यात्राका लागि ९३ प्रतिशत जनताले सडक सञ्जाल प्रयोग गर्छन

अन्तरवार्ता

अमृतमणि रिमाल
डिभिजन प्रमुख, नुवाकोट
सडक पूर्वाधारहरूको पनि पूर्वाधार हो । करिब ९३ प्रतिशत नेपाली यात्राका लागि सडक सञ्जाल प्रयोग गर्छन् । पाँच प्रतिशतको हवाई यातायातसम्म पहुँच छ भने बाँकी दुई प्रतिशतले पैदल वा अन्य माध्यमको प्रयोग गर्छन् । रेल र जल यातायातको चर्चा हुने गरे पनि व्यवहारिकरूपमा तयार भइसकेको छैन । नेपालले सडकलाई विकासको मूल आधारमा रूपमा लिएको छ । सडक बनाउने मुख्य निकाय सडक विभाग र यसका महाशाखा र शाखाहरू हुन् । नुवाकोट डिभिजन प्रमुखमा छन् अमृतमणि रिमाल । उनी आएपछि अधिकांश खाल्डाखुल्डी पुरिएका छन् । हिलो र धुलो हट्दै गएको छ । नुवाकोटका सडकहरू हिँड्न लायक बन्दै गएका छन् । रिमालसँग गरेको कुराकानीको अंश ः
० सडक डिभिजन नुवाकोटको बारेमा बताइदिनुहोस न ?
आ.व. २०५०“०५१ देखि साविक मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलको नुवाकोट जिल्लाको विदुरमा डिभिजन सडक कार्यालय नुवाकोटको नाममा स्थापना भएको यस कार्यालेको नाम हाल सडक डिभिजन, नुवाकोट रहेको छ । यस डिभिजनको नुवाकोट र रसुवा जिल्ला कार्यक्षेत्र रहेको छ । आ.व. २०७०÷७१ को तथ्यांक बमोजिम वि.सं. २०६८ को जनगणना अनुसार यस डिभिजनको कार्यक्षेत्रमा ३२२५५९ जनसंख्या रहेकोमा प्रति कि.मि. सडक बराबर १३९३ जनसंख्यालाई सेवा पुर्याएको देखिन्छ भने सडक जनघनत्वको हिसाबले यस डिभिजन हुन आउँछ । यस डिभिजनको अन्तर्गत हालसम्म १८२.७१ कि.मि., ग्राभेल सडक २३.७ कि.मि. र कच्ची (माटे सडक २५.१७ कि.मि. गरी जम्मा २३१.५८ कि.मि. क्च्ल् सडक निर्माण भएको छ । २०४५ सालमा जिल्ला सडक कार्यालयको स्थापना भयो । २०५१ सालमा मध्यमाञ्चल डिभिजन सडक कार्यालय नं. ५ नुवाकोटको स्थापना भयो भने २०७० सालमा डिभिजन सडक कार्यालय नुवाकोटको स्थापना भयो ।
० डिभिजन सडक कार्यालय नुवाकोटमा जनशक्ति के कति छन् ?
हाम्रोमा जनशक्ती कम नै छ । यहाँ जम्मा १५ जना कर्मचारीहरु छन् । काम गर्न धेरै अप्ठारो र चुनौती रहेको छ ।
० काम गर्न चुनौती छन् भन्नु भयो, के के छन् चुनौती ?
यहाँ विषेश गरी जनशक्ती छैन् त्यो नै सबैभन्दा ठुलो चुनौती हो । त्यस्तै यहाँ धेरै पहिरोको समस्या रहन्छ । बर्खा र हिउदमा पनी बहिरो जान्छ विशेष गरी रसुवामा यो समस्या रहेको छ । यहाँ ठाउँ ठाउँमा डोजर राख्नु पर्छ कती बेला पहरिो आउँछ भनेर कुर्नुपर्छ । यही यहाको समसया हो । त्यस्तै भौगोलिक रुपमा पनि विकट रहेको छ । त्यही कारणले सम्बन्धीत ठाउामा पुग्न नै समय लाग्छ ।
० गल्छी–रसुवागढीको लागि यो आर्थिक बर्षमा के कति बजेट परेको छ ?
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक स्तरोन्नतिको लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।आगामी आर्थिक वर्ष २०७९÷८० को लागि गल्छी त्रिशूली बेत्रावती स्याफ्रुबेसीसम्मको ६२ किलोमिटर र स्याफ्रुदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडकको स्तरोन्नतिको लागि बजेटको व्यवस्था गरिएको हो । सुवागढी नाका जोड्ने यो सडकको अहिले स्तरोन्नतिको काम चलिरहेको छ। गल्छी मैलुङ, मैलुङ स्याफ्रु र स्याफ्रु रसुवागढी गरी तीन भागमा विभाजन गरेर काम भइरहेको छ । गल्छी मैलुङ सडक खण्डमा कालोपत्रे गर्ने, मैलुङ स्याफ्रु सडक खण्डमा ग्राभेल गर्ने तथा स्याफ्रु रसुवागढी सडक खण्डमा पोल सार्ने काम भइरहेको छ ।
० धेरै पहिले देखि रसुवागढी नाका जोड्ने गल्छी–मैलुङ सडकको कालोपत्रे गर्ने कुरा अहिले कहाँ पुग्यो ?
