्ने स्थिती सिर्जना गर्ने प्रयास गरिरहेका छौँ । उनीहरुको गास नखोसियोस्, भन्ने कुरा पनि ध्यानमा राखेका छौँ । सामान्य समस्इ पनि तत्काल टार्न सकियो भने दोस्रो चरणमा हामीलाई काम गर्न सहज हुने छ ।

० कतिजना व्यवसायीहरु समस्यामा छन् ?
हामी १९८० जति कम्पनीहरु काठमाडौंमा छौँ । पोखरामा १८० वटा जति कम्पनीहरु छन् । त्यसमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा उनीहरुले रोजगारी प्रदान गर्दै आएका छन् । त्यमध्येका अधिकांस कम्पनीहरु अहिले समस्यामा छन् । सरकारले बैंङ्कको कर वा ब्याज छुटको व्यवस्था गरेको छैन् । धेरै जनाले अहिले ब्याज तिर्न सकेका छैनन् । यसतर्फ सरकारको तत्काल ध्यान जाओस् । यस्ता कैयौं गुनासाहरु आएका छन् । यता सरकारले एकतर्फी घोषणा गरिदिन्छ। र हामीलाई प्रश्न गर्ने बाटो मात्र खोलिदिन्छ । ती कहिल्यै कार्यान्वयनमा आउँदैनन् । सबै गुनासाहरु दबाइन्छन् । यस्ता प्रकारका समस्याले समेत हामीलाई बाँधेको छ । सरकारले तत्काल आफूले घोषणा गरेका प्याकेज र प्रतिबद्धताहरु कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने हाम्रो धारणा हो । हामीले खोजे अनुसारको छुट दिएका छैनन् । हामीले राष्ट्र बैंकका गभर्नरसँग पनि निरन्तार वार्ता र छलफल गरेका छौँ ।
० पर्यटकहरुका लागि होटल तथा रेष्टुरेन्टको व्यवस्थापन कसरी हुन्छ ?
ट्रेकिङ गर्ने पर्यटकका लागि धेरै कठिन छ, यो बेला । उनीहरु जति माथि पुग्नु हुन्छ । वा हिमाल चढ्नुहुन्छ । समस्या थपिँदै जाने देखिन्छ । त्यहाँ होटलहरु धेरै छैनन् । सिमित होटलहरु छन् । जस्तो अन्नपुर्ण बेश क्याम्पको समस्या पनि त्यहि हो । यसैगरी, अन्य–अन्य ठाउँहरु छन् ।
० रेस्क्यु गर्न कठिन हुन्छ वा केहि व्यवस्थापन भएको छ ?
पर्यटकहरुले नेपाल आउँदा रेस्क्युका लागि प्रयाप्त रुपमा विमा गरेर आएको खण्डमा त्यहि असहज वातावरण सिर्जना हुँदैन् । रेस्क्युका लागि हामीसँग हेलिकप्टरहरु छन् । तर, विगतमा भन्दा हेलिकप्टरको संख्या बढाउनु पर्ने देखिन्छ । यदि नेपालमै पर्यटकहरु आफ्नो व्यवस्थापन बिना छिरेको पाइयो भने पछि महंगो पर्न सक्छ । किनकी यो समय नै त्यस्तै छ । फेरी सबैले रेस्क्युका लागि अनुमति पाउदैनन् ।

Leave a Reply

Your email address will not be published.