कृषि अभियानको सिलसिलामा जर्मन

समाचार

अनलाईनवाट ३ वटा छलफलमा भाग लिनु पर्ने थियो । सन् २०२२ को मे १२, १९ र २६ मा यी अनलाईन छलफलहरु भएका थिए । मैले ३ वटैमा भाग लिएँ । त्यहाँ विभिन्न अभ्यासहरु गर्न लगाइन्थ्यो । आफ्ना कथाहरु प्रस्तुत गर्न लगाइन्थ्यो । ती सवै पूरा गर्दै गएँ । मैले मेरो कथामा आफु जन्मेको सन्दर्भ, कृषिमा पहिलो मेरो काम, त्यस पछिका कृषिसँग सम्वन्धी कामहरु, कृषि व्यवसायमा देखापरेका अवसर, सवाल र चुनौतीका वारेमा भनेको थिएँ । यहाँ भनेको कथा जर्मनमा हुने छलफलमा पनि राख्नु पर्ने थियो । मैले तयारी गरिरहें ।
मेरो टिकट ग्लोवल फार्मर नेटवर्कले पठाइदियो । जुन १२ गते हिड्नु पर्ने अनी जुन १९ मा नेपाल फर्कने तालिका थियो । सोही अनुसार मैले तयारी गरिरहें । पहिला पनि विभिन्न देश पनि गइ सकेकोले धेरै उत्सुकता र चासो औधी थिएन । तर यूरोप अहिलेसम्म नगएकोले कौतुहलता भने थियो । त्यसमा पनि व्यवसायीक रुपमा कृषी अभियान थाले पछिको मेरो पहिलो विषयगत विदेश यात्रा थियो । विगतको भन्दा फरक विषयमा र नेपालवाट एक्लै नैं जानु पर्ने भएकोले अलि फरक फरक मन चलिरहेको थियो ।
जुन १२ अर्थात जेठ २९ गते विहान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगें । ९.३० मा विमान उड्ने कुरा थियो । पहिला पहिला त्यहाँ विभिन्न फारमहरु भर्नु पर्ने थियो तर यस पटक परेन । खासै केही पनि सोधपुछ भएन । मलाइ आएको निम्तो पत्र, अनी कोभिडको खोप लगाएको कार्ड देखाउनु प¥यो । सरासरी विमानको लागि पर्खनु पर्ने स्थानमा पुगें । विगतको भन्दा सफा सुग्गर र सुविधा युक्त पनि लाग्यो । विहानैं भएकोले खासै भिड पनि थिएन । विमानमा वसे पछि पनि केही समय ढिला हुने जानकारी गराए । दुवईमा २ घण्टा ४५ मिनेट ट्रान्जीट थियो । यता ढिलो भए पछि उता हतार हुन्छ भन्ने लागि सकेको थियो । दुवईमा यो हजाजवाट झरेर अर्को टर्मिनलमा जानु पर्ने थियो । तोकिएको समय भन्दा आधा घण्टा पछि विमान उड्यो । विमान भित्र वरीपरीका यात्रुसँग नेपालीमा नैं वोलचाल भयो । खाना दियो । फ्लाइ दुवई जहाजलाई वजेट विमान पनि भनिन्छ । विगतको अनुभवले यस प्लेनमा पानी पनि किनेर खानु पर्ने भन्ने थियो । तर मेरो टिकटमा खाने व्यवस्था भनेको थियो । यस विमानले सुविधा परिवर्तन गरेछ क्यार । सवैलाई खाना दियो । अल्कोहल चाँही किनेर मात्र खान पाइने रहेछ ।
काठमाडौंवाट उठेको झण्डै ५ घण्टामा दुवई पुगियो १८६२ माइल दूरी पार गरेर । मेरो लगेज जर्मन नैं पुग्ने भएकोले त्यसको खोजी गर्नु परेन तर टर्मिनल ३ मा पुग्नु पर्ने थियो । मसँग समय २ घण्टा मात्रै थियो । कनेक्सन फ्लाइटका यात्रुहरु अरु पनि भएकाले उनीहरुको पछि पछि लाग्दै हिडें । केही समय हिडें पछि टर्मिनल २ वटा ३ मा जानको लागि बस चढ्नु पर्दो रहेछ । बस आउन केही समय लाग्यो । तर म ढुक्क थिएँ । जर्मन जाने इमिरेट्सको जहाज हो नेपालवाट गएको पनि त्यही कम्पनी कैं जहाज थियो जसरी पनी मलाई छाड्दैन भन्ने थियो । बस आयो । चढियो । २५ मिनेट पछि बसवाट झरियो । त्यहाँ सुरक्षा जाँच रहेछ । सवै सामाग्रीहरु टोकरीमा राखेर सुरक्षा जाँच पास गर्नु पर्ने । अरुले गरे जस्तै मैले पनि गरें । तर मेरो ज्यानमा के रहेछ २ पटक सम्म मेसिन करायो । मलाइ छिर्न दिएन । फेरी सवै निकालें त्यतीले पनि भएर कोटै टोकरीमा राखें । अगाडी वढ्यो । अहिले केही