जेलिएको संसार अप्ठेरोमा नेपाल

समाचार

भू-मण्डलिकरणले गर्दा संसार एक अर्का सित जेलिएको छ । विश्वको कुनै पनि कुनामा हुने सानोतिनो घटनाले पनि विश्वको अर्को कुनामा बसेको सानो मुलुकलाई पनि ठुलै असर पारीरहेको हुन्छ । उदाहरणको लागि रुस र यूक्रेनको महायुद्धबाट संसारको अर्थतन्त्र माथि पर्न गएको नकारात्मक असरलाई नै लिन सकिन्छ । युद्ध सही हो वा गलत भन्ने तिर नलागि त्यसबाट संसारको अर्थतन्त्र माथि पर्न गएको नकारात्मक असरलाई मात्र केलाएर हेरौं । कोरोना महामारीबाट पहिले नै अतिप्रभावित संसारको अर्थतन्त्र उक्सिने प्रयासमा लागेकै बखत सुरु भएको रुस यूक्नेनको महायुद्धले संसारको अर्थतन्त्रलाई थप डामाडोल पारीदिएको छ । संसारको राजनीतिमा पनि यसको असर देखिन थालेको छ । सत्तामा भएको राजनीतिक दल वा दलहरुको गठबन्धनले राष्ट्रको आर्थिक अवस्था सम्हाल्न नसकेपछि भटाभट राजनीतिक संकटहरु एक पछि अर्को देखा पर्न थालेका छन । दक्षिण एशियाली मुलुक श्री लंकामा सरकारले राष्ट्रको आर्थिक हालत सुधार्न नसक्दा जनता आन्दोलनमा उत्रिएका छन । आन्दोलनबाट श्री लंकाको राजनीतिक हालत गम्भिर बन्दैगएकाले चाँडै नै ठुलो राजनीतिक परिवर्तन हुने संभावना बढेको छ । त्यसैगरी दक्षिण एशियाली अर्को मुलुक पाकिस्तानको राजनीतिक हालत पनि राम्रो छैन । पहिले देखि नै ठुलो आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा यो पटकको राजनीतिक संकट मामुली छैन । कुन राजनीतिक दलको हार वा कुन राजनीतिक दलको जित भन्दा पनि भ्रष्टचार र ऋणले पहिले देखि नै थलिएको मुलुक पाकिस्तानको भने ठुलो हार हुने प्रष्ठ नै भईसकेको छ । ईम्रान खानको नेतृत्वमा बनेको पाकिस्तान सरकारले जेनतेन पाकिस्तानको बिग्रेको अर्थतन्त्रलाई सम्हाल्दै अगाडि बढेको थियो तर त्यो कुरा पहिले हलीमुहाली गर्दै खाईपाई आएको विपक्षी राजनीतिक दलहरुलाई हजम भएको छैन । त्यसकारण विपक्षीले मिलेरै ईम्रान सरकार माथि धाबा बोलेकाले पाकिस्तानको राजनीति अहिले सम्हाल्नै नसक्ने गरी बिथोलिएको छ । नेपालको राजनीतिक हालत पनि यतिबेला ठीक अवस्थामा छैन । अमेरिकन परियोजना एमसीसी नेपालको संसदबाट पास गर्ने र गराउने चक्करमा गठबन्धन गरी सत्तामा बसेका दलहरुका बिच धेरै मनमुटाप बढेको छ भने विपक्षी दलहरुको अवस्था पनि संगठित छैन । नेपालको सबै भन्दा ठुलो राजनीतिक दल एमाले नै सत्ताबाट बिमुख भएर विपक्षी दल बनेको छ । सत्तामा हुँदा एमाले दलका शीर्ष नेता ओलीले नेतृत्व गर्नु भएको ओली सरकारले नै नेपालको अर्थतन्त्र भताभुङ्ग पारीसकेको थियो । लगभग तीन साल सत्तामा बस्दा अली सरकारले राष्ट्रको ऋण १० खरबले बढाईदिएको थियो भने सोऋणमा लिएको पैसा हचुवाको परियोजनाहरुमा लगानी गरी उत्पादनहिन बनाईदिएको थियो । ऋण गरी जुगाड गरेको खरबौं ऋण पुरै नेपाल भरी भ्यूटावरहरु र प्रवेशद्वारहरु बनाउन लगानी ओली सरकारले गरेको थियो । राजनीतिक निर्णय गरी बनाउन थालिएको ठुला परियोजनाहरुमा अहिले सम्म राष्ट्रिय ऋणको रुपमा प्राप्त खरबौंको लगानी अलपत्र बनी बसेका छन । रेल परियोजना, सिक्टा सिंचाई परियोजना, भेरी