वनजंगल कसले गर्छ निगरानी

समाचार

काठमाडौं– पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको घनाघोर जंगल भरिएको नेपाल हो । विश्वको दाँजोमा हाम्रो नेपाल वनजंगलले भरिपूर्ण भएको भनिन्छ । ‘हरियो वन नेपालको धन’ भनेर त्यसै भनेको पनि होइन । नेपाल गरिब देश भएता पनि वनजंगल भएर धनी देश हो नेपालमा ठूला–ठूला जंगलहरू छन् । जंगल भएकै कारणले नेपाल प्राकृतिक रूपले धनी र सुन्दर देखिन्छ । वनजंगलबाट हामीलाई धेरै कुरामा फाइदा पनि हुने गरेको छ । खाना पकाउनको लागि दाउरा, किसानहरूको लागि पशुआहाराको लागि जंगलबाट नै प्रदान गर्न सक्छौँ । तर, हेर्दाहेर्दै हिजोआज जनसख्याको वृद्धिसँगै वन विनास दिनदिनै भइरहेको छ ।
मानिसहरूकै कारणले जंगल मासिँदै गएको छ । स्वच्छ वातावरण मानिसको लागि खुसीसाथ जीउने अति आवश्यक आधार हो । वनजंगल विनासको कारण सम्पूर्ण जीवजन्तुदेखि लिएर मानव जातिलाई समेत असर गर्दछ । नेपालमा भएका जीवजन्तुहरू र वनजंगल जोगाउन सक्नु नै हाम्रो सफलता र प्रगतिको बाटो हो । जंगल वन्यजन्तुको आरक्षणस्थल हो भने सास फेर्न मान्छेका लागि आवश्यक अक्सिजनको स्रोत पनि हो । तर, वनजंगलको रेखदेखमा कुनै अनुसन्धान छैन । विदेशीहरूले नेपालको हरियो वनमाथि आँखा लगाएका छन् । वनबाट प्राप्त हुने आम्दानीको स्रोत राज्यले व्यवस्थापन गर्न सकेको छैन । विभिन्न भागमा रहेको ठूला–ठूला जंगलहरूमा तस्करी भइरहेका छन् । तर, पनि यसबारे कसैले ध्यान दिएको देखिँदैन । यसको रोकथाम कसैले गर्न सकेको छैन ।
वन मन्त्रालयअन्तर्गत पर्ने सातवटै प्रदेशहरूमा रेन्जर तथा वन माफियासँगको मिलेमतोमा काठ तस्करहरूले रातारात वन फडानी गरिरहेका छन् । तर, पनि त्यसको अनुगमन छैन । नेपालमा सरकारले खटाएको वनपाले पनि गाउँपालिका, प्रदेशका विचौलियाँहरूसँग मिलेर घाँस, दाउरा, काठदेखि ठूला–ठूला मुढाहरू चोरीको मेसो मिलाउने काममा नै व्यस्त छ । वनकै कर्मचारी र वनपालेहरूले वन सम्पदाको विनास गर्दै आएका छन् । तर, यस विषयमा कसैलाई कुनै चासो छैन, कुनै वास्ता छैन । न त यस िवषयमा कुनै पत्रकारहरूले आवाज उठाउछन्, नत नागरिक अगुवाहरूले नै अवाज उठाउन सक्छन् । अभmैँ भन्ने हो भने उल्टै चोरी निकासी बढ्दै गएको छ । विभिन्न घनघोर जंगलमा गएर तस्करहरूले कालिज, हरिण, चित्तल, बँदेलहरू मार्ने र मासु बिक्री वितरण गर्ने र गैडालाई मारेर गैडाको खाग बिक्री वितरण गर्ने र चित्तलका सिंगहरू, बाघका छालाहरू तस्करहरूले तस्करी गर्दै आएका छन् । यो कुरा हामीले समाचारहरूमा सुन्दै र हेर्दै आएका छौँ । तर, यस विषयमा कुनै पनि सुरक्षा निकायले जिल्लाहरूमा अनुगमन र यसको जवाफ दिनसकेका छैनन ।
राज्यले वनबाट अधिकतम् लाभ लिने गरी कानुन, नीति निर्माण गर्ने हो भने धेरै ठूलो आम्दानीको स्रोत बन्ने थियो । तर, नेपालमा राजनीतिक कारणले गर्दा स्थायी सरकार बन्न सकेको छैन । स्थायी सरकार नहुँदा सरकार र यसका अंगहरू वन संरक्षणमा सफल हुन सकेका छैनन् । बल्ल–बल्ल कम्युनिस्ट पार्टी मिलेर ल्याएको बहुमत पनि अहिले विभाजन भएर नेपालको राजनीतिक क्षेत्र नै उथलपुथल भएको छ । खाली राजनीतिक दलहरूका नेताहरू विकासभन्दा