नेपाल र चीनबीच हुने द्विपक्षीय व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी मैलुङ सडकखण्डमा २६ किलोमिटर कालोपत्रे गरिएको छ। हालसम्म २६ किलोमिटर क्षेत्रमा कालोपत्रेको काम सकिएको र ३०.३४ किलोमिटर क्षेत्रमा पहिलो लेयरको कालोपत्रे भएको छ। कोभिड–१९, स्थानीयको अवरोध तथा अदालतको स्टे अडरको कारणले कालोपत्रेको काममा ढिलाई भएको हो। ८.३ किलोमिटर क्षेत्रमा अदालतको स्टे अडरको कारण काम रोकिएको र ५ किलोमिटर क्षेत्रमा मुआब्जा विवादको कारण काम अघि बढ्न नसकेको हो।रसुवागढी नाका जोड्ने पहिलो खण्डको रूपमा रहेको गल्छी मैलुङ सडकखण्डको स्तरोन्नतिको काम करिब ७५ प्रतिशत सम्पन्न भएको छ। नाका जोड्ने छोटो दूरीको रूपमा रहेको गल्छी रसुवागढी सडकखण्डलाई तीन भागमा विभाजन गरेर स्तरोन्नतिको काम हुने छ। गल्छी–मैलुङ सडक खण्डको दूरी ४६ किलोमिटर रहेको छ। दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रुबेसी सडकखण्डको काम अहिले रोकिएको छ। त्यसैगरी स्याफ्रु रसुवागढी सडकखण्डको चिनियाँ पक्षले स्तरोन्नतिको जिम्मा पाएकोमा अहिले बिजुलीको पोल सार्ने कार्य अन्तिम चरणमा पुगेको छ। यस खण्डमा पनि मुआब्जाको काम सकिएको छैन। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रु सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ। पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्न पर्दैन । मैलुङ¬स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ । २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ ।
० नेपालको सडकको अवस्था देखेर सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टि भन्ने कुरो के मा गर्ने भन्ने कुरा हो ।गुणस्तरताको कुरागर्ने हो भने, हामीले काम गर्दा पूर्ण मापदण्ड अपनाएर गरेकाहुन्छौँ । त्योभन्दा बाहिर गएर गर्नै मिल्दैन । त्यसकारण हाम्रो काम प्रति म सन्तुष्ट छु ।
० सडकहरु केही साता नबित्दै भत्किएको पनि देखेका छौँ ।यसो हुनुमा सबैभन्दा प्रमुख जिम्मेवारी को हुन् ?
बनाउनासाथ भत्किने कारणहरु धेरै छन् । एउटा कारण त प्राकृतिक कारण पनि हो । अर्को कुरा हामीले कुनै निर्माण कम्पनीसँग सम्झौता गरेपछि जस्तो स्थिति आए पनि काम सम्पन्न गर्नैपर्ने हुन्छ । निर्माण कम्पनीले सम्झौताअनुसारको काम गरेन भने पनि उसलाई दिने बजेट काटेर भए पनि हामीले सम्पन्न गर्नै पर्ने हुन्छ । खानेपानी ढललगायत निकायले खन्दै जाने, हामी टाल्दै जाने हो भने त्यो बजेटले भ्याउँदैन । त्यसकारण यो टाल्ने जिम्मा कि उहाँहरूले लिनुप¥यो या खन्नुभन्दा अघि धरौटी राख्नु प¥यो । सडकलाई राम्रो अवस्थामा राख्नका लागि पुराना पाइपहरू नै बाधक हुन् । त्यस्तै, एउटा बिग्रियो भन्दैमा सबैलाई पनि खोट लगाउन मिल्दैन । निर्माण गर्दा डण्डी, छड तथा अन्य कुराहरू कस्तो प्रयोग गरिएको छ त्यसमा भर पर्छ यस्तै कारणले गर्दा कहिँकतै प्रश्न उठेका छन् ।
० डिभिजन कार्यालय नुवाकोटको कार्याक्षत्र कुन कुन पर्दछ ?
