राजनिति मात्रै गरेर मात्र पनि हुन्न

अन्तरवार्ता

बालकृष्ण शिवाकोटीको नाम नसुन्ने विरलै होलान् किनभने उनी जहाँ हात हाल्छन्् त्यही सफलता पाउँछन्् । उनै शिवाकोटी लगानी बोर्डका सदस्य रहेका छन्् । शिवाकोटी ०७३ साउनमा लगानी बोर्डमा मनोनित भएका थिए । मेगा बैंकका सञ्चालक समिति सदस्य शिवाकोटी कालिञ्चोक दर्शन प्रालिका अध्यक्ष हुन् । एक कुशल व्यवसायीको रूपमा आफूलाई चिनाउन सफल सिवाकोटी भूकम्पको पूर्ननिर्माणदेखि कोरोना कहरमा सामाजिक कार्यमा जुटिरहेका छन् । पछिल्लो समय नेपालकै तेस्रो केबलकार सञ्चालनलाई व्यवसायिक रूपमा अघि बढाएका छन्् । उनी उद्योग विभागका सदस्य र हालै मदन भण्डारी फाउन्डेसनको केन्द्रीय सदस्यमा चयन भएका छन्् । करिब एक दर्जनभन्दा बढी उद्योग तथा व्यवसायमा उनको संलग्नता छ । पारिवारिक पृष्ठभूमि नै उनको व्यवसायिक भएकाले उनी पनि व्यवसायमा नै रमाउन खोजे र व्यवसायमा भिज्दै गए । उनलाई व्यवसायीमात्र भन्दा बिनाचिनीको चियाजस्तो होला । किनभने उनी एक समाजसेवीका साथै राजनीतिकर्मी पनि हुन् । उनै शिवाकोटीसँग कोरोनापछि नेपाली उद्योगीले भोगेका समस्या, सरकारसँग व्यवसायीहरूको अपेक्षा, दोलखा समृद्धिमा केवलकारको भूमिका के रह्यो ? यही सेरोफेरोमा ताकाकोशी सन्देश साप्ताहिकले प्रश्न राखेको छ ।
० तपाईं लामो समयदेखि एमालेको कार्यकर्ता भएर बस्नु भएको तर, एमालेको केन्द्रीय सदस्य पनि पाउनु भएन नी ।
पद संख्या सिमित हुन्छ तर, आकांक्षी धेरै हुन्छन्् । सबै त्यसमा अटाउन सकिन्न् । मलाई केन्द्रीय सदस्य नदिए पनि कुनै खल्लोपन छैन । म विभिन्न ठाँउहरूमा अटाएको छु । त्यसैले केन्द्रीय सदस्य हुन नपाएकोमा मलाई कुनै आपत्ति छैन ।
० स्थानीय तहको चुनाव नजिकिँदै छ । तपाईंको भूमिका के रहन्छ ?
अरुको जस्तो खालको भूमिका रहन्छ त्यस्तै भूमिका मेरो पनि रहन्छ । कसरी हुन्छ सूर्य चिन्हमा बहुमत ल्याएने प्रयास रहन्छ हाम्रो । यही भूमिका रहन्छ मेरो ।
० पछिल्लो समय राजनीतिक गतिविधिमा बढी सक्रिय देखिनुभएको छ, के अब खुला राजनितिमा सक्रिय हुने सोच बनाउनु भएको हो ?
