कमजोर सहसचिवहरू प्रदेशमा

प्रशासन

सुरुमा रिटायर्ड हुन लागेका वा कमजोर कार्यसम्पादन भएका सहसचिवलाई प्रदेशमा पठाएका सरकारले अहिले क्षमतावान सहसचिवलाई प्रदेशमा पठाउन लागेको छ । हाल संघीय सरकारले सचिव हुन लागेका नम्बर लिनका लागि तथा अब्बल कार्यक्षमता भएका सहसचिवहरूलाई प्रदेशमा पठाएका पनि त्यहाँँका प्रदेशका मन्त्रीहरूले तिनीहरूलाई अनावश्यक तनाव दिने गरेका छन् । त्यसको पछिल्लो उदाहरण हो सबैभन्दा पिछडिएको कर्णाली प्रदेशभित्रको लुटतन्त्र र अन्य प्रदेशभन्दा डरलाग्दो अवस्थामा छ ।
त्यहाँको आन्तरिक मामिला मन्त्रालयमा कार्यालय सन्चालनका लागि जम्मा ५ लाख मात्र बजेट छुट्याइएको छ । तर, त्यहाँका मन्त्री दामोदर भण्डारीका लागि काजु र किसमिसकै लागि १४ लाखसम्मको बिल काटिएको भेटिएको छ । सो बिल त्यहाँका तत्कालीन सचिव विरेन्द्र यादववले तिरेनन् । उनी त्यहाँबाट दुई नम्बर प्रदेशमा सरुवा भए । मन्त्रीको मोजमस्ती बढेपछि उनै सचिवले बदमासी रोक्न कम बजेट माग्न थाले । त्यही पछि हो ५ लाख हाराहारीमात्र बजेट माग्न थालिएको हो । ‘नानीदेखि लागेको बानी सिस्नु पानी लगाएर कहाँ जाने ?’ भनेजस्तो सरकारी सम्पत्तिमा तर मार्न पाएका मन्त्रीको त्यो बानी बजेट कटौती हुँदा पनि गएन् ।
काजु किसमिस मात्र होइन पछि त खसी काटेको बिलसमेत मुख्यमन्त्री कार्यलयबाट तिर्न लगाउन थालियो । एकै पटक ४८ हजारको खसी काटेको बिल मुख्यमन्त्री कार्यलयबाट तिरिएको छ । विरेन्द्रपछि त्यहाँ शोभाकान्त पौडेल पुगे । उनी पनि मन्त्रीको व्यवहारबाट हत्तु । कार्यक्षमतामा अब्बल, मिजासिलो, शीर्षस्थ नेताहरूसँग राम्रो सम्बन्ध भएका शोभाकान्त उद्योग मन्त्रालयमा हुँदा तत्कालीन मन्त्री मातृका यादव दिल खोलेर शोभाकान्तको प्रशंसा गर्दथें । मन्त्री भण्डारी सचिवसँग हार खाए ।
यता दुई नम्बर प्रदेशमा सभामुख सरोजकुमार यादवको बारेमा अघिल्लो आइतबार सिंहदरबारस्थित जसपाको संसदीय दलको बैठकमा सो पार्टीसँग सक्रिय भएर लागेका कार्यकर्ताहरूले चियागफमा चर्चा चलाए कि त्यहाँको सभामुखको सान राष्ट्रपति बराबर हो, केन्द्रको उद्योग राज्यमन्त्री हुँदा झण्डै हल्लाएर भट्टी धाउने उनको त्यो बानी अहिले पनि उस्तै छ । अहिले त्यहाँका आर्थिक मामिलामन्त्री विजयकुमार यादवसँग दोस्ती संविधानसभा हुँदैदेखि थियो । अहिले सभामुख र मन्त्रीसँगै दारुपानी खान्छन् । र जति बिल उठ्छ सबै विजयलाई तिर्न लगाउने । यी कतिसम्म दिलदार भने जति बाहिरबाट मान्छे आउँछन् सबैलाई खुवाउने, पियाउने ।
उता, मुख्यमन्त्री लालबाबु राउतका विश्वासपात्र सामाजिक विकासमन्त्री नवलकिशोर शाह र उद्योगमन्त्री रामनरेश राय पनि मुख्यमन्त्रीकै निर्देशनमा बसेर काम गर्दछन् । तर, कमिसन बिना कामै नगर्ने गुनासो बढ्न थालेको छ । यही कारण रामनरेशसँग त्यहाँँका सचिव रामचन्द्र कँडेलसँग कुरा मिलिरहेको छैन । उनी मन्त्रीको उठ्ती–पुठ्ती धन्दामा सहयोग नगर्ने स्वभावका भएका कारण मन्त्रालयको बजेट फ्रिज हुँदै आएको छ । यो भन्दा अघि त्यहाँ डा प्रेमनारायण कँडेल सचिव थिए उनी बढुवा भएर अहिले पशुपन्छी सचिव छन् । त्यहाँ रहँदा कमिसनको चक्करमा मन्त्रीलाई सहयोग गरेनन् । रामनरेशका छोरा चाहिँ ठाउँ ठाउँबाट रकम असुली धन्दा चलाउँदै आएका छन् ।
उता, मुख्यमन्त्री लालबाबु राउतसँग जितेन्द्र सोनल र विजय यादवको औपचारिक सम्बन्ध मात्र छ । उनीहरूले मुख्यमन्त्रीलाई नटेर्ने गरेको सुनिन्छ । अहिले रामनरेशले महेन्द्र राय, जितेन्द्रले महन्थ ठाकुरलाई र नवलकिशोर साहले राजेन्द्र महतोलाई त्यहाँबाट असुली गरी नजराना बुझाउँदै आएका चर्चा छ । सोहीवापत उनीहरू प्रदेश सरकारमा टिकिरहन पाएका छन् । यो खेलोफड्कोमा सबैभन्दा अघि जितेन्द्र सोनल छन् ।

Leave a Reply

Your email address will not be published.