आवाज आएन तर मेरो लुगा भएको टोकरी आउन समय लाग्यो । यसो गर्दा अरुको भन्दा मेरो १५ मीनेट जती ढिला भैसकेको थियो । मैले पछ्याउने गरेको यात्रुहरु कता पुगे थाहा नैं भएन । अव कता जाने दुविधा भयो । एक तला माथि चढें । त्यहाँ इमिरेटस्को एक काउन्टरमा मेरो वोर्डिङ पास देखाएँ । ढिला भैसक्यो छिटो जा भन्यो । कता जाने भनेको गेट नंं लेखिदियो । एक तला मुनी जा भनी बाटो देखायो । त्यो वाटोमा जान्छु ओर्लने ढोका नैं भेटिन । फेरी वाहिर निस्कें । एक जना यूवती आउँदै रहिछन् उनलाई मेरो वोर्डिङ पास देखाएर कता जाने होला भने । उनीले मसँग नैं हिड भनीन् । पछि लागें । म अघि गएको ठाउँमा नैं पुगी अडिएन् । मसँग पनि कुनै विकल्प थिएन उभिएर वसें । अरु एक दुई जना पनि आए । केही मिनेट पछि हामी वसेको ठाउँ नैं तल झ¥यो । हैट त्यो त लिफ्ट पो रहेछ । म चाँही कोठा भनेर झुक्किएको । त्यहाँवाट झरेर रेलमा चढियो । अनी पो जर्मन जाने विमानसम्म पुग्ने गेट आउने रहेछ । रेलमा पनि १० मिनेट जती यात्रा गरियो होला ।
रेल यात्रा पछि गेट नं. खोज्दै पुगें । त्यहाँ मेरो पासपोर्टहरु हेर्ने र केही सोध्ने काम गरे । अनी सिटको जोन अनुसार पालैपालो जहाजमा जान वोलाउँदो रहेछ । सोही अनुसार गएर आफ्नो सिटमा वसें । नेपालवाट दुवइ सम्म जाँदा एक लाइनमा ३, ३ जना गरी ६ जना हुन्थ्ये । त्यहाँ त एक लाइनमा ९ जना अटाउँदा रहेछन् तर ३ जनाको विचमा बाटो हुने रहेछ । अवको मेरो जहाज यात्रा झण्डै ७ घण्टाको हुँदै थियो । दूरी भने ३०१२ माइल । इमिरेटको जहाजमा विभिन्न सुविधा हुने गर्दछन् । हिन्दी सिनेमा हेर्दै खाँदै यात्रालाई सकेसम्म रमाइलो वनाएँ । यहाँवाट उता लागे पछि नेपाली भाषा त हरायो । जाने नजाने पनि अंग्रेजी नैं वोल्नु पर्ने वाध्यता थियो ।
जर्मनको राजधानी फ्रान्कफर्ट झरे पछि मलाई लिन गाडी आउने र चालकको फो नंं समेत मलाई उपलव्ध भैसकेको थियो । त्यहाँका अध्यागमनको प्रकृया पूरा गर्न केही समय लाग्यो । त्यहाँ मलाई वोलाएको निम्तोको पत्र देखाएँ । केही सामान्य प्रश्न सोधें । जर्मन वसाई सुखद होस भनी शुभकामना दिए । धन्यवाद भन्दै वाहिर निस्किएँ ।
नेपालको जस्तै सोचेर एयरपोर्ट वाहिर निस्केर गाडी र चालक खोज्न थालें । मलाई मेरो नाम वा कुनैं चिन्ह लिएर गाडीवाला हुन्छ भनेको थियो । भेट्न सकिन । इन्टरनेट पनि वाहिर चल्दो रहेनछ । एक जना अलि पाको मान्छेसँग मेरो व्यथा सुनाएँ । उस्ले फोन गरिदियो । उ भित्र रहेछ मलाई भित्र वस्न लगायो । मैले त्यसै गरेंं । भित्र गए पनि नेट पनि चल्यो । मैले ह्वाटसएपवाट फोन गरें । केही मिनेटमा नैं आए । उनको गाडी गफ गदैं म वस्ने होटल मेरिएटमा पुगें । त्यहाँको सामान्य प्रकृया पूरा गरेर २६ तलमा रहेको १५ नंं कोठामा पुगें । यती वेलामा रातीको ९ वजी सकेको थियो तर घाम झलमल थियो । मैले नेपाल तिर र यस कार्यक्रममा सहभागी तथा प्रशिक्षकको गु्रपमा म जर्मन आइपुगेको अनी होटलमा वसी सकेको जानकारी लेखें । नेपालमा त्यती खेर मध्यरात भैसकेको थियो । करिव ४ घण्टाको समय फरक छ नेपाल र जर्मनमा ।
मलाई जर्मनको विहानको ३ वजे तिर नैं निन्द्राले छाड्यो । नेपाल तिर उज्यालो भैसकेको थियो । मेसेन्जरवाट भिडियो कल गरें । कुराकानी भयो । करिव ६ वजे तिर घाम झुल्कँदो रहेछ । घाम झुल्केको दृश्य नेपाल तिर प्रत्यक्ष कल मार्फत देखाएँ ।
