भत्केको बनाउन आधादर्जन जुक्ति

राजनीति

काठमाडौं । अनुशासन मान्ने पार्टीलाई सामूहिकतामा नचलाई कम्युनिस्टहरू गुटबन्दीमा रमाउँदा ध्वंस निम्त्यायो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विधान मिचेर र निर्वाचित केन्द्रीय समिति भंग गर्दा अनुशासित नै छैन । प्रधानमन्त्रीले सरकारको स्तरबाट गरेका कुनै पनि निर्णयमा पार्टी र नेताको बीचमा छलफलसम्म गराएनन् । ओलीको सेटिङमा सर्वोच्चले नेकपा अदालतले विभाजन ग¥यो । सरकार अल्पमतमा पुग्यो ।
एकीकत पार्टी फुटाउन ओलीकै इसारामा के–के भए । ईश्वर पोखरेलेहरूले पार्टीको सिद्धान्त २१ औँ शताब्दीको जनवाद लत्याउँदै लुटि खाने जनताको बहुदलीय जनवादकै सार्थकता छ भन्न थाले । महासचिवबाट हटेपछि उनलाई स्कुल विभाग प्रमुख बनाइयो । एकताको तीन वर्ष त्यो विभागले कुनै प्रशिक्षण, भेला गरेन । एकता प्रक्रियाकै पदीय भागवण्डा मिलाइएको थिएन । लडाइँ निरन्तर भागवण्डामा भयो । सत्ता स्वार्थ प्रधान भयो । पार्टी विधि, प्रक्रिया लागू गर्ने अध्यक्षको नाताले ओलीले हो । वरिष्ठ नेताहरूले कार्यान्वयन गर्न लगाउने हो । तर, एमालेमा त्यो छैन । अहिले पनि जसले एमाले बनाए उनीहरू खेदिए । जो एमालेको खेतीबाट करोडपति भएका छन्, उनीहरू भान्से भएका छन् । एमाले एनजिओ र आइएनजिओमा रमाउने पार्टी थियो । त्यो पार्टीबाट देशको सूचना सिआइएसम्म पु¥याउने इन्सेक, एडभोकेसी फोरमका सञ्चालक प्रधानमन्त्री ओली भएका छन् ।
कम्युनिस्ट पार्टीलाई जनताले दिएको बहुमतको संरक्षण भएन । सरकार पार्टीको सिद्धान्त र नीतिमा चलेन पार्टीमा त्याग बलिदान गरेकाभन्दा भ्रष्ट र तस्करहरूले ठाउँ पाए । मानव तस्करदेखि सीमामा सक्रिय तस्करसम्मले एमालेमा स्थान पाए । उनीहरू नै ओली गुटको संरक्षण गर्न पुगेका छन् । ओली समूहले गरेका गल्तीले पार्टी मानसिकतामा टुक्रियो । राष्ट्रियसभा सदस्यको एमाले उम्मेदवारहरू पराजित भए । सूर्य चिन्ह लिएर मात्र चुनाव जितिदो रहेनछ भन्ने पनि देखियो । माओवादी छाडेर एमाले भएका रामबहादुर थापा र चन्द्र खड्का ढाक्रे भए ।
आखिर एमालेमा अहिले विचारको बहस छैन । पदीय स्वार्थको झगडा सुरुदेखि नै छ । जनताले नपत्याए पनि जस्केलाबाट प्रवेश गरी प्रधानबन्त्री बनेका नेता त्यही छन् । चुनाव हारे पनि संसद बनेका वरिष्ठ उपाध्यक्ष त्यही छन् । पार्टीको पदीय मर्यादा हेरिन्थ्यो भने ओली संसदीय दलको नेता वामदेव उपनेता हुनुपथ्र्यो । तर, ओलीले सुभासचन्द्र नेम्वाङलाई उपनेता बनाए । नेवाङले पनि आफूभन्दा वामदेव वरिष्ठ हुन् भन्ने ख्याल गरेनन् । त्यही कारण प्रदीप नेपालहरू पाखा लागेका छन् । पुराना थन्किए नयाँ मौलाए अहिले एकताका छ सुत्र ल्याइएको छ । यतिखेर देशका सबै दलहरूले अराजक शैली चम्काएका छन् । ठूला, साना सबै दल कम्पनी बनेका छन् । त्यहाँ भेला तथा बैठकमा सिद्धान्त, नीति, पद्दतिको बारेमा बहस हुँदैन । सत्ताको आडमा अवैधानिक काम गर्ने, कमाउने प्रतिस्पर्धा भएपछि अराजकता बढ्छ । अहिले भएको त्यही हो ।
एमालेमा ओलीवाद माओवादीमा प्रचण्डवाद मौलाएको धेरै भयो । जब मन्त्री बन्दा व्यक्ति हेरियो नेताको नाम जोडियो, विग्रह त्यहीबाट सुरु भयो । अब पछुतो मानेर हुँदैन । जनताले दिएको त्यो विश्वास फर्केर आउन कठिन छ । कम्युनिस्टहरू देशभक्त, प्रगतिशील हुन्छन् भन्ने आम धारणा छ । अबका दिनमा नेकपा एमाले मात्र मात्र होइन माओवादी, मसाल, नेमकिपा पनि प्राइभेट कम्पनी भएका छन् । जहाँ नाफा नोक्सानको लेखापढी हुन्छ । त्यहाँ राष्ट्रवाद जोगिँदैन । आफू चुनावमा जित्न केपी ओली राष्ट्रवादी भए, भारतले मिचेको भूभाग फिर्ता ल्याउन कोलाहल गरे । संसदको दबाब, जनताको मागअनुसार ल्याइएको चुच्चे नक्सा भारतले स्वीकारेन । त्यो विषय अहिले मौन छ । नेकपा एमाले विभाजित होस् कसैले भन्दैन । एकता जरुरी छ । ओलीको राष्ट्रवाद त्यही थलियो ।
पछिल्लो समय आफ्नै पार्टीभित्र मिल्न र मिलाउन नसकेका अध्यक्ष ओलीले भत्केको पार्टी लिएर कसरी चुनाव जित्छन्, जबकी उनले तीन वर्षसम्म बजेट ल्याउँदा कहिल्यै चुनाव घोषणा पत्रको कबोल पूरा गरेनन् । यसपटक आएको बजेट पहिलो वर्ष ल्याएको भए त्यसको कार्यान्वयन हुँदै जान्थ्यो । रेल र पानी जहाजका कुरा अहिले हराएका छन् । रेल किनेर त्रिपाल ओढाएर राखियो । रेल कम्पनी खडा छ, तर त्यसले काम गरेको छैन । देशको राष्ट्रिय अस्मितामाथि प्रहार भएको छ । सरकार व्यापारघाटा घटाउन चुरे दोहोनको नीति अबलम्बन गर्दैछ । कम्युनिस्ट पार्टीले जनताको स्वार्थ हेर्नुपर्ने थियो । तर, विचौलिया र दलालको स्वार्थमा निर्णय भएका छन् । अराजकताको भण्डार नेता भएका छन् । कार्यकर्तालाई दोष छैन ।

Leave a Reply

Your email address will not be published.