बबई डाईभर्सन परियोजनाहरुमा गरेको खरबौंको लगानी निस्क्रिय भएर बसेको लामैकाल बितीसक्यो । मिटरव्याज तिर्ने गरी ऋण लिएर बनाउन थालिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलहरु कतै भारतले रुट नदिएको र कतै डाँडा नै काट्नु पर्ने अवस्था आएकाले मिटरव्याज चालु भईसक्दा पनि बिमानस्थलहरु भने चालु गर्नसकिने संभावना छैन । यस्तो अवस्था बिद्यमान भएको मुलुक नेपालको आर्थिक संकट सम्हालिने भन्दा पनि झनझन बिग्रदै जाने मार्ग तिर उन्मुख भएको छ । मेलम्ची खानेपानी परियोजनामा लगानी गरेको ऋणको पनि साँवाव्याज भुक्तानीको मिटर उहिले देखि नै चालु रहेको भएता पनि उक्त परियोजनावाट लाभ लिन भने सकिएको छैन । पछिल्लो महाभूकम्पबाट भएको भौतिक बिनासलाई पुनरनिर्माण गर्ने काम देखि लिएर हालैको कोरना महामारीको रोकथाम गर्ने काम सम्ममा सरकारमा बसेका राजनीतिक दलका नेतृत्वले धेरै भ्रष्टाचार गरेको आरोप खेप्नु परेकोपरेकै छन । नेपाली जनता सरकारको काम देखि सन्तुष्ठ छैन र सरकारको सदाचारितामा गम्भिर प्रश्नहरु उठाउँदै आएका छन । सरकारको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरु आफै भ्रष्टाचारमा लिप्त भएको र उहाँहरुको साथमा निजामति कर्मचारीका हाकिमहरुले पनि मिलेर भ्रष्टाचार र आर्थिक अपराध बढाउनमा साथ दिएको आरोपहरु खेप्दै लाग्दै आएका छन । बिगतका सरकारले यस्तो संगिन आरोपहरुको छानबिन गरी निराकरण दिन बनाएका संवैधानिक निकायहरुलाई नै ओली सरकारको पालामा क्याबिनेटबाट नीतिगत निर्णयहरु गराएर पंगु तल्याएका छन । यहि बेला हुन गएको रुस र यूक्रेनको युद्धले झन संसारकै आर्थिक हालत नाजुक तुल्याईदिएको छ । नेपाल पनि त्यसको दुष्प्रभावबाट अछुतो रहन सक्ने कुरै भएन । नेपाल आजको समयमा उत्पादक मुलुक नभएर कन्जुमर मुलुक मात्रै हो । बिदेशी मुलुकहरुबाट खाद्यसमाग्री आयात नगरी नेपाली जनताको भातभान्सा नै चल्न नसक्ने अवस्थामा दलका नेताहरुले नेपाललाई पुर्याएका छन । यो अर्थमा अहिले नेपाल आत्मनिर्भर मुलुक नभएर एक परनिर्भर मुलुक हो । राजतंत्र वा पञ्चायत कालमा नेपाल एक आत्मनिर्भर उत्पादक मुलुक थियो र संसारलाई दिएर खान्थ्यो भने अहिलेको जस्तो मागेर खाने गरेको थिएन । दलतत्रले नेपाललाई १८० डिग्रीले नै उल्टाएर पटकी दिएको छ फलस्वरुप नेपाल अहिले मागी खाने राष्टहरुको कतारमा पुगेको छ । दलहरुले यसलाई विश्वभूमण्डलीकरणको प्रभाव भन्दै उचित बताईरहेका छन भने नेपाली जनताले भने यसलाई दलहरुको ठुलो नकामी नै सम्झेका छन । दलहरुले नेपाललाई परनिर्भरताको बाटोमा धेरै अगाडि हिडाईसकेको हुँदा अहिले नेपाली जनता माथि संकटको बादल मडारिन थालेको छ । नेपालको अर्थतन्त्र बिग्रदै गएको खण्डमा आम नेपाली जनता सर्वप्रथम पीडित हुने छन किनकि दलका नेताहरु र धनीमानीहरुले आफ्नो व्यवस्था गरीसकेका छन । उहाँहरुले नेपालको हालत बिग्रिएको खण्डमा राम्रो हालत भएको अमेरिका जस्तो मुलुकमा गएर बसोबास गर्ने जुगाड गरीसकेका छन । त्यसकारण नेपालमा आउने आर्थिक संकटले आम नेपाली जनतालाई मात्रै ज्यादा पीडित तुल्याउने पक्कापक्की छ । आम नेपाली जनताको लागि कुनै दोस्रो विकल्प छैन किनकि जस्तोसुकै खराब आर्थिक हालत नेपालको भएपनि आम नेपाली जनताले त्यसलाई व्यहोरेर नै बस्नु पर्ने हुन्छ । आम नेपाली जनताको लागि नेताहरु र धनीमानीहरु सित भएको जस्तो आर्थिक संकटबाट बच्ने अनेक विकल्पहरु छैन । नेपाल कुनै संभावना नै नभएको मुलुक भने थिएन र होइन । नेपालको आर्थिक उन्नती गर्ने र हुन सक्ने अनेक संभावनाहरु छन । नेपालको जल, जमिन, जंगल र जनशक्ति माथि बिदेशीले आँखा गाडीरहेका छन । नेपालको यहि संभावनालाई देखेर नै बिदेशीले नेपालको राजनीति र बिकासमा हरदम नजरगाडी हष्तक्षेप बढाउँदै ल्याएका छन । नेपालका राजनीतिक दलका नेताहरु र निजामति अधिकारीहरुलाई बिदेशीले आफ्नो कठपुतली बनाई नेपालमा आफ्नो हष्तक्षेपलाई बढाएका छन । नेपालको जस्तो भूगोल भएको मुलुक संसारमा कतै छैन । नेपालमा सबै प्रकारको हावापानी एकैसाथ बिद्यमान छन । पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्य ३०० लाख पनि पुगेको छैन । यति थोरै जनसंख्याको व्यवस्थापन गर्नको लागि पनि यति धेरै संख्यामा भएको राजनीतिक दलहरु र तिनका नेताहरुले सकीरहेको छैन । नेपाल जस्तो तुलनात्मक रुपले ठुलो र अनेक आर्थिक स्रोतसाधनहरु भएको मुलुक भएर पनि सानो मुलुक भूटानको बराबरी पनि गर्न सकीरहेको छैन । नेपाली जनता चारैतिरबाट असुरक्षा महशुस गर्दैछन । राष्ट्रको सुरक्षा नेपाली जनताको मुख्य चिन्ताको बिषय भएपनि खाद्य सुरक्षा, भरनपोषण र जीवनयापनको सुरक्षा पनि नेपाली जनताको लागि जटिल बन्दै गएको छ । राजनीतिक दलहरुले उल्लेखित सबै बिषयको प्रत्याभूति नेपाली जनतालाई दिन नसकेको हुँदा नेपाली जनता दलतन्त्र कै विकल्प खोज्न वा पुरानो राजतन्त्रमा नै वापस जान बाध्य बन्नु पर्ने अवस्था दलहरुले नै श्रृजना गरीदिएका छन । श्री लंका र पाकिस्तानमा आएको आर्थिक संकटलाई हेरी नेपाली जनता चुप लागी बस्न सक्दैन । त्यस्तो आर्थिक संकट नेपालमा पनि चाँडै आउन सक्ने संभावनालाई मध्यनजर गरी नेपाली जनताले अहिले देखी नै त्यसलाई व्यहोर्ने वा झेल्ने तयारी थाल्नु पर्छ । दलहरु माथि भएको नेपाली जनताको भरोषा अब उडीसकेको छ । दलहरुले लिएको आर्थिक नीति र बिकासको बाटोले नै नेपाली जनतालाई गम्भिर आर्थिक संकटको चपेटामा पार्ने देखिएको छ । त्यसैले दलहरुले देखाएको बिनासको बाटोमा अब नेपाली जनता धेरै अगाडि नबढी आउदै गरेको आम चुनावमा दलहरु भित्रैबाट दलहरुकै विकल्प खोजी राष्टलाई बिनास हुनबाट बचाउने प्रयास गर्न जरुरी भएको छ । सत्तामा भएका दलका नेताहरुले अमेरिकी एमसीसी परियोजनालाई संसदबाट पास गरी अमेरिकाको ईण्डोप्याशिफिक रणनीतिको साझेदार मुलुक बन्दै अमेरिकाको चीनलाई घेर्ने नीतिमा सघाएको छ । त्यसैगरी रुस युक्रेन महायुद्धमा पनि भारत र चीन जस्तो तथष्ट नबसी अमेरिका कै पक्ष लिएको छ । विश्वभूमण्डलीकरणले जेलिएको संसारमा हरेक कदम फुकीफुकी चाल्नु पर्नेमा त्यसोनगरी खुल्लम खुला अमेरिकी लव्बीमा लाग्दा विश्व राजनीतिको खिचातानीले नेपाल संकटमा परेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published.