जनताको पैसामा राज गर्ने सहकारी बैंक

बैंक

काठमाडौं । उपत्यकाको घनावस्तीसँगै देशका विभिन्न कुना–काप्चासम्म च्याउसरी खोलिएका सहकारी संस्थान, बैंकहरूले नेपाली जनालाई ठगिरहेका छन् । अर्थमन्त्रालय, राष्ट्रबैंकबाट स्वीकृतित लिएर सञ्चालन भएको बहाना पारी सञ्चालन नगरिएको छ । फाइनान्सले कति मापदण्डको पालना गरेका छन्, बैंक तथा वित्तीय संस्थाले के कस्तो ऐन कानुन बनाएका छन् ? यसको परिपालना कसरी गरिएको छ ? यसबारेमा न राष्ट्र बैंकले अनुगमन गरेको छ । न अर्थ मन्त्रालयले गरेको छ । खाली हचुवाको भरमा सञ्चालन गरिराखेका छन् । यसरी बैंक तथा फाइनान्सले केही न केही मापदण्ड बनाएका होलान्, तर यसको परिपालना गरिएको छैन । सहकारी र फाइनान्सले नेपालका विभिन्न स्थानमा छरिएर रहेका आम सर्वसाधरण जनताबाट सञ्चालित गरिएको रकम फाइनान्समै जम्मा गर्न लगाउने र सो जम्मा भएको रकम आफूलाई चाहिँदा निकाल्न सकियोस र खाँचो टरोस् भनी कतिपय नेपाली जनताले जम्मा गरिराखेका हुन्छन्, तर जब जम्मा गरेको पैसा निकाल्न जाँदा कतिपैसा जम्मा भएको छ कति चाहिने हो ? के राख्ने धितो भन्दै सोध्न थालिन्छ । आफूले राखेको रकमको ब्याज चाहिँ १० देखि १५ प्रतिशतमा बल्ल–तल्ल पाइन्छ । उनीहरूले चाहिँ २२ देखि २८ प्रतिशत ब्याजमा ऋण दिने गरेका छन् । ऋण पनि के काम र के को लागि भनी तीनपूस्ते खुलाएर लिनुपर्छ । तीनपूस्ते खुलाएपछि घर जग्गा अथवा के राख्ने हो यसको जमानी को व्यक्ति राख्ने हो भन्ने बैंकमा भेला गर्नुपर्छ । बैंकको जस्तै धितो र जमानी राखेर ऋण दिने चलन फाइनान्स कम्पनीले अनुशरण गरेका छन् । बं.कले ऋण दिनुभन्दा पहिला बंैक म्यानेजरले कति कमिशन आउने, कति महिनाको लागि हो, ऋण दिए महिनाको कति कमिशन आउँछ, ऋण नउठेमा कसरी उठाउँने, पावरमा छ कि के छ ? पावर वाला छ भने यसको आए व्याजको मुल्यांकन गरी ऋण दिने चलन छ । यदि पावर नभएका व्यक्तिले ऋण उठाउन नसकिएको खण्डमा बाउन्सर प्रयोग गरी अपहरण शैलीमा यो हाम्रो पैसा कति महिनामा बुझाउने भन्दै ऋण लिँदा राखिएको घर अथवा जग्गा धितो राखेपछि सहकारीले खाने गरेको छ । अनि गरिबका छोराछोरी सडकमा आउने गरेका छन् । सहकारी र बैंकमा शेरधनी सबै सञ्चालक समितिका आफन्त नातागोताले भरिएका हुन्छ, तर आम नेपालीले खाई नखाई जम्मा गरेको पैसाले सञ्चालक समितिका सदस्य चाहिँ मालामाल हुने, दिनको सय÷पचास राखेर आफ्नो गुजारा चलाउने चाहिँ सधै सडकमा रहने गरेका छन् ।
