कफ्सन नेपालको गोवा बैठक संस्मरण

लेख

अघिल्लो शृंखलामा कफ्सन नेपालको टोली भारत भ्रमण गएको सन्दर्भ उल्लेख गरिएको थियो । नेपालदेखि मुम्बईसम्म पुगेको प्रसंग आएको थियो । यस शृंखलामा भने गोवामा घुम्दाको रोमाञ्चक क्षण र कफ्सन नेपालको राष्ट्रिय कार्यसमितिको बैठक गोवामा बसेको सन्दर्भ उल्लेख छ । त्यसै गरी नयाँ दिल्लीतिरको घुमघाम र नेपाल फिर्ताका संस्मरण राखिएको छ । त्यसै गरी त्यो भ्रमणमा संस्थाले गरेको खर्च तथा उपलब्धिसमेतको चर्चा गरिएको छ ।
मुम्मइर्मा ठगिनबाट जोगिँदा
मुम्बई हामी हामी धेरैका लागि नौलो थियो । मुम्बईमा हामी केही घन्टा घुम्न सक्थ्यौँ । ३ वटा ट्याक्सी लिई समुन्द्रको किनारको मस्जिद, महालक्ष्मी मन्दिर, गेट अफ इन्डिया र समुन्द्रको किनारमा घुम्यौँ । विश्वका नै धनीमध्येका एक मुकेश अम्बानीको घर अलि परैबाट देख्यौँ । केही वर्ष अगाडि मुम्बई बम काण्ड भई आतंक भएको ताज होटल देख्यौँ । नजिक गई फोटो खिच्यौँ । यही ताज होटलसँगै जोडिएको समुन्द्रमा रमायौँ । हिन्दी सिनेमा देखेका दृश्यहरु यहाँ देख्न पाइयो । हाम्रो साथमा रहेका केटाकेटी नरमाउने कुरै भएन ।
हाम्रो दिमागमा ठगिने हो की भन्ने चिन्ता हुन्थ्यो नै । हामी सचेत थियौँ । तैपनि ट्याक्सीवालाले हामीलाई ठग्ने असफल प्रयास गरे । सहमतिअनुसार ३ वटा ट्याक्सीको हामीले जम्मा ४ हजार दिनु पर्ने सो अनुसार ४० वटा नोट दियौँ तर एक ट्याक्सी चालकले लिएर गन्न थाले पहिलोपटक गन्दा ४० नै पु¥यायो । अनि उसले २ वटा नोट च्यातिएको रहेछ साटीदिनुस् भन्यौँ । हाम्रो साथीले साटी दिए । उसले फेरि गन्यो २ वटा नोट कम भएको देखायो । यो बीचमा उसले हातको सफाई गरी २ वटा नोट लुकाउन सफल भएछ । हामी धेरै जना भएकाले धेरै पेल्न सकेन । एक दुई जना मात्र हुँदा मुस्किल पार्ने रहेछन् ।
गोवाको घुमाइमा डल्फिन पार्क
मुम्बईबाट गोवाका लागि अर्को रेल भन्यौँ । यो रेल यात्रा भने १० घन्टा जतिको थियो । हामी गोवा राति १२ बजेतिर पुग्यौँ । त्यहाँका लागि हामीले नेपालबाट नै होटलको बन्दोबस्त गरिसकेका थियौँ । हामीलाई लिन रेल स्टेसनसम्म होटलबाट नै बस आएको थियो । सजिलैसँग हामी होटलमा गई बास बस्यौँ । यो होटलमा हामी २ दिन बास बस्ने योजना थियो । भोलिपल्ट बिहानै खाजा खाएर एक पर्यटक बस लिई घुम्न हिड्यौँ । हामीले हिन्दू मन्दिरबाट यात्राको सुरुवात गरेका थियौँ । त्यसपछि एक चर्चमा पनि पुग्यौँ । त्यहाँ धेरै वर्ष अघि मृत्यु भएका पादरीको लाश सुरक्षित राखेको रहेछ ।
अर्को घुम्ने स्थान डल्फिन पार्क थियो । हाम्रो टोली डल्फिन पार्कमा नाउबाट घुम्न गयौँ । त्यहाँ डल्फिन नजिकबाट देख्न पाएका थियौँ । समुन्द्रको छेउमा (समुन्द्र कै एक भंगालोमा) धेरै वटा डल्फिनहरु देखिँदो रहेछ । डल्फिन उफ्रेको नजिकबाट देख्न पाइनेरहेछ । पानी भने पछि म असाध्यै डराउँछु । यही अवस्था छोरी प्रकृतीलाई पनि हुँदो रहेछ । ४५ मिनेट जतिको समय बिताउन मलाई साह्रै मुस्किल परेको थियो । तैपनि सबैलाई रमाइलो अनुभूति भयो । यसरी नाउमा ४५ मिनेट जति घुमेर डल्फिन हेरेको प्रतिव्यक्ति भारतीय रुपैंया ३ सय रुपैयाँ लाग्दो रहेछ ।