फोहोरी राजनीतिक खेलमा नै व्यस्त छन् । सरकार बनाउने र गिराउने खेलमा प्रायः सबै ठूला दलका नेताहरू लागिपरेका छन् । नेताहरूको पछि–पछि लाग्ने पत्रकार भनौदाहरूले नेताहरूको खुबै गुनगान गाउने र देश जनताको बारेमा कुनै पनि सही–सत्य समाचारहरू प्रकाशन गर्न सकेका छैनन् । खाली राजनीतिक दलको भजनकिर्तन गाउने र नेताको पछि–पछि हिँड्ने, पत्रकारको खोल ओढी कमाउ धन्दामा रमाउने र नेताहरूलाई कुन पत्रकारले के भन्छ त्यसको कुरा नेताकोमा पु¥याउने, नेताको वरिपरि रमाउने जस्ता काम पत्रकारहरूले गर्दै आएका छन् । यसैको परिणाम अहिले पत्रकारका नेता र पत्रकार वर्गले भोग्दै आएका छन् ।
पहिलेका तत्कालीन मन्त्रीदेखि हालका वनमन्त्रीसम्मले नेपालको घनाजंगलको हेरचाह र रेखदेख र अन्य कानुनी अवधारणाहरू ल्याउन सकेका छैनन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म वनजंगल हाम्रो साभmा चौतारी हो र अहिले अधिकांश सामुदायिक वनहरू भएता पनि यसको उचित मूल्यांकन गर्न कसैले पनि सकेका छैनन् । भन्नको लागि सामुदायिक वन भन्ने गर्छन्, तर वनको रेखदेख कानुन, विधी र प्रक्रियासम्मत गर्दैनन् । जसका कारण उपभोक्ताले वन जंगलबाट लिनसक्ने फाइदाहरूसमेत लिन सकेका छैनन् । अहिले हेर्ने हो भने दुनियाँमा सबै खालका बिमाको चलन चलेको छ । बिमाहरू पनि गरिराखेका छन् । बाली बिमाको प्रचलन छ । तर, वनको बिमाको बारेमा कसैले पनि कुनै आवाज उठाएको छैन ।
विभिन्न राजनीतिक दलका ठूला नेता र कर्मचारीहरूले भागभण्डा गरेर सामुदायिक वनको पदाधिकारीहरू बन्न होडबाजी चल्ने गरेको छ । खाली पद भजाउँनका लागि सामुदायिक वनमा पनि उपल्लो तहका व्यक्तिहरू हाबी हुने गरेका छन् । अहिले गर्मीको मौसममा जताततै डढेलो लागेर जनधनको क्षति भएको छ । बाघ, भालु, घोरल, चितुवा, कस्तूरी, हात्ती, गैँडा, चितुवाजस्ता वन्यजन्तुहरू पनि डढेलोको कारण मारिएका छन् । यसरी विलाप हुँदै गएका छन् हाम्रा नेपालका वन्यजन्तुहरू । तर, यस विषयमा कसैलाई कुनै चासो छैन । यसबारे कसैको ध्यान नै छैन । यस विषयमा कसैले कुनै आवाज उठाएका छैनन् । न त कुनै राजनीतिक दल, न त वन मन्त्रालयका मन्त्री तथा कर्मचारीहरूले नै यस विषयमा ध्यान दिएका छन् ।
नेपालको भू–बनावटअनुसार वनजंगल भयो भने बाढी पहिरोबाट बच्न सकिन्छ । जंगलले बाढीपहिरोजस्ता विनासको रोकथाम गर्नसक्छ । पछिल्लो समय देशभरका सामुलायिक वनहरूमा आगलागी भइरहेको छ । आगलागिको कारण उपभोक्तालाई यस विषयमा सचेत नबनाइएकोले हो । उपभोक्ता समूहहरूले डढेलो लाग्नु भन्दा पहिले अपनाउनु पर्ने उपायहरूका बारेमा उपभोक्तालाई नसिकाएकोले जतातै हिजोआज वनमा डढेलो लागेको हो । यसको असरले वायु प्रदुषण बढेको छ । वायुप्रदुषणका कारण नेपालका विभिन्न भू–भागदेखि सहरको घना बस्तीसम्म बुढाबुढीदेखि लिएर बालबालिका र नव जवानसम्मका सबैलाई आँखा पोल्ने, स्वास फेर्न गाह्रो हुनेजस्ता समस्याले सताइरहेको छ ।
वन विनासका सन्दर्भमा आम नेपाली जनता निरास भएको अवस्था छ । बेलैमा वन विनास रोक्न होसियार हुने र वनको रेखदेख गर्ने वनमन्त्री र सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published.