लुम्बिनी अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

शिक्षा/स्वास्थ समाचार

बुटवल । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुपर्ने छैन ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालका अनुसार लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग) सेवा र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शैया) मा उपचार गर्न आउनेलाई कुनै पनि शुल्क लाग्ने छैन ।

प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशल्क गर्न चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । टिकट र वेड निःशुल्क भए पनि टिकट भने अनिवार्य रुपमा काटनु पर्नेछ ।

 

Leave a Reply

Your email address will not be published.