हामी अर्को स्थान समुन्द्रको छालसँग खेल्ने थियो । हामी त्यता लाग्यौँ । केही घन्टा छालसँग रमाइलो लुकामारी गरियो । फोटो खिच्यौँ । अनि हाम्रो त्यो दिनको अन्तिम यात्रा स्थल पानीजहाज थियो । जुन साँझमा चढ्ने योजना थियो । त्यहाँ सांस्कृतिक कार्यक्रमको समेत व्यवस्था रहेछ । यसमा पनि प्रतिव्यक्ति रु ३ सय नै शुल्क तिर्नु पर्दो रहेछ । यसमा पनि रमाइलो भयो । हामी चढेपछि पानीजहाज समुन्द्रतिर घुम्दो रहेछ । रातिको समयमा समुन्द्रमाथि रमाइलो गरी हिँड्नुको छुट्टै मज्जा आयो । पानीजहाजभित्र नै स्टेज बनाएको थियो । सो स्टेजमा गोवाको सांस्कृतिक कार्यक्रमको अलावा विभिन्न किसिमका नाँचको प्रबन्ध गरिएको थियो । केटाकेटीका लागि एकपटक, जोडाजोडीका लागि एक पटक, केटीहरुका लागि अनि केटाहरुका लागि पनि अलग अलग नाचको प्रबन्ध गरिएको थियो । हामी पनि सोही अनुसार नाच्यौँ ।
हाम्रो टोलीमा सबैभन्दा रमाइलो अनुगमन समितिका तत्कालिन संयोजक गणेश पौडेलले गर्नुभयो । त्यहाँका स्थानीयहरुलाई साथी बनाएर रमाइलो गर्दै नाँच्नु भयो । हुन त हामी सबै कुनै न कुनै रुपमा नाचेका नै थियौँ । एक घन्टा जतिको पानीजहाजको यात्रा तथा रमाइलो पछि जहाँबाट चढेको थियौँ त्यही ल्याएर हामीलाई छाडिदियो । अनि हामीले रिजर्भ गरेको गाडीमा पनि दोहोरी गाउँदै नाच्दै रमाइलो गर्दै होटलमा फर्कियौँ ।
कफ्सन नेपालको गोवा बैठक
२३ चैत ०७३ को बिहान हामी बसेको होटलमा नै कफ्सन नेपालको राष्ट्रिय कार्यसमितिको बैठक बस्यौँ । औपचारिक रुपमा बसेको बैठकले वन क्षेत्रका सवाल र कफ्सन नेपालको भूमिकाको बारेमा लेखाजोखा ग¥यौँ । अनि स्थानीय तहको निर्वाचनका क्रममा स्थानीय समुदायको भूमिकालाई प्रवद्र्धन गर्ने क्रियाकलापलाई बढावा दिन खेल्नु पर्ने भूमिका बारेमा चर्चा भयो । यस संस्थाको ०७४ सालमा महाधिवेशन गर्नु पर्ने भएकाले त्यसका तयारीका बारेमा छलफल भएको थियो । महाधिवेशन तयारीका लागि सचिवालयलाई जिम्मेवारी दिने निर्णय भएको थियो । यो बैठकलाई हामीले गोवा बैठकको नामाकरण गरेका थियौँ ।
बैठकपश्चात हामी फेरी समुन्द्री किनारमा घुम्न निस्कियौँ । रहर मर्ने गरी फोटो खिच्यौँ । गोवा भन्ने ठाउँ पर्यटकीय क्षेत्र हो । मान्छेको भिडभाड र सुविधा पनि राम्रो पाइने तर अलि महँगो । भारतमा नै यो सबैभन्दा पर्यटक आउने क्षेत्र मानिँदो रहेछ । यो स्थान अमेरिका, युरोपका हामीभन्दा कम थिएन । भारतमा मादक पदार्थ खरिद गर्दा तीनपुस्ते नाम टिपाएर मात्र किन्न पाइन्छ तर गोवा भने त्यो छुट रहेछ । हाम्रा कतिपय साथीहरुले बियरको बोतल बोक्दै पिउँदै पनि हिँडेका पनि थिए । गोवा काजुका लागि समेत चर्चित ठाउँ मानिन्छ । हामी बसेको होटलमा भने एक सानो घटना भयो । कुनै एक साथीले कपालमा मेहन्दी लगाएर नहाउँदा होटलमा रुमालमा रंग सरेछ । त्यो बापतको पैसा तिर्नु परेको थियो । अरु पनि त्यस्तै भएको रहेछ धेरैले लुकाएछन् तर एक जनाको भने होटलवालाले फेला पारेकाले जरिवाना त के भन्नु, पुरानो रुमाल नचाहेर पनि किन्नु परेको थियो ।
