पार्टी अध्यक्ष नबन्ने भएपछि दिए भीम रावलले राजीनामा

राजनीति

काठमाडौं । नेकपा एमालेको आफ्नै पार्टी भुँइ न भाडाको हुँदा बहुमत प्राप्त सरकार गिराउनु प¥यो । नेकपा एमाले १२१, माओवादी ४९, मसाल १ र स्वतन्त्र १ गरी १७२ जनाको टिम सरकारमा थियो । पार्टी विभाजन अदालतको प्रक्रियाले गरेको थियो माओवादी त्यागेर एमाले ओली पक्ष बनेका माधव नेपालविरुद्ध लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीमध्येका चार जना संघीय संसद नै बसेका थिए । ओली सरकारको घमण्डी प्रवृत्ति केन्द्रित हुँदैनथ्यो भने माधव, झलनाथ खनालले एमाले २०७५ जेठ २ कै अवस्थामा हुनुपर्छ भन्ने आवाज उठाउने पर्ने थिएन । ओलीले राखेका सल्लाहकारहरूको छुद्रता र विचौलियाको घमण्ड ईश्वर पोखरेलको रोइलो एमालेकै लागि फाप्ने अवस्था थिएन । भर्खरका चल्ला सूर्य थापाजस्ताले माधव झलनाथ, वामदेवलाई कम्युनिस्ट पार्टीको सिद्धान्त आर्दशको रूपमा गुटवाद चलाए भने पार्टी नेतृत्व उनीहरूले गरेनन्, गुटबन्दीको घेराउ तोडेनन् ।
‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ भनेको यही हो । ओल सरकार जसरी पनि सत्ता र शक्तिको दुरुपयोग गर्न तयार भए । यसले मर्यादा राखेन समावेशिता गणतन्त्र नपचाएका केपी ओलीले ४१ महिनामा जनतालाई ठूलै आसा देखाए । तर, व्यवहार गुटवाद, नातावाद र झापावाद तर्फ केन्द्रित गरे । सूर्य थापाजस्तो व्यक्ति प्रेस सल्लाहकार राखेका ओलीलाई डा. कुन्दन अर्यालजस्ता व्यक्ति फापेन । प्रेस चौतारीलाई पत्रकारको संस्था ठानेन् । ईश्वर पोखरेलले मच्चाएको भ्रष्टाचार मोती दुगडले सिध्याए । राजस्वले छल्दा मुख बन्द गर्ने एमाले पत्रकारिता, कार्यकर्ताले खोजेका थिए । एमालेका कति नेता घमण्डी भए त्यसको जड अरु थिएनन् । ओलीले माधव नेपाल महासचिव भएका बेला पेल्थे । कामभन्दा गुट बनाउथे । प्रदिप नेपालहरू स्यावास भन्न रचाउने । के जब एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापति पद हात पारे । त्यो पदमा जाने रहर गरेका प्रदीपलाई छेकेर ओलीले सुभास नेम्वाङलाई पठाए त्यसपछि प्रदीपले ओलीको गुटबन्दीबाट बिदा लिएको विगतको अवस्था छ । प्रदीप नेपालले सरकारमा बस्दा र मौका पाउँदा राम्रै गरे । ईश्वर पोखरेलजस्तो बदनाम भएनन् । ओलीको लागि बदनाम पात्र प्यारा छन् ।
पछिल्लो पटक ओली संसदीय दलको नेता सुभास, उपनेता विशाल भट्टराई, मुख्य सचेतक छन् । पार्टीको गुटबन्दी संसदीय दलमा पनि छ । सुरेन्द्र पाण्डे, भीम रावल, गोकर्ण विष्टहरूले भट्टराईले प्रमुख सचेतक बन्दा केपी ओलीको विरोध गर्नुप¥यो । कि उनीहरू एमाले होइनन् भन्न सक्छन् । ‘अति भएपछि खति हुन्छ’ भन्ने उखान भएको छ । माओवादी मिलाएर नै एमाले १२१ सांसदको धनी भयो । एमालेको साथले माओवादीले ५६ जना सांसद जितेको थियो । नेकपा बनेर १७७ सांसद थिए । १० थप्दा दुई तिहाइ पुग्थ्यो । उपेन्द्र यादव १७ सांसद लिएर ओली सरकारमा आएपछि अपमानले डेढ वर्षमा सरकार छाड्नु प¥यो ।
‘प्रचण्डले पाँच वर्ष प्रधानमन्त्री बन्नुस् मलाई पार्टी चलाउन दिनुस’भन्दा नलिने दुष्टले एमालेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई कति खेलाए ? आखिर उनकै गुटका ९ जना सांसद देउवा पक्षमा मत दिन पुगे । माधवका २३ जनाको विद्रोहको समयमा सम्बोधन गरेको भए १२१ बाट ८३ मतको ठेकेदार बन्न किन पथ्र्यो । चेत अझैँ आएको छैन । विचौलियाको उक्साहटमा चल्दा यस्तै हुन्छ ।

 

Leave a Reply

Your email address will not be published.