मानव अंगसँग खेल्नुपर्ने भएकाले चिकित्सक पेशा बढी च्यालेन्जिङ छ

अन्तरवार्ता राजनीति

दिलकुमारी गुरुङ, मेट्रोन, इसान अस्पताल बसुन्धरा, काठमाडौं

नर्सिङ पेशामा लामो अनुभव बटुलेकी दिलकुमारी गुरुङ ईसान अस्पतालकी नर्सिङ टाइरेक्टर हुन् । उनले प्रहरी अस्पतालमा तीस वर्षे सेवा अवधि पुरा गरेर अहिले ईसान अस्पताल धापासीमा कार्यरत छन् । गुरुङले ईसान अस्पतालमा झन्डै साठीभन्दा माथि नर्सहरुको डाइरेक्टर ‘मेट्रोन’ को भूमिका निर्वाह गरेकी छन् । ‘आमाहरु आफ्नो बच्चा राम्रो हुन्छ भनेर उत्साहका साथ आएका हुन्छन् । तर, कतिपय बच्चाहरु यहीनेर बितेर जान्छन् । त्यतिबेला उनीहरु दुःखी भएको देख्छु । त्यसमा चाहीं यत्रो वर्ष यो क्षेत्रमा काम गर्दा पनि नमजा लाग्छ’, उनी बताउँछिन् । उनै गुरुङ्सँगै बालस्वास्थ्यसँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानी सम्पादित अंश :

सर्वसाधारणले बुझ्ने भाषामा मेट्रोन भनेको के हो ?
यसलाई नर्सिङ डाइरेक्टर भनिन्छ । यहाँ चाहीं मेट्रोन नै भनेर राखिएको छ ।
इसान बाल तथा महिला अस्पतालमा कति वर्षदेखि कार्यरत हुनुहुन्छ ?
इसानमा सेवा दिन थालेको तीन वर्ष भयो ।

यसभन्दा पहिला कहाँ कार्यरत हुनुहुन्थ्यो ?
यसअघि म प्रहरी अस्पतालमा थिएँ । मैले प्रहरी अस्पतालमा ३० वर्ष सेवा गरेँ । १८ वर्षको उमेरमा सेवा प्रवेश गरेकी थिएँ । त्यहाँ रिटायर्ड भएपछि इसान बाल अस्पतालमा आएकी हुँ ।

सरकारी अस्पतालमा लामो समय सेवा गर्नुभयो, निजीमा आउँदा के फरक पाउनुभयो ?
सरकारी सेवा पार गरेर निजीमा आइरहँदा धेरै फरक पाएँ ।

पैसा मात्रै कि अन्य कुरामा पनि फरक पाउनुभयो ?
पैसा सस्तो महंगो मात्रै होइन । धेरै कुरामा फरक पाएँ । पुलिस फोर्समा चाहीं नीति, नियमहरु माथिबाटै अडर्र भएर आएको हुन्छ । त्यो नीतिनियमको बाउन्ड्रीभित्र बाँधिएर काम गर्नुपर्ने हुन्छ । माथिको प्लानिङ के के आउँछ त्यसको अधिनमा रहेर काम गरिन्थ्यो । सरकारीमा माथिको नियम अनुसार मात्रै चल्नुपर्ने हुन्छ । प्राइभेटमा त्यस्तो हुँदैन ।

निजी क्ष्ोत्रमा आफ्ना कुराहरु कसरी लागु गर्न सकिन्छ र किन ?
निजीमा आफ्नो कुराहरु लागु गर्न सकिन्छ । त्यसको लागि पहिला प्लानिङ चाहीं गर्नुपर्छ । आफ्ना नियम लागु गर्नको लागि पहिला बसेर छलफल, सरसल्लाह गरेर उचित ठानिएपछि त्यसलाई लागु गरिन्छ । त्यसैले पनि निजी र सरकारीमा धेरै फरक छ भनिएको हो । सरकारमा जे अडर्र आउँछ त्यसलाई मात्रै मान्दा हुन्छ । निजीमा राम्रो प्लानिङ जसले ल्याएपनि संस्थाको हितमा छ भने लागु गर्न सकिन्छ ।

तपाईंको नेतृत्वमा कतिजना नर्सहरु हुनुहुन्छ ?
अहिले यहाँ मलगायत स्टाफ नर्सहरु ६० जना छौं ।

