हिन्दू धर्मले जोडेको नेपाल–भारत सम्बन्ध

लेख

नेपाल र भारत बीचको सम्बन्ध दुई मुलुकका सरकारी प्रयासले विकसित भएको होइन । यो सम्बन्ध नेपाली र भारतीय जनताको बीच स्वतःस्फूर्त रूपमा विकसित हुँदै गएर आजको स्थितिमा आइपुगेको हो । सरकार–सरकार बीचको सन्धी सम्झौताहरू पछाडि आएका कुराहरू मात्रै हुन् । त्योभन्दा पहिले नै नेपाल र भारतका जनतालाई हिन्दू धर्म र हिन्दू संस्कारले एक–आपसमा कहिले अलग हुन नै नसक्ने गरी जोडिसकेको थियो । भगवान् शंकरको अवतार मानिने आदि शंकराचार्यले नेपालमा रहेको पशुपतिनाथको मन्दिरमा दक्षिण भारतको पूजारी रहने परम्परा स्थापित गरेका थिए । त्यस्तै, भारतको केही महत्वपूर्ण मठमन्दिरहरूमा पनि नेपाली पाण्डा भनिने पूजारी रहने व्यवस्था पनि आदि शंकराचार्यले नै चलाएका थिए । यस्तो परम्पराले नेपाल र भारतको हिन्दूहरूलाई आपसमा एकढिक्का बनाएर जोड्नुको साथै बिना भेदभाव, बिना रोकटोक नेपालका हिन्दूहरूलाई भारतको सम्पूर्ण हिन्दू मठमन्दिरहरूमा आवत–जावत गर्न पाउने, पूजा आराधना गर्न पाउने, खान बस्न पाउनेजस्ता भारतीय जनताले पाएसरहको समान सुविधाहरू प्राप्त भयो । त्यस्तै, भारतका हिन्दूहरूलाई पनि समान सुविधाहरू नेपालका हिन्दू मठमन्दिरहरूमा प्राप्त छन्् । विशेष गरी नेपाली हिन्दूहरू पितृ उद्धारको निमित्त गया धाम र काँशी धाम अनिवार्य जाने परम्परा युगौँदेखि चल्दै आएको छ । धर्म प्राप्तिको लागि र आफ्नै मोक्षको लागि पनि नेपाली हिन्दूहरू चारधामको यात्रामा जाने गरेका छन्् । आयोध्या, मथुरा, काँशी, काञ्जी, हवैन्तिका, पुरी र द्वारावतीजस्ता हिन्दूहरूको अति महत्वपूर्ण सात मोक्षभूमि भारतमा छन्् । नेपाली हिन्दू धर्मालम्बीहरूले अति महत्वका साथ नछोडी धार्मिक यात्रा गर्ने चार धामहरू जस्तो बद्रीनाथ, केदारनाथ, द्वारकानाथ, रामेश्वर र जगन्नाथ पुरी आदि पर्दछन्् । दुवै मुलुकका हिन्दूहरूले नछोडी यात्रा गर्नै पर्नेमा चार धार्मिक क्षेत्रहरू पनि पर्दछन्् । चारमध्ये दुई धार्मिक क्षेत्र भारतमा छन््, जस्तो हरिहर क्षेत्र र कुरुक्षेत्र । बाँकी दुई क्षेत्रहरू नेपालमा पर्दछ, जस्तो बराह क्षेत्र र मूक्ति क्षेत्र । हिन्दूहरूले सबैभन्दा अन्तिममा यात्रा गर्नु पर्ने धार्मिक क्षेत्र मुक्तिनाथ हो यो नेपालको मुस्ताङ जिल्लामा अवस्थित रहेको छ । हिन्दूहरूको अति पुज्य शालिग्राम पाउने काली गण्डकी नदीको उद्गमस्थल पनि मुक्तिनाथ क्षेत्रलाई नै मानिन्छ । शालिग्रामलाई हिन्दूहरूको परमपुज्य विष्णु भगवान्को रूपमा पुजिन्छ र शालिग्राम नेपालमा बाहेक संसारको अन्य मुलुकमा पाइन्न भन्ने मान्यता छ । नेपाली हिन्दूहरूले अति महत्वका साथ जाने अर्को महत्वपूर्ण तीर्थस्थल गंगा नदी र क्षिरसागर, जसलाई इण्डियन ओसन पनि भनिन्छ । बीचका संगमस्थल पनि हो जहाँ पुगेर समुन्द्रको ज्वारभाटामा डुबुल्की लगाएर स्नान गर्ने परम्परा छ । हिन्दू परम्परा नेपाली र भारतीय जनताको एकप्रकारले जीवन पद्धति नै बनिसकेको हुँदा यो सबै प्रकारको सरकारी सन्धि–सम्झौतादेखि पर नै छ । भारतका हिन्दूहरूले अनेक आपद–विपद सहेर खपेर पनि भारतमा भएको हिन्दू मठमन्दिरहरू राम्रोसित संरक्षण गरी राखेका छन्् । भारतमा विदेशी आक्रमणकारीहरूले अनेकपटक हिन्दू धर्म र हिन्दूहरूमाथि क्रुर व्यवहार गरेका थिए । कतिलाई हिन्दू धर्म