नेपालभरका पत्रकार काठमाडौंको मैदानमा नयाँ नेतृत्वका लागि नेताको आशिर्वाद खोज्दै

समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनको संघारमा नेपालका सञ्चारकर्मीका नेताहरु राजधानीमा भेला भएका छन् । महासंघका नेपालभरका जिल्ला शाखाका अध्यक्ष, उपाध्यक्ष र सचिवसम्मंको उपस्थिति रहने साधारण सभाको पहिलो दिन हिजो ४ फागुनमा महासंघको केन्द्रीय कार्यालयमा नाम दर्ता गराएका छन् भने आज दोस्रो दिन राष्ट्रिय सभागृहमा अधिवेशनको दोस्रो बन्दसत्रमा आयोजना हुँदै छ ।
पत्रकार महासंघमा सबै राजनीतिक दल आवद्ध पत्रकारहरुको सहभागिता भएकाले नेतृत्व चयन गर्दा पनि सबै पक्षलाई समेटेर महासंघको कार्य समिति चयन गर्नु पर्ने अवाज उठेको छ । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १४ वर्ष बित्दै छ । जनताबाट निर्वाचित नेकपाको बहुमत सरकार गठन भएको ३ फागुनमा तीन पेसागत प्रतिवद्धता र व्यवसायिक धर्मभन्दा पार्टी गुटको पक्षमा दुई धार प्रेस नेपाल विभाजित भएको छ । एकता अधिवेशनका लागि प्रेस नेपालले संयोजक सहसंयोजकको व्यवस्था गरेको थियो तर नेकपा विभाजनले संयोजक एकातिर सहसंयोजक अर्कातिर भए पनि पत्रकार महासंघलाई वामपन्थी पकडवाट कि बाहिर जान नदिन आमपत्रकारहरु रहेका छन् । अहिले महासंघको नेतृत्वमा तत्कालिन प्रेस संगठन र प्रेस युनियनको वहुमत छ । अहिले तत्कालीन प्रेस चौतारीको तर्फवाट केन्द्रीय सदस्यहरु नगण्य छन् । नेकपा चन्द पक्षको क्रान्तिकारी पत्रकार संगठनको पनि प्रतिनिधित्व छ । नेकपा मसाल पक्षको प्रगतिशील पत्रकार संगठनलाई समेत त्यो २५औँ अधिवेशनमा समेटियो तर चौतारी र प्रेसजस्तै रहेनन् । यसपटक महासंघमा सभापति प्रेस युनियनको तर्फवाट महासचिव रमेश विष्ट, सचिव रामजी दाहल, उपाअध्यक्ष विपल पोखरेलहरु दौडधुपमा छन् । अघिल्लो कार्यसमितिले गरेको कुरामा काम निरन्तरता दिन सकेनन् । प्रेस नेपालको तर्फबाट अध्यक्षका लागि राजेन्द्र अर्याल, निर्मला शर्मा, उजिर मगर, बालकृष्ण बस्नेत, तीर्थ कोइराला, प्रधानमन्त्रीोद दाहाल, गगन विष्ट, बलराम थापाहरु चर्चामा छन् । महासचिव उम्मेदवारका लागि रोशन पुरीको नाउँ आएको छ । केपी ओली खेमावाट शर्मा र मगर मात्र होइनन्, नेताको निकट वनेर रातारात नेतृत्वमा पुग्ने लहडबाजी देखाउने टिम पनि नभएको होइन । यसपटक सहसंयोजक गणेश बस्नेत गम्भीर हुनै पर्छ । वाम एकता महासंघमा जरुरी छ । महासंघमा एसोसियसन शाखा, कर्पोरेट शाखाहरुको मात्र होईन, सात प्रदेशका पदाधिकारीहरु समेत केन्द्रको टिममा दाबी गर्ने अवस्था छ । श्रमजीवी पत्रकारहरुको नेतृत्व भए पनि काम गरी खानेहरुलाई मालिकले पारिश्रमिक नदिने, महिला पत्रकारहरुको हकमा चासो नदिने प्रवृत्ति छ । आफैँ आचारसंहितामा बाँधिएको नेपाल बौद्धिक वर्गलाई दलको राष्ट्रिय स्वाधिनता, सार्वभौम अखण्डताको रक्षाका लागि पत्रकारहरुको सचेताले राजनीतिक दलहरुलाई होसियारी गर्ने दायित्व पनि छ । नेपालमा राजनीतिक परिवर्तन त भयो तर सत्तामा पुगेका नेताहरुको व्यवहार स्वच्छ र शुद्ध देखिएको छैन । प्रेसलाई मर्यादित बनाउने प्रेस काउन्सिल छ, साना लगानीका पत्रिका बचाउने काम गर्न बोर्ड गठन भएको छ । तर, कर्मचारी प्रशासन पत्रकारहरुप्रति लचक छैन । भष्टाचार त्यहि प्रशासनले गर्छ, समाचार त्यहिँको बन्छ । जीवनभर पत्रकारले नेपालका निम्ति पत्रकारिता गर्छन् तर बिरामी हुँदा उपचार हुँदैन । राज्यले हेर्दैन । यस्तो पीडाका बाबजुद पनि पत्रकारहरुले आफनो धर्म निर्वाह गरेका छन् । नेकपाको सरकारसँग नेपाली प्रेसको अपेक्षा ठूलो छ । सञ्चारमन्त्री पार्वत गुरुङ सञ्चार मन्त्री छन् । काठमाडौं शाखाको साधारण सभामा मन्त्री गुरुङले पत्रकारहरुको पीडा सधैँ नरहने गरी नयाँ विधि र प्रक्रियाको थालनस् गर्ने आफ्नै कार्यकालमा राज्यको चौँथो अंगको हित र कल्याणमा काम हुने बताएका छन् । आजको साधारण सभाको ठस्क एक महिनामा देशभरको शाखा एसोसियन शाखा, कर्पाेरेट शाखा, आठ प्रदेश र केन्द्रीय समितिको निर्वाचनका लागि पत्रकारहरु सल्बलाएका छन् । राज्यलाई संकट पर्दा सहयोग गर्ने साना लगानीका व्यावसायिक पत्रकारहरु छन् भन्ने कुरा सरकारले स्विकार्नु पर्छ । जसरी जनताले नेकपाको सरकारसँग अपेक्षा गर्छ त्यस्तै साना लगानीका पत्रिकाको हितमा राज्यसँग अपेक्षा गर्दा पत्रकारहरु दोषी हुँदैनन् । पार्टी र गुटगत संरचनाले पत्रकारहरु विभाजित हुँदा मालिक पत्रकारिताको व्यापार बढेको छ । व्यापार गर्ने प्रेस र व्यावसाय बचाउने प्रेस राज्यको नेतृत्वले छुट्टयाउन सक्नुपर्दछ । पत्रकार महासंघले जेष्ठ पत्रकार र सम्मान वृद्धिको थालनी २४औँ महाधिवेशनको नेतृत्वकालमा सुरु ग¥यो । २५औँ महाधिवेशनको नेतृत्वले कोभिड १९ को कारण देखाएर कल्याण कोषको ब्याजबाट दिइने सम्मान वृद्धि पनि दिएको छैन । यो नेतृत्वमा प्रेस युनियनको बाहुल्यता थियो । जेष्ठ पत्रकारको नाउँमा प्रेस स्वतन्त्रता सेनानी सम्मानको निम्ति पत्रकार छनोटको नाउँमा युनियन हाबी भएको भmल्को दिएको छ । आमपत्रकारहरुले पेसागत संस्थामा वाम प्रगतिशील शक्ति आउँदा गरेको काम र युनियनका नेतृत्वमा रहँदाको कामको अध्ययन गर्दा त्यो छर्लंग देखिन्छ । त्यहि कारण विभाजित भइनसकेको प्रेस संगठनको नेतृत्व गम्भीर हुन जरुरी छ । जहाँ ठूला जो सुकै हुन्छ खोजेर एकता भाँड्ने अब्बलक्रान्तिकारीहरुलाई हैसियतको ख्याल गर्नुपर्ने बाध्यता खडा होस् ।

Leave a Reply

Your email address will not be published.