हाम्रो कार्यक्षेत्र अन्र्तगर्त लिखुखोला पुल, सत्तरी भट्टा ९ लाकुरी भन्ज्याङ्ग सडक, कोल्पुखोला पुल, कुमरी ३ जिवनपुर सडक, (त्रिशुलीनदी पुल, खड्गभन्ज्याङ्ग), तादीखोला पुल, सिन्दुरे–तादी संगम, लिखुखोला पुल, सिक्रे–७ महाकाली, मिश्र खोला पुल, शिखरवेशी घ्याङ्गफेदी, त्रिशुली नदी पुल, दर्शनटार महादेवस्थान, सलाखु खोला पुल, ब्रमचेत बुमताङ्ग, तादी खोला पुल सातबिसे थप्रेक, सामरी खोला पुल पहरेखोप, सिन्धुरे खोला पुल, घट्टे खोला पुल, रसुवा, तादी खोला पुल (गंगटे तादी लब्धु समुन्द्रटार गोल्फुभन्ज्याङ्ग सडक), भूत खोला पुल, छेपार खोला पुल, गाउँखर्क खोला पुल, मसेरी खोला पुल, ठाडे खोला पुल, बाहुनपाटी डांडाको पाटो लच्याङ सडक, समुन्द्रटार रामावती सडक, बोहोरे भन्ज्याङ्ग दनुस्वारा सडक, आपरह गडखार कुने सडक, रोङ्गा गोल्जुङ्ग गत्लाङ्ग सोम्दाङ सडक , रसुवा, धमले निरञ्जना नलगाउ शेरा दुईपिपल सडक, नुवाकोट आदि रहेका छन् ।
० हरेक नागरिकहरूले उपभोग गर्ने सडक राम्रो बनाउन सरकारले किन ध्यान नदिएको होला ?
अर्थ मन्त्रालयअन्तर्गत पनि एउटा प्राविधिक सेल हुनु प¥यो । हामीले धेरै बजेट माग्यौँ भन्ने अर्थ मन्त्रालयको बुझाइ छ । अहिले थोरै बजेट दिन खोज्नु हुन्छ । खोज्छ । हामीले हाम्रा लागि मागेको होइन । हामीले सडक राम्रो बनाउनका लागि मागेका हौँ । अर्थ मन्त्रालयमा प्राविधिक सेल भयो भने उहाँहरूमार्फत सहजीकरण हुन्छ । अहिले धेरै पहिरो गइरहेको छ । त्यसलाई पनि मर्मत गर्नु प¥यो ।
० सडक निर्माण गर्दा प्राविधिकले निकालेको लागतभन्दा घटाएर ठेक्का लगाउने प्रचलन छ । यो नीतिले सडक राम्रो बन्छ र ?
हो, नीति निर्माण तहमा पनि केही सुधार गर्नुपर्ने खाँचो देखिन्छ । अरु देशहरूका अनुभवहरूलाई लिएर हामीले काम गर्नुपर्ने छ । ठेक्का लिन कम रेटमा हाल्यो भने उसले त केही काम ठग्न खोज्छ । एउटा मान्छेले भित्रदेखि म राम्रो गर्छु भन्नु र कम रेटमा हालेर सकेसम्म छलछाम गर्न खोज्दा गुणस्तरमा त फरक पर्न सक्छ । यस विषयमा छलफल भइरहेको छ । कानुनी पाटोमा पनि छलफल भइरहेको छ ।
० डिभिजनले सडक निर्माण गर्न ठेक्का लगाउने, तर अनुगमन चाहिँ फितलो हुने गरेको गुनासो छ नि ?
हामीले नियमित रूपमा सडकको अनुगमन गर्ने गरेका छौँ । सडकहरूमा हाम्रो इन्जिनियरहरूबाट नियमित रूपमा अनुगमन भइरहेको छ । थोरै जनशक्ति भएको कारण सबै सडकको अनुगमन गर्न अलि गाह्रो भएको थियो । अहिले प्रदेश र स्थानीय तहमा अधिकार गएको हुँदा डिभिजनलाई समस्या हुँदैन । अब झन् अनुगमन गर्ने कार्यलाई बढ्दै छ । सडक गुणस्तरीय बनाउने विषयमा त कुनै शंका नै भएन नि । सडक निर्माण भएलगत्तै ‘मेन्टिनेन्स’ गर्न सुरु गर्नुपर्छ । नियमित रूपमा ‘मेन्टिनेन्स’ गर्दा नै सडकको अवस्थालाई राम्रो राख्न सकिन्छ । सडक राम्रो बनाउन हामी सक्षम पनि छौँ । आवश्यक बजेट भएको अवस्थामा सडकको संरचना जोगाउन सकिन्छ ।
० अब तपाईंको योजनाहरू के–के छन् ?
हाम्रोमा कुनै ठूला योजना त छैनन् । हामीले दिने भनेको सडकमा खाल्डोरहित हुने हिसाबले जनताले यातायातको सुविधा पाउने व्यवस्था गराउने हो । यही नै हाम्रो पहिलो प्राथमिकता हुन्छ । त्यस्तै केही पुलहरू छन् जुन सम्पन्न भएपछि जनताले प्रत्यक्ष लाभको अनुभूति गर्दछन् ।

Leave a Reply

Your email address will not be published.