बाहिरिँदै एनआइसी बैंकको बद्मासी

अर्थ/वाणिज्य समाचार

एउटा मुद्धाको पेसी कति पटकसम्म सार्न मिल्छ ? सर्वाेच्च अदालतको ऐनले भन्छ, बढीमा दुई पल्ट । तर शक्ति र पैसाको प्रभावमा परेर नेपालको शक्तिशाली एउटा बैंकले आफूविरुद्ध परेको मुद्धामा चार वर्षदेखि पेशी सारेको सारेकै छ । सर्वोच्च अदालत नियमावली, ०७४ को दफा ७७ (५) को पेटबोली छ, दुईपटक स्थगित भइसकेको मुद्दाको सुनुवाइ स्थगित नहुने । तर अदालतभित्रैबाट आफ्नै ऐन मिचिरहेको छ । मीठो नारा लगाएर सेवाग्राही र ऋणीलाई प्रताडित बनाउन पल्किएको एनआइसी एसिया बैंकले यसरी आफूविरुद्ध परेको मुद्धामा समेत जालझेल गर्दै आएको हो । बैंकविरुद्ध २७ असोज ०७४ मा सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुनविपरीत धापासीस्थित २४ रोपनी ९ आना जग्गा एनआइसी एशिया बैंकले हडपेको दाबीसहित ओरियन्टल बिल्र्डसका तर्फबाट सुधीर बस्नेतले बैंकलाई विपक्षी बनाएर मुद्धा दर्ज गरेका हुन् । जस्का लागि बहस गर्न तम्सिएका छन्, दुईदर्जन वरिष्ठ कानुन व्यवसायीहरु । तर मुद्दा जित्ने आत्मविश्वास गुमाएपछि एनआईसी एशिया बैंकले मुद्दाको पेशी तीन वर्षदेखि सारेको सारेकै छ । यो मुद्धामा ओरियन्टल बिल्डर्सको तर्फबाट चार कानुन व्यवसायीले मुद्दा लडिरहेका छन् । तर, उनीहरुको तर्फबाट एकपटक पनि पेशी सारिएको छैन । यता बैंकको तर्फबाट बहसमा उत्रिएका दुईदर्जन कानुन व्यावसायीले भने पटक पटक गरी ६ पटकसम्म पेशी सारिएको छ ।
बैंकका तर्फबाट ०७४ मंसिर तीनमा न्यायाधीश ओमप्रकाश मिश्रको इजलाशमा मुद्धा पुग्दा कारण देखाऊ आदेश दिएको थियो । यस्तै, दोस्रोपटक न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलाशमा पुग्दा हेर्न नभ्याइने भन्दै पन्छिएको थियो ०७५ बैशाख ११ मा । त्यसको ८ महिनापछि पुस २६ गते पेशी चढ्यो । इश्वर खतिवडा र डम्बरबहादुर शाहीको इजलाशमा मुद्धा पुग्यो फेरि पनि हेर्न नभ्याइने भन्दै लन्ठाइयो । त्यसको तीन महिनापछि यो न्यायधीश चोलेन्द्र शमशेर जबरा र दीपककुमार कार्कीको इजलाशमा पुग्यो मिसिल साथै राख्ने आदेश दिएर छाडियो । चार महिना झुलाएपछि साउन १४ गते तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलाशमा पुग्दा प्रमाण बुझ्ने आदेश दियो । असोज २ गते ईश्वर खतिवडा र प्रकाश ढुंगनाको इजलाशमा पुग्यो, बेञ्च बस्न नभ्याइएको भन्दै फेरि सारियो । २८ दिनपछि चोलेन्द्र शमशेर र सपना मल्ल प्रधानको इजलाशमा मुद्धा पुग्दा उसैगरी लन्ठाइयो एनआइसी एसियाकै कानुन व्यवसायीको तर्फबाट । उसैगरी उनीहरुले ६ पटकसम्म स्थगित गराएका छन् । एनआइसी एसियाको कानुन व्यवसायी उपस्थित नहुँदा ०७६ कात्तिक २८, पुस १ मा तोकिएको पेसी सार्नु परेको छ । त्यसपटक तीन पटकसम्म तोकिएको पेशी हेर्न नमिल्ने भन्दै सारिएको छ । गत पुस ७ गते तोकिएको पेशी फेरि बैंककै तर्फको कानुन व्यावसायीबाट सारिएको छ । फागुन ११ गते अर्को पेशी तोकिएको छ ।