मैले राजनीति सँग–सँगै व्यवसाय पनि गरिरहेको थिएँ । सबै मानिसले राजनीति सँग–सँगै केही न केही नियमित आम्दानीको काम गर्नुपर्छ । राजनिति मात्रै गरेर मात्र पनि हुन्न भन्ने मेरो बुझाइ हो । आफ्ना निमित्त, केही गर्नका निमित्त आफ्नो व्यवसाय हुनुपर्छ, त्यो सँग–सँगै राजनिति पनि गर्नुपर्छ भन्ने मेरो मान्यता भएको हुनाले मैले व्यवसाय र राजनीति सँगै गर्दैछु । म ३७÷३८ सालदेखि विद्यार्थी राजनितिमा लागेको मान्छे खुलमखुला सँधैभरि पार्टीको पूर्णकालीन कार्यकर्ता भएर हिँडेको मानिसले खुला राजनीतिमा आयो आएन भन्ने कुरा समय आएपछि देखिन्छ, नआउँदा नदेखिने कुरा हो । त्यो त जिम्मेवारी क पाईन्छ, जिम्मेवारीले देखिने चिज हो । पार्टीले के जिम्मेवारी दिन्छ । के गर्नुपर्छ त्यसका आधारमा देखिने कुरा हो । कहिलेकाँही पार्टी राजनिति भनेको कुरा नदेखिएर पनि धेरै काम गरिएको हुन्छ, कहिलेकाँही देखिएर पनि कम काम गरिएको हुन्छ । त्यो हेर्ने दृष्टिकोणमा भर पर्छ ।
० तपाईं आम सर्वसाधरणको सामू आफूलाई के भनेर चिनाउन चाहनुहुन्छ, विजनेसम्यान कि राजनितिक लिडर ?
म राजनिति र व्यवसाय पनि सँगसँग गरेको मान्छे, म अरुलाई पनि त्यही गर्नुपर्छ भनेर प्रेरणा दिन चाहन्छु । आ–आफ्नो हेर्ने दृष्ट्रिकोण हो । राजनितिमा लागेका मानिसले, राजनितिक कार्यकर्ताका रूपमा चिनेका हुन्छन्् भने विजनेसमा लागेका मानिसले विजनेसम्यान भनेर चिनेका हुन्छन्् । त्यसैले ठ्याक्कै यही कुरा हो भन्ने हुन्न मानिसको, सबै कुरा समयअनुसार उसको जिम्मेवारी र कामको आधारमा पुष्टि हुने हो । दोलखाको समृद्धिका निमित्त अलिकति मेरो व्यवसायभन्दा पनि राजनितिमा लाग्यो भने केही गर्न सकिन्छ की भन्ने हिसावले मात्रै हो, अरु कुरा केही होइन ।
० अब हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर राजनितिक सक्रियता बढाउनु भएको देखिन्छ, निर्वाचनमा तपाईंको भूमिका कस्तो रहन्छ ?
मैले व्यवसाय सँग–सँगै राजनितिक र सामाजिक कामलाई पनि सँगै लिएर गएको छु । चुनाव आएपछि यो मुद्दा अगाडि बढेको हो कि भन्ने देखिएको मात्रै हो । यस बारेमा आम दोलखाबासीलाई थाहा भएकै विषय हो । सेवा गर्नका निमित्त आफ्ना सामाजिक दायित्वहरू पूरा गर्नसक्ने हुनुप¥यो । त्यसका निमित्त व्यवसाय या अन्य किसिमका काम गर्नुपर्ने हुन्छ । ती काम गरिएको मात्रै हो । त्यसैले राजनिति, मानिसलेले बुझेदेखि नै गर्न खोजेको हुन्छ । अब कहिलेकाँही पार्टीले जिम्मेवारी दिएपछि जे जिम्मेवारी पनि बोक्नुपर्ने हुन्छ । म एकजना पार्टीको जिम्मेवार कार्यकर्ता हुनाले नेकपा एमालेलाई प्रदेश र संघको निर्वाचनमा पनि विजयी बनाउने भूमिका हुन्छ । एउटा जिम्मेवार कार्यकर्ताको हिसाबले पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने मेरो आफ्नो प्रतिबद्धता छ ।
० प्रादेशिक निर्वाचनमा आफूलाई उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रने घोषणा हो तपाईंको ?