खासगरी सर्वसाधारणले जम्मा गरेको पैसामा सञ्चालन समितिले पिकनिक भोज,भतेर गर्नेदेखि लगानी जम्मा गर्ने गरेका छन् । आम सर्वसाधारण व्यक्तिको उपस्थिति न्यून रहेको देखिन्छ । बैंक र फाइनान्सले सिधा जनतालाई फसाउने गरेको छ । अधिकांश बैंक, फाइनान्स कम्पनीले आम सार्वसारधाण नेपाली जनताको रकम जम्मा गरी मुद्दती खातामा १०÷१२ वर्षमा राख्ने, सञ्चालक मात्र छानी हुने प्रथा चलेको छ । सर्वसाधरण जनताले आफ्नो पैसा निकाल्न २० देखि एक महिनासम्म धाउनुपर्छ कसै कसै व्यापारीले प्रत्येक दिन एक सयदेखि २० हजारसम्म जम्मा गरिएका हुन्छ । तर ति व्यापारीले व्याज पाएका छैन, पाउनेवाला पनि छैन उल्टो आफूलाई चाहिने बेलनमा २५ देख ि२६ प्रतिशत व्याज तिर्नु परेको हुन्छ । हामी तिरेको ब्याजको ब्याज ऋणलाई तिन बाध्य पारिन्छ खासगरी ऋण लिँदा सेवा सुल्क तिर्नु पर्ने त्यसपछि व्याज पनि महिना दिन अगाडि तिर्नु पर्ने चलन छ । यदी समाय ब्याज नतिरेमा हजाना लगाएर १ लाख रुपैया ऋण लिएमा वर्ष दिनमा २ लाख तिर्नु पर्ने हुन्ँछ । विश्वरी फैलिएको कोरोनाले नेपाल पनि अछुतो रहने २०७६ चैत ११ गते बाट सरकारले लगाएको लकडाउन र बारम्बारको निशेषाज्ञाले गर्दा कति पय नेपालीको बिल्ली बाठ भएको छ । सरकारदले कोरोनाको बेलामा ब्याज मिनाहा गर भन्दै गर्दा बैंक फाइनासले मिहना हैन उल्टो बढी व्याज असुल्दै आएको छ । यसको अनुगमन समेत कुनै पनि निकाले गर्न सकेको छैन । अनुगमन गर्ने निकाय समेलाई घुस दिएर ‘तै चुप, मै चुप’ बनाएको छ । सहरकारी विभागले यसको अनुगमन गर्नु पर्ने तर सरकारी िवमागसमेत यसमा मिले भगत रहेको छ । यस्तै सारण्का एक व्यक्तिको ५० लाख को सम्पत्ति छ भने यसको मूल्यांक चाहिँ २० लाख गरी गरिन्छ त्यसमा पनि ऋणको हातमा चाहिँ १० देखि १५ लाख हात पर्ने गरेको छ । उता सर्वसाधरणले ऋण लिँदा घरमा भएको गरगहना अन्य सामान धितो राख्दा एक वा दुई हप्ता ढिलो भएमा सबै लिलाम बिक्री गरिदिने गरेका छन् । यसरी जताततै नेपाली जनता ठगिएका छन् । आफू ठगिदासमेत नेपाली जनता कसलाई गुहार माग्न जाने । कतिपय नेपाली सहकारीबाट बिल्लीबाठ भएका छन् । कतिले घरखेत बन्दकी राखेर सडकको बास भएको छ । नेपाली जनताको पैसा डिपोजिट गर्दा जमानी बसेकाले बैंक वा फाइनान्सबाट ऋण लिन चाहिँ तिर्नुपर्ने, धितो राख्नुपर्ने, कतिपयले कति समयको लागि किस्ता दिने, दिन्छ कि दिँदैन भन्दै लोन पास गरिदिन्छ । घरजग्गा धितो राख्दा कति समयसम्म राख्न सक्छ, किस्ता नबुझाएमा कस्तो कारबाही गर्न सकिन्छ भन्दै सो नियमअनुसार ऋण दिने चलन छ । तर, बैंक फाइनान्सको कर्मचारीमा मानवताको भावना नै हुँदैन । एक, दुई किस्ता ऋण तिर्न नसकेपछि चिठी लेख्ने, ऋणीको फोटोसहित जमानीकर्ताको फोटो पनि पत्रिकामा प्रकाशित गरिदिने, पत्रिकामा प्रकाशित चाहिँ आफ्नो मर्जीले गर्ने अनि त्यो रकम पनि ऋणीकै लोनमा समावेश गरिदिने, फोन गरेर धम्क्याउने, तेरो छोराछोरीलाई विदेश जानबाट रोक्छु, कालोसूचीमा राखिदिन्छु भनी दबाब दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published.