इमेलवाटै जानकारी गराए अनुसार जर्मनको विहान ६.३० वजे देखि विहानको खाजा त्यही होटलको रेष्टुरेन्टमा गएर खानु पर्ने थियो । म २६ तलावाट अन्तीम तलामा आएँ । लिफ्टवाट तलमाथि गर्न आधा मिनेट पनि लाग्दैनथ्यो । होटल वाहिर निस्कीएँ । अली परसम्म गएँ । आफु वसेको होटलको फोटो खिचें । यो होटल जर्मनको राजधानीको केन्द्रमा छ रे अनी सवै भन्दा राम्रो पनि मानिन्छरे भन्ने सुनें । होटल वाहिर पिसिआर टेष्ट निशुल्क गर्ने गाडी आएर वस्दो रहेछ । मलाई पनि जाँच गर्ने हो भने सोधे ।
म होटलको लवीमा फर्किए । म अलमलमा परें । चिनेको कोही थिएन । आयोजक वा मलाई वोलाउने मान्छे कोहीलाई पनि मैले कहिल्यै भेटेको थिइन । कहाँ भेट्ने कुनै पत्तो भएन । म रेष्टुरेन्ट तिर विस्तारै गएँ । रेष्टुरेन्टमा छिर्नासाथ आफु वसेको होटलको नम्वर उल्लेख गरी फर्म भर्नु पर्दो रहेछ । मैले आफु वसेको नंं र मेरो नाम लेखेर सहि गरें । अलि भित्र छिरें । यो होटल पक्कै महँगो छ खाजा खाएको पनि कति पैसा लिने हो थाहा छैन । हिजो प्लेनमा खाए देखि केही पनि खाएको छैन । विहान उढेर कोठमा कफि वनाएर खाएको मात्र हो । दुविधा हुँदै जाँदै थिएँ । एक जना विदेशी महिलाले आर यू भोला ? तिमी भोला हौं ? भनी सोधीन् । मैले एस भनी उत्तर दिएँ । अरु म जस्ता पनि धेरै रहेछन् । खाजा खान सुरु गर्दै रहेछन् । आयोजक संस्थाको प्रमुख कार्यकारीणी अधिकृत म्यारीले मेरो अनुमती लिएर अँगालो मारेर स्वागत गरिन् । आएकोमा खुसी व्यक्त गरिन् । त्यसै गरी अरुसँग पनि सामान्य परिचय भए । हामी अनलाइनमा ३ वटा छलफलमा वसेका नैं थियौं । खाजा खाएर हाम्रो छलफल हुने कक्ष तिर लाग्यौं ।
मेरो लागि सवै नयाँ थियो । मान्छे, ठाउँ तरिका सवै नयाँ र नौलो । राउन्ड टेवल एण्ड कम्यूनिकेशन ट्रेनिङ नाम दिइएको थियो । हाम्रो नाम भएको कागज र सम्वन्धी देशको झण्डा सहित राखिएको कुसीमा गएर हामी वस्यौ । तालिम सुरु भयो परिचयवाट । तालिमको सहजिकरण जिना (मेक्सीको) ले गर्नु भयो । न कुनै औपचारिक न त अध्यक्ष वा कसैको भाषण नैं भयो । परिचय गर्दा थाहा भयो । नेपालबाट मात्रै होइन एसिया महादेशवाट म मात्रै रहेछु । अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, अष्ट्रेलिया, युरोप महादेशका गरी १६ जना सहभागी थियौं । अरु केही आयोजक र प्रशिक्षक गरी २३ जना सहभागी थियौं । वेला वेलामा अन्य स्रोत व्यक्तिहरु पनि आउने कार्यक्रम थियो । अर्जेन्टीनाबाट मारिया, अष्ट्रेलियावाट ज्याक, व्राजिलवाट भिसेन्टी र डा. एविलो, जर्मनवाट जाना, केन्याबाट आजेपाट, नेदरल्याडवाट जुडि, पोल्याण्डवाट टोमस, वेलायतवाट अलेक्स र जिम, अमेरिकावाट विल र वेभ, उरुग्वेबाट माथियास, त्यसै गरी अफ्रिकावाट जर्जको सहभागीता रहेको थियो । प्रशिक्षक टोलीमा ग्लोवल फार्मर नेटवर्कका अध्यक्ष रेग क्लाउज, सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत मेरी, जिना (मेक्सीको),कोकु (नाइजेरिया), मेरी क्लाउज (अमेरिका), डेलिन्या (अमेरिका), जोइ (अमेरिका), ग्राविरियल (उरुग्वे) रहेका थिए । परिचयको क्रममा आ आफ्नो पृष्ठभूमि वताएका थियौं । परिचय दिएका थियौं । सवैका सुनेका थियौ. । सवैजना कृषि व्यवसायमा संलग्न रहेका थियौं । सवैले आफ्ना फर्म र उत्पादनका वारेमा जानकारी आदान प्रदान गराएका थियौं । क्रमसः

 

Leave a Reply

Your email address will not be published.