त्यागी मुसलमान धर्मग्रहण गर्न बाध्य पनि पारिएको थियो । तर पनि भारतका हिन्दूहरूले सबै प्रकारका आक्रमणहरू र आक्रमणकारीहरूको डटेर सामना गर्दै हिन्दूहरू र हिन्दू धर्मको जगेर्ना गरी राख्न सदा–सर्वदा सफल भएका छन्् । भारतीय उपमहाद्वीपमा शासन गर्ने अंग्रेज शासकले मुगल शासकले जस्तो हिन्दूहरू र हिन्दू धर्मप्रति क्रुरता देखाएन, तर मुसलमान शासक मुगलहरूले भने हिन्दूहरूको अनेक मठमन्दिरहरू भत्काउँदै हिँड्ने अभियान नै चलाएका थिए । नेपालको पवित्र पशुपतिनाथको मन्दिरसम्म पनि मुसलमान सेना आएर मन्दिर र मूर्तिहरूको तोडफोड गर्न भ्याएका थिए । त्यतिले मात्र चित्त नबुझेर उनीहरूले हिन्दू मठमन्दिरहरू भत्काएर त्यसै ठाउँमा मुस्लिम धर्मको मस्जिदहरू बनाउने दुष्साहससम्म गरेका थिए । भारतमा हिन्दूहरू र मुसलमानहरूका बीच विवादको मुख्य जड यही नै लामो कालसम्म बनिनै रह्यो । अहिले आएर बल्ल–बल्ल केही ठाउँका हिन्दू र मुसलमान बीच चलेको विवादलाई न्यायालयमार्फत समाधान निकालिएका छन्् र काँशी विश्वनाथ, सोमनाथ र आयोध्याको राम जन्मभूमि र मन्दिरपरिसरको विवादहरू समाधान भएका छन्् । भारतका हिन्दूहरूमाथि विदेशीको आक्रमण हुँदा भाग्ने र लुक्ने ठाउँ नेपाल नै थियो । नेपालका हिन्दूहरूले भारतका हिन्दूहरूलाई सुरक्षित बासस्थान उपलव्ध गराएको थियो । नेपाल भूमि विकट भएकोले एक प्रकारको बफर स्टेट नै बनेको थियो त्यसैले हिन्दूधर्म बिरोधी आक्रमणकारीहरूले भारतबाट आश्रय लिन नेपाल पसेका हिन्दूहरूलाई नेपालमा नै पसेर आक्रमण गर्न कहिले सकेन । भारतीय हिन्दूहरूको पिछा गर्दै नेपाल छिरेका केही मुसलमान आक्रमणकारीहरूलाई नेपालका आले मगरले सुंगुरको बथान उनीहरूको विरुद्ध धपाएर पनि भगाएको किंवदन्ती अझैँ नेपालमा प्रचलित छ । त्यसैले नेपाली हिन्दूहरूले पनि नेपालमा भएको हिन्दू मठमन्दिरको सुरक्षा गर्नको साथ–साथै भारतका हिन्दूहरूलाई नेपालमा आश्रय दिएर भारतको हिन्दू मठमन्दिरहरूको रक्षा गर्न समेत ठूलो योगदान गरेको देखिन्छ । भारतमा त्यतिबेलाको मुसलमान धर्म मान्ने मुगल शासकहरूले हिन्दूहरूलाई धर्म परिवर्तन गर्न बाध्य पार्दा खोलेर फाल्न लगाएको हिन्दूहरूको जनै धागो मात्रै साँढे चौहत्तर गोरु गाडा भएको किंवदन्ति लामो काल नेपालमा प्रचलित थियो । हिन्दूहरूका विरुद्ध मुसलमान शासकबाट भएको त्यसै पापलाई कहिले बिर्सन नसक्ने बनाउनको निमित्त चिठीको खाम बाहिर साँढे चौहत्तर लेख्ने चलन नेपालमा पनि लामो कालसम्मै चलेको थियो । अहिले चिठी पत्रको महत्व कम भएको हुँदा सो कुरा पनि चलनचल्तीमा छैन र नेपालका हिन्दूहरूले विद्रोहको लागि झकझकाउने सो कुरा भुल्दै गएका छन्् । त्यही भएको हुँदा भारतका क्रुर मुसलमान शासकहरूले पनि हिन्दू धर्मलाई अनेकौ प्रयास गर्दा पनि कहिले मेटाउन सकेन । भारतीय हिन्दूहरूले विदेशी आक्रमणकारीहरूको अनेकौ आक्रमणलाई निष्तेज पार्दै आखिरमा हिन्दू धर्मलाई जोगाएर नै राख्न सफल भए । आज भारतमा भारतीय जनता पार्टीको राज चलेको छ र प्रधानमन्त्री मोदीको नेतृत्वमा सबै हिन्दू मठमन्दिरहरूको जिर्णोद्वार गरिएका छन् । गुजरातमा रहेको सोमनाथको मन्दिर उहाँकै नेतृत्वमा नयाँ बनाइएको छ । बाढी पहिरोलो क्षतिग्रस्त केदारनाथको मन्दिर क्षेत्रको पुनर्निर्माण भएको छ । बद्रिनाथ मन्दिर पनि जिर्णोद्वार गरी