ती ६० जना सबै पूर्णकालीन सेवामा छन् कि पार्टटाइम पनि छन् ?
यहाँ कार्यरत ६० जनामा सबै पूmल टाइम नै छौं । पहिला म आउनुअघि पार्ट टाइम पनि राखिएको रहेछ । त्यसरी पार्ट टाइम नर्सहरु राख्दा प्राइभेट अस्पतालको सेवामा हेम्पर पर्छ । टार्ट टाइम काम गर्नेहरु धेरै ठाउँमा काम गरेर थाकेर आएका हुन्छन् । त्यसले काममा जुन खालको पर्फमेन्स दिनुपर्ने हो त्यो दिन सक्दैनन् । त्यसले उनीहरुबाट खासै आउटपुट पनि आउँदैन । त्यसलाई मध्येनजर गरेर पार्टटाइम नर्सलाई रिड्यूस गरेर अलरेडी पूmलटाइम ६० जना स्टाफ स्टाफ नर्सहरु छौं । अब फेरि १५ जनाको अन्तर्वार्ता लिइसकेका छौं । उहाँहरु आइसकेपछि ८० जना हुन्छौं । प्यासेन्टको चाप हेर्दा त्यसमाथि अभै अपुग हुने सम्भावना छ । केही दिनमै ८० जना हाराहारी स्टाफ नर्स हुन्छौं ।

नर्सिङ पेशा कत्तिको च्यालेन्जिङ छ ?
नर्सिङ धेरै च्यालेन्जिङ पेशा हो । हुन त कामहरु आ–आफ्नो क्षेत्रमा सबै च्यालेन्जिङ नै हुन्छन् । त्यसमा नर्सिङ अझ बढी सम्वेदनशील पेशा हो । किन भने यो मानवसँग खेल्ने पेशा भएकाले यसलाई बढी च्यालेन्जिङ पेशा मानिएको हो । अन्य पेशाभन्दा यसमा मानव अंग र शरीरिसँग खेल्नुपर्ने भएकाले एकदमै डिबोटेड भएर गर्नुपर्छ ।

अहिलेको जेनेरेसनमा नर्सिङ पेशालाई हेर्ने दृष्टिकोण कस्तो पाउनुहुन्छ ?
हाम्रो जेनेरेसन र अहिलेको जेनेरेसनमा आकास–पत्तालको फरक छ । भन्नाको मतलब अहिलेको पुस्ताले पनि काम नगर्ने होइन गर्छन् । तर, अराएको मात्रै गर्दछन् त्योभन्दा बढी गर्दैनन् । उनीहरुलाई ६ घण्टे, आठ घण्टे ड्युटी हुन्छ, त्यो मात्रै गर्ने गर्दछन् । पहिला चाहीं कस्तो थियो भने समयभन्दा पनि काममा एकदमै डिबोटेड भएर लाग्ने । नजानेको कुरा खोजी गर्ने, अग्रजसँग सोध्ने । आपूmभन्दा सिनियरहरुलाई एकदमै गरेर उहाँहरुको अनुभव र सीप आपूm लिन खोज्ने गर्दथ्यौं । अहिलेका जेनेरेसनमा त्यो खालको जाँगर, लगाव देखिँदैन । अहिले देखासेखीमा पढ्नेहरु धेरै छन् । तर, पहिलाकामा जुन किसिमको लगाव, मेहनत, अनुसान थियो । अहिलेका पुस्तामा त्योखाले लगाव, जाँगर कम देखिन्छ ।

किन कम देखिएको जस्तो लाग्छ ?
अहिलेका पुस्तामा नर्सिङ किन पढ्ने भनेर प्रश्न गर्दा उनीहरुको सोझै जवाफ आउँछ विदेश जान । अथवा आमा, बुबाको चाहनाले पढिदिएको भन्ने उत्तर धेरैबाट आउँछ । त्यसमा केही प्रतिशतले चाहीं आफ्नै चाहना, इच्छाले दुःख गरेर पढ्ने गरेको पाइन्छ ।

नयाँ पुस्तालाई काम गराउन कस्ता च्यालेन्जहरु छन् ?
यसमा धेरै च्यालेन्जहरु छन् । अहिलेका पुस्तालाई गाली गरेर, रिसाएर, वाध्य पारेर काम लिनै सकिँदैन । यो काम गर भनेको भरले काम गर्दैनन् । बहिनी तपाईंले यो काम गर्नुभयो भनेर सम्झाउनुपर्छ । उनीहरुलाई हामीले काम लगाउँदा तपाईंले फलानो बिरामीको परिवार, विरामीको मनोविज्ञान बुझेर काम गर्नुभयो भनेर सम्झाउनुपर्छ । बच्चा र ठूला मान्छेको उपचार गर्दा धेरै फरक छ ।

किन फरक भएको जस्तो लाग्छ ?
ठूला मान्छेले आफ्नो समस्या भन्न सक्छन् । बच्चाले उसलाई कहाँनेर समस्या छ भनेर भन्न सक्दैन । त्यसैले रहेक कुरामा उसको बनोविज्ञान बुझेर, ऊसँग नजिक भएर उपचार थाल्नुपर्छ । ठूला मान्छेको उपचार गर्दा समस्याका बारेमा नर्सलाई बुझ्न सजिलो हुन्छ । बच्चाको उपचारमा आपूmले धेरै नजिकबाट नियाल्नुपर्छ, त्यसकारण पनि धेरै अन्तर भएको हो ।

