दाइजो प्रथा, छारीलाई दाइजो होइन शिक्षा नै उत्तम

लेख

विवाहप्रश्चात आमाबुा (माइती पक्षले) आफ्नो छोरीलाई दिएको धन सम्पत्ति अथवा नगद र जिन्सी दिने प्रचलनलाई दाइजो प्रथा भनिन्छ भने मधेसमा दहेज) भनिन्छ । दाइजो प्रथा नेपालमा सर्वत्र रहेको पाइन्छ, देशभरि नै दाइजोप्रथाले भयानक अवस्था सिर्जना गरेको छ यो प्रथाले हाम्रो समाजमा दाइजो दिने र लिने चलन पुस्तौँदेखि चल्दै र चलिआएको छ । यहि प्रथाको कारण समाजमा थुप्रै सामाजिक विकृतिहरु निम्तिएका छन् । दाइजो पाइने आसमा कतिपय पुरुषहरु दोस्रो, तेस्रो विवाह गर्ने पनि गरेका छन् । भmनै कतिपय पुरुषले त दाइजो नल्याएको भन्दै श्रीमतीलाई गाली गर्ने कुटपिट गर्ने र घरबाटै निकाल्ने काम पनि गर्दै आएका छन् । यस विषयले तराई भेगमा बढी मात्रामा विकृति फैलिएको छ ।
एक दिनको कुरा हो म १२ कक्षाको परीक्षा दिएर घरमा बसिरहेकी थिएँ । मलाई घरको काम केही पनि गर्न आउँथेन । खाना पकाउने, लुगाधुने, आमालाई सघाउने सबै काम दिदीले गर्थिन् । र, एकदिन आमालाई भान्सामा सेलरोटी पकाउँदै गरेको देखेँ । अनि भान्सामा गएर आमालाई भनेँ, ‘आमा म पनि हजुरलाई रोटी बनाउन सघाउँछु अनि सिक्छु पनि,’ आमाले ‘हुन्छ’ भनिन् । उता कराईमा तेल तातिरहेको थियो, तेल तात्यो, मैले जानी नजानी सेलरोटी हालेँ तर तातो तेलमा पिठोसँगै पानी परेछ । तातो तेल पड्केर मेरो हातमा छुस्स पोल्यो मलाई सेलरोटी वनाउन सिकाइरहेकी मेरी आमा छिटो—छिटो घिउकुमारी लगाउन लागिन् । जाबो तातो तेल पड्केर अलिकति मेरो हात छुस्स पाृल्दा त आमाको मन यति दुख्छ भने विवाह गरेर पराई घर गएकी छोरीलाई सम्भmेर कति रोलिन् ? सम्बन्ध जोडिएको परिवारले दाइजो ल्याइन् भनेर जिउँदै जलाउँदा साँच्चै कस्तो हुन्छ होला ? त्यो जन्मदिने आमाबुबाको मन ? मैले सुनेको कुरा मेरी आमा ठूलीआमा अनि हजुर आमाले भन्थिन् । पहिले पहिले छोरीलाई स्कुल पठाउँदैनथे, घाँस दाउरा र घरको काम मात्र लगाउँथे । त्यतिबेला सम्पत्ति पनि भरपूर्ण भए तापनि छोरी पराई घर जाने हो, छोरीको सहजताका लागि भनेर पनि आमाबुबाले दाइजो दिन्थे रे । तर, अहिलेका छोरीहरु त पढे लेखेका छन् र आफनै खुट्टामा उभिन पनि सक्छन् । सबै शिक्षित पनि भएका छन् । अनि के आजको यो २१औँ शाताब्दीमा पनि दाइजो आवश्यक छ त ? हुने खाने परिवारले त स्वइच्छाले आफ्नो छोरीलाई दाइजो देलान् र दाइजो दिन पनि कुनै आपत्ति नहोला तर गरिब र निमुखा भएका व्यक्तिले भने के गर्ने ? मलाई लाग्छ, दाइजो करकाप र डरले दिइने होइन । यो त आफूसँग भएपछि आफ्नो छोरीलाई खुसीले दिइने कुरा हो । समाजको परम्परा र रितिरिवाजलाई पछयाउँदै जाँदा अन्य थुप्रै सामाजिक कुरितिहरु पनि छन् । शिक्षा नै यस्तो माध्यम हो । जसबाट समाजको परिवर्तन सम्भव छ र शिक्षाले नै यस्ता अन्धविश्वासले गाडेको प्रथा हाम्रो समाजबाट हटाउन सकिन्छ । यस्का लागि हामी महिलाहरु लागिपर्नु पर्छ ।
छोरीको शिक्षामा लगानी गरौँ । जति भोज खुवाए पनि जति महँगा महँगा दाइजो दिए पनि त्यो सबे क्षणिक मात्र हो तर छोरीलाई शिक्षित बनायो भने उनीले जीवनभर सुख पाउन सक्छिन् । आफ्नो स्वतन्त्रता र कमाइमा रमाउन सक्छिन् । आमा शिक्षित भइन् भने सन्तान आफैँ शिक्षित हुन्छन् र त्यो घरमा विश्वास र प्रेमको वातावरण पनि बन्न सक्छ । दाइजो दिएर आफैँ गर्व महसुस गर्नु गलत हुनेछ । र, दाइजो लिनेवाला पनि आफूलाई सम्मानित भएको नठान्दा हुन्छ, कुनै लक्ष्य नभएको प्रेम जित्न नसकेको आफैँमा विश्वस्त हुन नसकेको समाजमा बनाइएको अन्धविश्वास मात्र हो । यो दाइजो प्रथा यसरी लैंगिक समानताको बाटोमा हिँडेको समाजमा शिक्षित महिला दिदीबहिनी मात्र होइन, पढेका÷नपढेका धनी÷गरिब सबैजना मिलेर यसबारे आवाज उठाउन जरुरी छ । यसलाई पूर्ण रुपमा निर्मूल गर्न सबै मानिसलाई शिक्षा प्रदान गर्नुपर्छ । हुन त यसका लागि कानुन नभएको होइन र नेपालमा महिला उद्यमीहरु छन्, महिला राष्ट्रप्रमुख भएका छन् । महिला न्याय प्रमुख भएका थिए । संसदभित्र पनि महिला उपसभामुख बनेकी थिइन । कानुन मन्त्री पनि महिला बनेका छन् । महिला सांसदले यसबारे अवाज उठाउनुपर्छ । नेपालमा सबैभन्दा बढी ध्यान दिनुपर्ने महिलाहरुले शिक्षा हो । शिक्षा नै धन हो । शिक्षा भयो भने नै नेपाली महिला दिदीब हिनीहरुले राम्रो ज्ञान हासिल गर्न सक्छन् । महिलाले राम्रो पनि गरेका छन् र नराम्रो पनि गरेका छन् तर सबै महिला एकजुट भएर सीप सिकौँ र अरुलाई पनि सिकाऔँ, महिला भएर घमण्ड नगरौँ ।

Leave a Reply

Your email address will not be published.