जर्मनबाट फर्कदा विमान स्थलमा परेको झन्झट

समाचार

फ्राकफ्रटमा रहेको म्यारिएट होटलवाट निस्केको ४५ मिनेट जतिमा विमान स्थल पुग्यौं । बाटोमा अर्जेन्टीनाको मारियासँग गफ गर्दै आएँ । उस्को धेरै जसो समय विदेशमा नैं वित्दो रहेछ । विभिन्न कम्पनीको सल्लाहकार अनी विभिन्न एजेन्सीहरुसँग समन्वय गर्ने काम रहेछ । मेरो गेट पछि उन्को जाने भएकाले मलाई झन् सजिलो भयो । म ओर्लिए । गेट भित्र झिरें ।
इमिरेट्स एयरलाइन्सको काउन्टरमा गएँ । लाइनमा वसें । पालो आयो । अनलाइनमा फारम भरेको छ ? भनी सोधीन् । कर्मचारी महिला थिइन् । मैले कस्तो फर्म भनें । कम्प्यूटरमा देखाइन् । छैन भनें । यो भर्नु भनेर मेरो मोवाइलमा उन्ले फोटो खिचेर वेभसाइटको नाम दिइन् । इन्टरनेट पनि उनैले कनेक्सन गराइदिइन् । मैले भर्न थालें । मेरो व्यक्तिगत विवरण भर्नु पर्ने रहेछ । कोभिड पछि नेपाल सरकारले विदेशवाट फर्कदा यो फारम भराउने गरेको रहेछ । मैले कोठावाटै भरेको भए पनि हुने तर मलाई थाहा भएन । मेरो जन्म मिति भर्ने स्थानमा साल भरे पछि अन्तीमको अंक महिनामा आफै स¥यो । ४,५ पटक कोसिस गरें । केही उपाय लागेन । त्यहाँका अरुसँग सहयोग मागें । कसैले पनि सकेनन् । फेरी एयरलाइन्सको कर्मचारीलाई मेरो समस्या सुनाएँ । ती कर्मचारी त च्याँठिइन । मेरो समस्या होइन तेरो सरकार र देशको समस्या हो । अरु देशमा यस्तो गर्नु पर्दैन तिम्रो देशको मात्र कस्तो चलन हो भन्दै केही सहयोग गर्न सक्दिन भनिन् । के उपाय छ त भनें । तिमिले ४० यूरो तिर्नु पर्दछ, यहाँ सहयोग गर्ने मान्छे पाइन्छ अनी मात्र जान मिल्छ भनीन् । मलाई अलि अलि रिस पनि उठ्यो । जानी नजानी कट्किएँ । प्राविधिक समस्या छ मैले गर्ने ? त्यसो भए यतै वस्छु लौ के गर्दछौ गर । नेपालको समस्या म उही गएर समाधान गर्दछु । म किन पैसा तिर्छु भनें । ती महिला कर्मचारीले अलि नरम भएर अर्को काउन्टर जस्तोमा पठाइन् । त्यहाँवाट भरेर ल्याउ भनिन् । त्यो ठाउँ उनीहरुको कन्ट्याकको कार्यालय रहेछ । हाम्रो तिर मालपोत कार्यालयको छेउमा लेखन्दास भए जस्तो ।
म फर्म भर्ने परामर्शदाता (?) भएको काउन्टरमा पुगें । त्यहा पनि महिला रहिछन् । उही कुरा दोहो¥याउछिन् । ४० यूरोको कुरो । म तिर्दिन मलाइ यहि राख । यहि वसिदिन्छु । मेरो गल्ती नैं हैन म किन तिर्ने भनी रहें । अलि लामै वहस चल्यो । मसँग आएको तर अर्को गेटमा छिरेकी मारियाले मलाइ फोन गरिन् । परेको समस्या सुनाएँ । म आउँत भन्दै थिइन् । नआउ, म मिलाउँछु भनें । पछि भेटौला भन्दै थिइन् तर पछि भेट हुन सकेन । मलाई तनाव पनि भैरहेको थियो ।