एनआइसीविरुद्ध न्याय खोज्दै सर्वाेच्चमा पुगेका हुन्, सुधिर बस्नेत । सुधिर बस्नेत अध्यक्ष रहेको ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रा.लि.ले ०६६ साल जेठमा धापासीको २४ रोपनी ९ आना जग्गा धितो राखेर एनआईसी एशिया बैंकबाट रु २० करोड ओभरड्राफ्ट कर्जा लिएका थिए । बस्नेतले उक्त जग्गामा झण्डै ३० करोड लगानीमा भौतिक संरचना निर्माण थालेका थिए । तर, कम्पनी टाट पल्टिएपछि ऋण तिर्न सकेनन् । ऋणको नियमित साँवाको किस्ता र ब्याज गरी रु. २३ करोड ६८ लाख बुझाउन नसकेसँगै बैंकले ०६९ माघमा ओरियन्टलको उक्त सबै सम्पत्ति आफ्नै नाममा सकारेको थियो । बैंकले ०६६ सालमा ऋण दिँदा धितोको मूल्यांकन २५ करोड ३२ लाख गरेको थियो । तर, तीन वर्ष आठ महिनापछि ०६९ साल असोज १५ मा ३१ करोड २९ लाख ५० हजार मूल्यांकन गरेको आवाससम्बन्धी जाँचबुझ आयोग, ०७१ को प्रतिवेदनमा उल्लेख छ । जबकि, बस्नेतले तिर्नुपर्ने कुल रकम रु. २३ करोड ६८ लाख उठाउन यो सबै सम्पत्ति हडपिएको हो । त्यति मात्रै होइन उनले ३० करोड रुपैयाँ लगानी गरेर निर्माण गरेको भौतिक संरचनाको भने कुनै मूल्यांकन र हिसाबै नगरी हडपिएको थियो । यही विषयमा उनी न्याय खोज्न अदालत पुगेका हुन् । तर अदालतबाट मुद्धाको पेशी सारिएको सारियै गरिएपछि उनी हत्तु छन् । उसो त एनआइसीको बद्मासीको बिषयलाई लिएर अहिले सर्वसाधरणबीच मात्र होइन, नियामक निकाय राष्ट्र बैंकदेखि बैंकर्स संघसम्म बहस हुन थालेको छ । एनआइसीले बैंकले चर्को जरिवाना लिएको, पुनर्कर्जा नदिएको, लकडाउनको समयमा राष्ट्र बैंकले उपलब्ध गराएको सुविधासमेत ग्राहकलाई नदिएको, ऋण तिर्न ढिला भएकाहरुलाई कालोसूचीमा हाली दिने धम्की दिएर बारबार पैसा मागेर तनाब दिएकोलगायत विषयमा राष्ट्र बैंक र बैंकर्स संघमा एनआइसी एशिया बैंकविरुद्ध विभिन्न उजुरीहरु परेका छन् । यसअघि बैंकर्स संघमा भएको २ वटा बैठकमा लगातार एनआइसी एसिया बैंकको ज्यादतिका बारे गम्भीर छलफल चलेको छ । सो छलफलमा बैंकर्स संघका पदाधिकारीले नेपाल राष्ट्र बैंकमा बैंकिङ क्षेत्रकै बदनाम भएको भन्दै ध्यानाकर्षण गराएका छन् । एनआइसी एशिया बैंकका कारण बैंकिङ क्षेत्रकै बद्नाम भएको भन्दै बैंकरले राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय एनआइसी एसिया बैंकबाट पीडित भएकाहरु संगठित हुँदै गएपछि विषयले ठूलो रुप लिएको हो । उनीहरु संगठित भएपछि चौतर्फी बैंक बन्द एनआइसी एशिया बैंकविरुद्ध संघसंस्थाहरु नै जुर्मुराएका छन् । तामाकोशीबाट

Leave a Reply

Your email address will not be published.