नयाँ दिल्लीको घुमाइमा झन्डै रेल नछुटेको
गोवाको माडगाउँ रेल स्टेसनबाट नयाँ दिल्लीको लागि रेल भन्यौँ । यो रेल यात्रा पनि ३४ घन्टा जतिको नै थियो । यसमा चाहिँ हाम्रो खाना खाजाको रकम टिकटमा नै समावेश भइसकेको थियो । उनीहरुले निर्धारण गरेको समयमा शाकाहारी तथा मांशहारी खानेकुरा, खाजा ल्याइदिन्थ्ये । रमाइलो गर्दै हामीले यात्रा जारी राख्यौँ । यो यात्रामा कर्नाटकतिरका केहीसँग एउटै डिब्बामा यात्रा गर्नु परेको थियो । त्यो बेलामा प्रकृती र प्रत्यूषले कुराकानी गरी फोटो खिचेका थिए । खाना साटासाट गरी खाए पनि । उनीहरुसँग नेपाल फर्केपछि पनि इमेल तथा अनलाइन कुरा पनि गरिरहन्थ्ये ।
दिल्लीमा हामी २४ गते बेलुका ८ बजेतिर पुग्यौँ । पहिले नै निर्धारण गरेको होटल अक्सफोर्डमा बास बस्यौँ । यो होटलमा भने वाइफाइ सुविधा थियो । सामाजिक सञ्जालसँग नजिक भयौँ । फोटो तथा हाम्रा गतिविधिहरु सामाजिक सञ्जालमा राख्यौँ । समाचारहरु हे¥यौँ । त्यसैगरी यात्रा अवधीमा नै नेपाली खाना खाने अवसर खासै मिलेको थिएन त्यो दिन भने इच्छाअनुसारको नेपाली पाराले खाना खाएका थियौँ ।
२५ चैत बिहानबाट दिल्लीका विभिन्न स्थानमा घुम्यौँ । इन्डिया गेट, लालबहादुर शास्त्री संग्राहालय, इन्दिरा गान्धीको संग्राहालय, लोटस टेम्पल घुम्यौँ । राजीव गान्धीलाई गोली हान्दा गान्धीले लगाएको लुगासमेत सजाएर राखेको रहेछ । त्यसै गरी इन्दिरा गान्धीको पनि जानकारीमूलक सामग्रीहरु संग्राहालयमा थियो ।
लालबहादुर शास्त्रीको जीवनी झल्कने सामग्रीहरु हेर्न पाइँदो रहेछ । उनी सुत्ने, खाने, अध्ययन गर्ने कोठाहरु देख्न सकिँदोरहेछ । ती सबै स्थानहरुमा इच्छाअनुसार फोटो खिच्यौँ । समय अभावका कारणले धेरै स्थानहरु पुग्न सकेनौँ । हामी कहाँ घुम्ने भन्ने धेरै मेसो थिएन । हामीले थाहा पाएको २÷४ ठाउँ मात्र थियो । हाम्रो गाडीवालाले हामीसँगको जानकारी अभावको फाइदा लिने प्रयास ग¥यो । कुनै यात्रुलाई केही ठूला कम्प्लेक्सहरुमा लगेमा चालकले कमिसन पाउँदो रहेछ । हामीलाई आवश्यक नभएको ठाउँमा पनि लग्यो । हामीलाई शंका लागेर कराएपछि उसले स्वीकार ग¥यो कमिसनको कुरा । हामीलाई कुनै ठाउँमा लग्दिएबापत पैसा पाउँदो रहेछ उस्ले ।
हामी पुगेको स्थानमध्ये सबैभन्दा आकर्षक लोटस टेम्पल नै लाग्यो । फराकिलो ठाउँमा पार्क रहेछ । लाइन बस्नु पर्नेभित्र पस्न र हेर्न पनि भिडभाड थियो । घुइँचोमा नै घुमियो, हेरियो अनि फोटो पनि खिच्यौँ । घुम्दा घुम्दै समय गएको पत्तै भएन ।
हामी त्यही दिन साँझ ७ बजेको रेलबाट गोरखपुर जानु पर्ने थियो । घुम्दाघुम्दै समय गएको याद नै भएन । हामी हतार हतार रेल स्टेसन जाने प्रयत्न ग¥यौँ । तर ट्राफिक जाम अति थियो । हामी सबैको मन आत्तिएको थियो तर हामी चढेको गाडी सर्दैनथ्यो । रेल छुट्ने भो भन्ने शंका लागिसकेको थियो । ७ बजेर केही मिनेट पुगेपछि बल्ल हामी रेल स्टेसनमा पुग्न सफल भयौँ । हामी दौडदै रेलको पहिलो डिब्बामा नै चढ्यौँ । धन्न भेटियो । हाम्रो यात्राको अवधिमध्ये दिल्लीदेखि गोरखपुरसम्मको रेल चाहिँ वातावरण अनुकूलित थियो । आरामदायी यात्रा ग¥यौँ । गोरखपुरबाट सुनौली आइ साथीहरुले केही सामानहरु किन्नु भयो । अनि नेपालभित्र प्रवेश गरी जम्बो हाइसमार्फत हामी २६ गते मध्ये रात करिब १ बजेतिर काठमाडौं आइपुग्यौँ । कतिपय साथीहरु सुनौलीबाट छुटिसक्नु भएको थियो ।
आठदिने भ्रमणमा संस्थाको खर्च प्रतिव्यक्ति रु.१२ हजार
कफ्सन नेपालका भ्रमणमा सहभागी भएका ११ जना पदाधिकारीको निम्ति प्रतिव्यक्ति नेपाली रुपैयाँ १२ हजार खर्च भएको थियो । यस अर्थमा संस्थाको ८ दिने भ्रमणका लागि कुल १ लाख ३२ हजार खर्च भएको छ । नेपालभित्रको यातायात खर्च, भारतमा खाना खर्च, विभिन्न स्थानको प्रवेश शुल्क, मनोरञ्जन खर्चसमेत सम्बन्धित व्यक्तिले नै गरिएको थियो ।
कफ्सन नेपालले ११ जनाका लागि भारतको रेल र बास खर्च व्यवस्थापन गरिएको थियो । अरु ९ जना भ्रमणमा सहभागी पारिवारिक सदस्यहरुको निम्ति कुनै पनि खर्च संस्थाबाट गरिएको थिएन । खाना खर्च सबै आफैँले गरेको हुँदा के खाने ? के नखाने ? भन्नेमा कहिल्यै गुनासो रहने कुरै भएन । यो प्रक्रिया हामीलाई असाध्यै राम्रो लागेकाले त्यसपछिका भ्रमणहरुमा पनि यहि पद्धति अपनाउने गरिएको छ । न्यूनतम् लगानी अधिकतम् उपलब्धिको मान्यतालाई सदैव आत्मसात् भइरहेको छ ।

भ्रमणका उपलब्धि सामूहिक भावना विकास
कफ्सन नेपालका राष्ट्रिय कार्यसमितिका उपलब्ध पदाधिकारीहरुको सामूहिक भ्रमणले नयाँ ठाउँको अनुभूति गर्ने काम भयो । त्यसैगरी एक आपसमा औपचारिक अनौपचारिक कुराकानी भए । पदाधिकारीहरुको परिवारका सदस्यहरु बीचमा पनि घुलमिल हुने मौका मिल्यो । एक अर्कालाई नजिकबाट चिन्ने मौका मिल्यो । साथीसँगीको प्रतिभाहरु थाहा भयो । रेलको लामो यात्रामा नाचगानसमेत भयो । जस्को कारणले टिममा साझा बुझाइ र एकरुपता ल्याउन सहयोग पुगेको थियो । एक आपसमा भाइचाराको सम्बन्ध कायम भएको थियो ।
त्यस भ्रमणमा संस्थाका तत्कालिन उपाध्यक्ष सरोजकुमार पाण्डे, तत्कालिन कोषाध्यक्ष बिना श्रेष्ठ र भ्रमण टोलीका पारिवारिक सदस्य हरिकृष्ण श्रेष्ठको व्यवस्थापकीय पक्षमा महत्वपूर्ण भूमिका रहेको थियो । हामी पहिलोपटक नेपालभन्दा बाहिर गएर हाम्रो राष्ट्रिय कार्यसमितिको बैठक बस्न सफल भएका थियौँ । सायद नेपाली नागरिक संस्थाले देश बाहिर गएर राष्ट्रिय कार्यसमितिको बैठक बसेको सम्भवतः नौलो विषय नै होला । हामीले त्यो भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेका थियौँैं । यसको असर महाधिवेशनसम्म पनि राम्रै रह्यो । कफ्सन नेपालको महाधिवेशनमा सधैँ कुनै न कुनै पदमा निर्वाचन हुने गरेको भए पनि ०७४ को महाधिवेशनमा भोट हाल्नु परेको थिएन । त्यो भ्रमणको एक उपलब्धि मान्न सकिन्छ । सामूहिक भावएकता मजबुद बनाउने यस किसिमका क्रियाकलापलाई निरन्तरता दिनु पर्ने कुरा उठेको थियो । धन्यवाद ।

Leave a Reply

Your email address will not be published.