पत्रकार महासंघमा गैर पत्रकार हाबी

विविध

नेपाल पत्रकार महासंघको २६ औँ साधारण सभासँगै पत्रकारहरू नेता बन्नका लागि लर्को लागिरहेका छन् । पत्रकारहरू भनेका समाजका आँखा हुन् । तर, पत्रकारको नाममा विकृति फैलाउनेहरू पेसा–व्यवसायीलाई धरासायी बनाउन लागि परेका छन् ।
पत्रकारिता भनेको के हो भन्ने जानकारी समेत नहुनेहरू भट्टीमा गएर जाँड खाने पेसा– व्यवसायी भन्दा नेताको पछि लागेर पत्रकारको नेता बन्न कसरत गरिरहेका छन् । पत्रकारको नेता बन्नुभन्दा राजनीतिक दलको नेता बन्ने र पत्रकारहरूको नाम भँजाएर खाने चलन लामो समयदेखि नै चल्दै आएको छ । पत्रकार महासंघको सदस्यता वितरण गर्दा कुनै पनि मापदण्ड नचाहिँने, राजनीतिक दलको सदस्य भए हुने भएकाले गैर पत्रकारहरूको संख्या बढी छ । त्यसैले पछिल्लो समय सात वटै प्रदेशहरूमा गैर पत्रकारहरूको संख्या हाबी हुँदै भएको छ ।
वास्तवमा भन्नुपर्दा पत्रकार र पत्रकारिता गर्नेहरू धरासायी बनेका छन् । आजको यो युगमा पत्रकारहरूको कुनै इज्जत र सम्मान छैन । जोसुकै जस्तोसुकै व्यक्ति पनि पत्रकार बन्ने गरेका छन् । यो रोग नेपाल पत्रकार महासंघमा मात्र होइन राजनीतिक दलका मन्त्री संघगनमा पनि चल्ने गरेका छन् । चाहँे त्यो पत्रकार महासंघ जस्तै पेसा व्यवसायी गर्नेहरूले समेत आफनो पहिचान गुमाएका छन् । यस्तो रोग आम व्यापारी–व्यवसायी गर्ने देखि छाता संगठनहरूमा समेत हुने गरेको छ । पेसा–व्यवसायी गर्नेभन्दा बाहिरका विचौलियाको राज चल्ने गरेको छ । चाहेँ त्यो पत्रकार किन नहोस्, चाहेँ नेपाल निर्माण व्यवसायी संघ, उद्योग वाणिज्य महासंघ, पर्यटन क्षेत्रदेखि बार एसोसियनमा पनि वकिलहरूको भन्दा गैर वकिलहरूको जमात धेरै देखिन्छ ।
यस्तै निर्माण व्यवसायी संघको पनि यस्तै हालत छ । उद्योग व्यवसायी गर्नेहरूको भन्दा पनि गैर व्यवसायीहरूको संख्या बढी हुने गरेको उद्योग वाणिज्य महासंघकै सदस्यहरूले बताउने गरेका छन् । अन्य क्षेत्रहरूमा पनि हालत यस्तै छ । आफ्नो पेसा व्यवसायी भन्दा पनि गैर व्यक्ति हाबी भएका छन् । यसको नियन्त्रण कस्ले गर्ने ? नेपाल पत्रकार महासंघ जस्तै अरु क्षेत्रहरूलाई पनि तहसनहस बनाउने काम पत्रकारहरूले आज आफैँले गर्दै आएका छन् । यसरी पत्रकारहरूले नै गैर पत्रकारहरूलाई सदस्य बनाएर गल्ती गर्दै आएका छन् । र पेसा–व्यवसाय गर्ने र वास्तविक पत्रकारहरू पलायन हुँदै गएका छन् ।
पत्रकारिता क्षेत्र भनेको राज्यको चौँथो अंग हो । पत्रकारहरूले समाजका लागि विश्वसनीय सूचना प्रवाह गर्नुपर्नेमा गैर पत्रकारहरू हाबी हुँदा वास्तविक पत्रकारहरूले आफ्नो मूल्य चुकाउनु परेको छ । यसरी हेर्दा अब पत्रकार महासंघ केही वर्षपछि पत्रकाहरूको महासंघका रूपमा नरहने अवस्थामा देखिन्छ । यसरी हेर्दा आम पत्रकारहरू एकजुट भएर पत्रकारिता नै पेसा–व्यवसाय गर्नेहरूले पनि ध्यान दिनुपर्ने देखिन्छ ।
विगतका नेतृत्वबाट वास्तविक पत्रकार होइन, आफ्नो छोराछोरी, श्रीमती, नातागोतालगायतलाई सदस्यता दिएर नेता बन्ने होडबाजी चल्ने गरेको छ । यसरी यो स्थितिमा आम पत्रकारहरू सजग भएर पेसा–व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउनुपर्ने देखिन्छ । कता–कता हामीले सुन्दै आएका छौँ कि पत्रकारहरूले सदस्यता वितरण गर्दा एक व्यक्ति बराबर चार हजार रुपियाँ लिने र सूचना विभागको प्रेस पास दिएबापत अन्य व्यवसाय गर्नेले पनि पैसा दिएर सूचना विभागको कार्ड लिने–दिने गरेका छन् । कसैले कागजको ठेक्का लिने–दिने कसैले प्रेसको ठेक्का लिने–दिने कसैले प्रेस पास लिने र पत्रकारहरूले दिने गरेका छन् । यसरी दिदाँखेरी आम पत्रकारहरू मर्माहित भएका छन् । यसको रोकथाम कस्ले गर्ने ? यसरी यस्तै प्रकृया चलिरह्यो भने भविष्यमा पत्रकारहरूको इज्जत नै कहाँ रहन्छ ? हुन त रहेको पनि छैन । नेपालमा पत्रकार बन्ने र पेसा–व्यवसाय अर्को गर्ने देखिएकै हो । पत्रकारको परिचय पत्र लिएर केहीले गाडी चालक बन्ने त कोही व्यापारमा लाग्ने । कतिले हामी पनि पत्रकार हौँ, भन्दै फलानो–चिलानो हँु भन्दै खल्तीबाट प्रेस कार्ड देखाउने गरेको देखिन्छ । त्यसरी पत्रकारिता गर्छौँ भन्नेहरूले खासमा पत्रकारिता गरेको हँुदैनन् । नेपाल बन्दका बेला पत्रकारको कार्ड देखायो, कोरोना रोग आयो, महाभूकम्प गएको बेलामा समेत पत्रकारको प्रेस कार्ड र प्रेस ज्याकेट लगाएर घुम्छन् । वास्तविक पत्रकार हो कि होइन ? कुन पत्रिकाको समाचारदाता हो, होइन कसैलाई कुनै जानकारी छैन । भट्टीपसल गयो, सेमिनार गयो, म पत्रकार हुँ भन्यो तर, कुन पत्रिका कुन संस्था थाहा छैन । खाली पत्रकारको रातो कार्ड र सदस्यता कार्ड देखायो कसैलाई कही जानकारी छैन । यस्को नियन्त्रण कसले गर्ने ? धिक्कार छ यो देख्दाखेरी हामी कसरी पत्रकार बन्ने ।

Leave a Reply

Your email address will not be published.