हामी विचको वहस मलेसियाका इन्जीनियर जोडीले हेरीराखेका रहेछन् । उनीहरु आएर के भयो भने मेरो कुरा सुनाएँ । तिम्रो तर्क ठिक छ भने ती कर्मचारीसँग कुरा गरे । तर त्यो कर्मचारी मानिनन् । अनी तिमीसँग पैसा छैन हो ? भनी सोधे । हैन मसँग पैसा छ तर किन तिर्ने मेरो कुनै गल्ती नैं छैन भनें । ती श्रीमती इन्जिनियर (उनी शिक्षा विज्ञ रहिछिन्) ले २० यूरो दिएर यो काम सल्टाउ भनिन् । हुँदैन । तपाइलाई धन्यवाद । मलाई पैसा चाहिंदैन मसँग छ भनें । फेरी उनले ४० यूरो निकालेर ती काउन्टर की कर्मचारीलाई दिँदै यो काम छिटो गर्दैऊ भनीन् । मैले पैसा दिनु पदैन भन्दा भन्दै दिइन । मैले पैसा फिर्ता दिन अनेक कोशिस गरें तर पैसा लिन मान्दै मानेनन् ती जोडीले । मलाई आत्मग्लानी भैरह्यो । त्यती खेरसम्म मेरो फर्म भरेर पनि तयार भयो । त्यो जोडीसँग एक सेल्फी लिएँ । पैसा फिर्ता गर्न कोशिस गरें । ल अहिले मसँग पैसा छैन जस्तो लाग्यो होला म नेपाल गएर डलर पठाइदिन्छु खाता नं. देउ भन्दा पनि मानेनन् । उल्टो केही यूरो सिक्का मेरो गोजीमा हालिदिए । म छक्क परें । म फेरी चेकइनको लागि लाइन् लागें । उनीहरु कता लागे थाहा भएन ।
इमिरेट्स एयरलाइन्सको काउन्टरवाट चेक इन गरी मेरो सुटकेश काठमाडौंमा नैं लिने गरी हालिदिएँ । ल्यापटप भएको सानो झोला वोकी चेक जाँच तिर लागें । पानीको वोतल थियो । वोतल खाली बनाउन लगायो । पानी दिएँ । अघिको घटनाले मलाइ तनाब नैं वनाइरहेको थियो, खास गरी त्यो जोडीले मेरो लागि पैसा खर्च गरिदिएकोमा । म विमान प्रतिक्षा गर्ने कक्षमा गएर फेसवुक चलाएर वसेका थिएँ । त्यो जोडी भेटिन्छ कि भनी आँखा डुलाइरहेको थिएँ । एक्कासी ती महिला चाँही म अगाडी आएर हेल्लो भनिन् । म खुसी भएँ । उनी मुस्लीम थिइन् । पुन भेटेकोमा खुसी हुँदै कुराकानी गरें । फेरी पैसा फिर्ता गर्छु भनें तर मान्दै मानिन् । उनी र मेरो एउटै प्लेन रहेछ दुवईसम्म । उनका श्रीमान् इन्जीनियर चाँही जर्मन नैं वस्ने रहेछन् । उनी चाँही शिक्षा विज्ञ रहिछन् । ३ वटा अन्तराष्ट्रिय स्तरको र धेरै वटा राष्ट्रिय पुरस्कार प्राप्त गरीसकेकी विज्ञसँग यस प्रकारले भेट भयो । फेसवुक र ट्यूटरवाट साथी वन्यौं । उनीसँग अहिले पनि अनलाइन कुराकानी भैरहन्छ । उनको आमा मलेसियामा क्यान्सरको विरामी भएकोले घर जान लागेकी रहिछन् । मलाई किन यसरी सहयोग गर्नु भयो भनी प्रश्न गरें । उनीले भनिन्, यस्तो असजिलो कहिले कस्लाई पर्दछ थाहा हुन्न । अर्को चोटी मलाई पर्ला त्यो बेलामा तिमीले मलाई सहयोग गर्नु पर्ला । यो त अल्लाहको खटन हो पो भनिन् ।
अनी त्यती दुःख गरेर भरेको फर्म कहीँ पनि खोजिँदो रहेनछ । न त नेपालमा आए पछि त्यसवारेमा कसैले सोध्यो । अनावश्यक दुःख किन दिनु परेको होला । फर्म भर्नै पर्ने भए पनि नेपालमा नैं भरेको भए पनि हुन्थ्यो नी । अनावश्यक रुपमा विदेशको विमानस्थलमा दुःख पाइयो । कि त सिस्टम ठिकसँग राख्नु कि भने यसतो नचाहिने झन्झट नदिनुनी । क्रमसः

 

Leave a Reply

Your email address will not be published.