भव्य तुल्याइसकिएको छ । अयोध्याको राममन्दिरको निर्माण सुरु भएको छ भने काँशी विश्वनाथको मन्दिर करिडोर निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । यतिबेला भारतका धेरै हिन्दू मठमन्दिरहरूको नयाँ निर्माण, पुनर्निर्माण र जिर्णोद्वार धमाधम हुँदैछन्् । भारत संसार कै हिन्दूहरूको अभिभावक संरक्षकको रूपमा उदय भएको छ । नेपालका हिन्दूहरूलाई यो खुसीको समय हो किनकी भारतमा हिन्दूहरू बलियो भएका छन्् र उहिलेको जस्तो हिन्दूहरूले भाग्नु, लुक्नु र हिन्दू धर्मको रक्षाको निमित्त निरन्तर लडिरहनु परेको छैन । तर, नेपालका हिन्दूहरूलाई भने चैन छैन । किनकी हिन्दू राष्ट्र नेपाललाई दलहरूले नेपाली जनतालाई सोध्दै नसोधी धर्मनिरपेक्ष राष्ट्र संविधानमा नै लेखिसकेका छन्् । त्यसपछि पनि दलका शीर्ष नेताहरू त्यसै चुप बसेका छैनन् जोडतोडले इसाई धर्मको प्रचार–प्रसारमा जुटेका छन्् । गरिब हिन्दूहरूलाई धनी बनाउछौँ भन्दै इसाई धर्म ग्रहण गर्नको लागि प्रेरित गर्दै छन्् । नेपालमा इसाई धर्म प्रचार–प्रसार गर्न योगदान दिएको भन्दै नेपालको पूर्व प्रधानमन्त्री केपी ओलीलाई एकलाख डलर पुरस्कार पनि प्रदान गरिएको थियो । दलहरू सत्तामा आएपछि हिन्दू धर्मलाई बेवास्ता गरिएको छ भने इसाईकरणलाई जोड दिएका छन्् । पशुपतिनाथ मन्दिरकै पूजारी भट्टहरूलाई कुट्ने, पिट्ने, तर्साउने र नेपाल छाडेर जान दबाब दिने काम दलका नेताहरूबाटै भएका छन्् । त्यसैले नेपालका हिन्दूहरू कमजोर हुँदै गएका छन्् भने नेपालमा भएका मठमन्दिरहरू रातारात भत्काउने गतिविधिहरू बढेका छन्् । हिन्दूहरूको परमपुज्य गौनिधिको सुरक्षा सरकारले गरेको छैन । रातारात हिन्दूहरूको आस्थामा आघात पुग्नेगरी गाई तथा गोरुहरू काट्ने र मासु खाने खुवाउनेजस्ता गतिविधिहरू ह्वात्तै बढेका छन् । अपराधीहरूलाई कडा कारबाही नगरी देखावटी कारबाही गर्दै छाड्ने काम प्रहरी प्रशासन र नेपालको अड्डा अदालतबाट हुन थालेका छन् । दलका नेताहरू गाई काटेर खाने अपराधीहरूप्रति नरम व्यवहार देखाउँछन् भने पक्राउ परेका आरोपितहरूलाई बिना सजाय छाड्नको लागि दबाब दिने गरेका छन् । नेपालमा राजतन्त्र हुँदा हिन्दू धर्मप्रति यस्तो बेवास्ता कहिले भएको थिएन । कानुनी राजको पालना कडाइको साथ राजतन्त्रमा भएको थियो भने अहिलेको गणतन्त्रमा निजामति कर्मचारीहरूले नियम कानुनअनुसार काम गर्ने गरेका छैनन् । दलका नेताहरूले जे भन्छन् त्यही गर्दै गराउँदै हिँडेका छन् । त्यही भएको हुनाले नेपालमा हिन्दू धर्म संकटमा पर्दै गएको छ भने हिन्दू मठमन्दिर रातारात भत्काउन थालिएका छन् । धर्म परिवर्तन गराउने दलालहरूले इसाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट पैसा खाएर त्यही पैसा पाउने लोभ देखाउदै गरिब हिन्दू परिवारलाई इसाईमा रूपान्तरण गर्दैछन् । नेपालको हिन्दूहरूको रक्षा गर्न र नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनको लागि भारतीय हिन्दूहरूले साथ सहयोग दिन अनिवार्य जरुरी भएको छ । नेपालको हिन्दू मठमन्दिर र हिन्दूहरूको सुरक्षा दलहरूबाट हुनसक्दैन त्यसैले विकल्प खोज्ने र रोज्ने अवसर नेपाली जनतालाई दिलाउनको निमित्त भारतीय हिन्दूहरूको साथ सहयोग नेपालका हिन्दूहरूलाई चाहिएको छ ।
०००

Leave a Reply

Your email address will not be published.