हो एकदम हो । यतिबेला भन्दाखेरि नितान्त निर्वाचनका लागि गरिएको विषयवस्तु जस्तो लाग्छ । म विनम्रतापूर्वक दोलखाली जनतालाई के भन्छु भने हिजो जसरी नेकपा एमालेलाई विजय गराउनका लागि भूमिका खेल्नुभएको छ, त्यही किसिमको भूमिका तपाईंहरूले पक्का खेल्नुहुनेछ र त्यसका निमित्त म आम जनतालाई आग्रह गर्दछु र पार्टीले जिम्मेवारी दियो भने प्रदेश चुनावमा मेरो पनि चाहना भएको हुनाले सँग–सँगै त्यसमा पनि सहयोग गर्नुहुने छ । आजसम्म मलाई दोलखाली आमाबुवा, दाजुभाइ, दिदिबहिनीले माया गर्नुभएको छ । त्यही किसिमको माया ममता पाउँछु भन्ने लागेको छ । यत्ति कुरा अहिले भन्न चाहन्छु । बाँकी कुरा निर्वाचनको बेला भेटमा प्रत्यक्ष के–के गर्नुपर्छ त्यही गरौँला ।
० अन्य उम्मेदवारको तुलनामा तपाईंमा के फरक छ ?
नेकपा एमाले मुलुकमै सबैभन्दा ठूलो पार्टी हो । यसमा धेरै नेता कार्यकर्ता छन्् । एमालेमाबाट उम्मेदवार बन्नका लागि प्रतिस्पर्धा हुन्छ । यो एकदमै सान्दर्भिक कुरा हो । तर एउटा कुरा के छ भने त्यहाँ व्यवस्थापन राम्रो हुन्छ । त्यहाँ राम्रो मूल्यांकन हुने भएको हुनाले कसैलाई नजिक र टाढा राखिँदैन । त्यो सहज ढंगले हुन्छ पहिलो कुरो । दोस्रो कुरो निर्वाचित भएर आएपछि र निर्वाचित नहुँदा पनि दोलखा समृद्ध बनाउनका लागि दुई तीन वटा कुरा छ, हामीले स्थानीय निर्वाचनको बेला पनि केही कुरा भनेका थियौँ । सबैभन्दा ठूलो कुरो तामाकोसि तेस्रो निर्माण गर्न सकियो भने, पर्यटकीय हिसाबले दोलखा अत्यन्तै सुन्दर छ । त्यसले एक चिज थप गर्छ । त्यति मात्रै बनाउन सकियो भने दोलखाली आम जनताको आयस्तर वृद्धि हुनेछ । म नेपाल सरकारको लगानी वोर्डमा गएपछि पहिलो प्राथमिकतामा हुनुपर्छ भनेर पहल गरिरहेको छु । मलाई लाग्छ यो छिट्टै कार्यान्वयनको चरणमा जानेछ । अर्को कुरो चीनसँग जोडिने फलाकको वाटो छ, यो छिटो जोडिनुपर्छ । त्यसले गर्दा तेस्रो मुलुकसँग हुने व्यापार असाध्यै धेरै हुने भएको हुनाले यी दुईवटा महत्वपुर्ण छन्् । त्यसको साथमा कृषिमा प्राथमिकताका आधारमा केही गर्नुपर्छ भनेर सबैले भन्दै आएको कुरा हो । त्यो भन्दा पनि पर्यटकीय क्षेत्र कसरी बनाउन सकिन्छ । त्यसका बारेमा सोच्नुपर्नेछ । यदि त्यो बातावरण बनाउन सकियो भने, अब कुरा गरेर हुँदैन । पर्यटक आएनन्, पर्यटकीय स्थल बनाउने भन्छौँ, हामीले त्यही किसिमका पूर्वाधारहरू, पर्यटक आएर बस्ने खाने, घुम्ने आदि यी चिजहरूको व्यवस्थापन र विस्तार गर्न सकेनौँ भने कुरा गरेर हुँदैन, त्यसका लागि के गर्न सकिन्छ, त्यही नै पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ, त्यसका निमित्त के गर्नुपर्छ, हामी सोचिराखेका छौँ । हाम्रा एजेण्डा, हाम्रा चुनावी प्रतिवद्धतामा पनि ती कुरा आउँछन्् । त्यसैले सबै कुराको निर्धारण गर्छ ।
० दोलखालाई समृद्ध पार्नका लागि तपाईंले कालिञ्चोक केबलकार सञ्चालन गर्नुभयो । कालिञ्चोकको अवस्था कस्तो छ ?