निजी अस्पतालहरुमा कामको सम्वेदनशीलताको आधारमा नर्सहरुको तलब एकदमै कम भयो भन्ने छ यसलाई कसरी लिनुभएको छ ?
इसान अस्पताल अरु प्राइभेटभन्दा धेरै राम्रो छ । यहाँ हामीलाई नागरिक लगानी कोषको व्यवस्था पनि छ । उपदानको व्यवस्था पनि गरिएको छ । त्यसैगरी सामाजिक सुरक्षा कोसको पनि व्यवस्था गरिएको छ । यहाँबाट पाउने तलब, सुविधाले राम्रोसँग काठमाडौंमा सर्भाइभ गर्न सक्छन् । तर, अरुमा के छ मलाई थाहा भएन । इसानमा चाहीं एक वर्ष काम नगरिकन एक्सपेरियन्स लेटर दिइँदैन । त्यसको लागि एक वर्ष काम गर्नैपर्छ । त्यो कुरा हामीले अन्तर्वार्तामै भनेका हुन्छौं।

इसान अस्पतालमा तपाईंको तीन वर्षे अनुभव कस्तो छ ?
यसअघि मैले फोर्समा काम गरेर आएको हो । त्यहाँ ‘ल एन्ड अर्डर’ हुन्छ । तर, यहाँ काम गर्दा भिन्दै मीठास हुन्छ । पुलिसमा काम गर्दा आफूभन्दा सिनियर आउनेबित्तिकै ‘जय नेपाल सर’ भन्नुपथ्र्यो । तर, यहाँ काम गर्दा त्यस्तो हुँदैन । सिनियर, जुनियर जो आएपनि पेशा त त्यही हो । तर, प्रहरी अस्पतालमा काम गर्दा यहाँ काम गर्दा छुट्टै मजा छ । काम गर्ने क्रममा कतिपय बच्चा जन्माउन आउँछन् । कतिपयले बच्चा राम्रो होस् भनेर खुसी लिएर आएका हुन्छन् । उनीहरु राम्रो भएर जाँदा खुसी भएको देख्छु । कतिका बच्चाहरु यहीनेर बितेर जान्छन् । त्यतिबेला उनीहरु दुःखी भएको देख्छु । त्यसमा चाहीं यत्रो वर्ष यो क्षेत्रमा काम गर्दा पनि नमजा लाग्छ ।

प्रहरी अस्पतालमा कडा अनुसासनमा काम गरेर आउनुभयो, अरुलाई पनि त्यस्तै अनुसासनमा राख्नुपर्छ भन्ने लाग्दैन ?
त्यस्तो लाग्दैन । अनुसासन त हरेक ठाउँमा चाहिन्छ । घरमै पनि अनुसान चाहिन्छ । घरका गार्जेनलाई रेक्सपेक्ट गर्छन् गर्दैनन्, जुनियरलाई माया गर्छन् गर्दैनन्, त्यस्तै हो ।

फोर्समा जागिर खानेहरुले परिवार र अन्यसँग पनि त्यस्तै खोज्छन् भनिन्छ नि ?
अन्यमा होला स्वास्थ्यमा त्यस्ता कुरा पच्दैन । मैले त्यहाँ ३० वर्ष सेवा गर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न गण, गुल्महरुमा तालिम गराउन, पढाउन गइयो । तर, मलाई कहिल्यै पनि म त फोर्सको मान्छे एकदमै मानसम्मान चाहिन्छ भन्ने लागेन ।

नयाँ बिल्डिङ सरिसकेपछिको नयाँ प्लान के छ ?
नयाँ ठाउँमा आइसकेपछि सर्भिसलाई पनि परिमार्जित गरेर सुविधासम्पन्न ढंगले गर्न खोजिएको छ । अहिलेका मान्छेहरु पैसालाई भन्दा राम्रो कामलाई महत्व दिन्छन् । त्यसमा क्वान्टिटी होइन, क्वालिटी खोज्छन् । त्यसो भएर यो बिल्डिङमा सरिसकेपछि क्वालिटी नर्सिङ केयरको व्यवस्था गर्ने योजना छ । दुखाइदेखि सबैखाले पीडा बोकेर आएकाहरुलाई सर्पोटको लागि काउन्सिलिङको व्यवस्था गर्ने । त्यस्तै फेम्ली प्लानिङ आउनेहरु नबुझेर आइरहेका हुन्छन् ।

उनीहरुलाई के गर्दा के राम्रो हुन्छ भनेर सम्झाउने । त्यसैगरी सुरक्षित गर्भपतनका कुराहरु छन् । त्यसमा के गर्दा राम्रो हुन्छ भनेर सम्झाउने । यी र यस्तै धेरै सुधार गर्नुपर्ने विषय छन् । मेरो पाटोबाट नर्सिङ केयरलाई क्वान्टिटी होइन क्वालिटी सर्भिस दिने नै हो । अहिलेका मान्छेहरु क्वालिटी सर्भिस दिन सकियो भने पैसा खर्च गर्न डराउँदैनन् । मान्छेलाई महंगो भएर केही हुँदैन राम्रो चाहिन्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published.