सञ्चालन भएको केही समयपछि नै कोरोनाका कारण केबलकार बन्द हुन पुग्यो । दोलखाको कुरीबाट कालिञ्चोक मन्दिरसम्म करिब एक किलोमिटर केबलकार सञ्चालन भएको हो । केबलकार सञ्चाल भएसँगै दैनिक दर्शनार्थी एक हजार देखि शनिबार र छुट्टीको दिनमा १० हजार बढी आएको अनुभव छ । केबलकार सुरु भएसँगै यस क्षेत्रमा होटलहरू पनि प्रसस्तै खुलेका छन् । यस क्षेत्रका युवाहरू अत्यन्तै उत्साहका साथ व्यवसाय विस्तारमा लाग्नु भएको थियो तर अवस्था जटिलतातर्फ धकेलियो । सधै यस्तो हुँदैन सामान्यतर्फ उन्मूख हुनै पर्छ । निराशालाई आशामा बदल्नु पर्छ भन्ने लाग्छ ।
अन्य व्यवसायको अनुभव भए पनि यो क्षेत्र मेरो लागि नितान्त फरक थियो । देश कै दोस्रो केबलकार भएकाले चुनौतीसँगै अवसरहरू पनि थिए । निर्माण लागत खर्चिलो र निर्माण प्रकृया जटिल भएका कारण पनि सेवा सुचारु हुन केही समय लाग्यो । प्रतिव्यक्ति ५०० रूपैयाँ केबलकारको भाडा कायम गरेका छौँ । हाल ५० जनाले रोजगारी पाइरहनु भएको छ । विश्व नै आक्रान्त भएको अवस्थामा उद्योग र व्यवसायमा पनि असर प¥यो । त्यसको मारमा हामी पनि प¥यौँ कर्मचारीलाई काममा बोलाउन सक्ने अवस्था छैन । कहिले सहज होला भन्ने सबैले प्रतिक्षा गरिरहेका छौँ । पयर्टन व्यवसाय मुलुकको सम्मृद्धिको महत्वपूर्ण आधार स्तम्भ हो । प्रशस्त सम्भावनाले भरिएको नेपालमा पयर्टन उद्योगमा धेरै काम गर्न सकिन्छ । यी सम्भावनाहरूलाई बेलैमा चिनेर लगानी बढाउन सकियो भने पयर्टक नआउने भन्ने हुँदैन । पयर्टक मैत्री संरचना, सडकको स्तरउन्नतिमा सरकारले ध्यान दियो र व्यवसायीमा पनि उत्साह थप्यो भने हामी फेरि जुरमुराउने छौँ । नेपाल ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यहाँका संभावनाहरूलाई चिनेर विश्वव्यापी रूपमा प्रचार प्रसार संरक्षण र प्रवद्र्धन गर्ने गहन जिम्मेवारी हामीले बहन गर्नुपर्छ । भौगोलिक रूपमा हाम्रो देश विकट होला तर कठिनाई मै सम्भावनाको खोजी गर्न सक्यो भने नै सफलता प्राप्त गर्न सकिन्छ । चुनौती जुनै पेसा व्यवसायमा पनि हुन्छ । चुनौतीलाई सँगै लिएर स्थानीय जनतालाई प्राथमिकतामा राखेर पर्यटन विकासको लागि काम गर्ने हो भने प्रसस्तै अवसरहरू सिर्जना गर्न सकिन्छ । अबको हाम्रो प्रयास र गन्तव्य नै रोजगारी कसरी बढाउने भन्नेमा हुनुपर्छ, त्यसो भयो भने मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ । कोरोना कहरले व्यवसायमा असर पुगेको छ । अहिले अवस्था कसरी अगाडि बढ्छ त्यसलाई हेरेर पाइला चाल्नुपर्छ । पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास अबको प्रमुख आवश्यकता हो । सरकारको तर्फबाट प्रक्रियागत ढिलासुस्ती कम गर्ने हो भने व्यवसायीहरू सधै नै काम गर्न तयार छन् । एकद्धार प्रणालीमार्फत प्रक्रियागत ढिलाईलाई हटाउने गरी काम होस् भन्ने आम व्यवसायीको अपेक्षा सधैं रहँदै आइरहेको छ ।
०००

Leave a Reply

Your email address will not be published.