होटल छाडे पछि थाहा पाएँ म्यारियटको चर्चा

समाचार

विमानस्थलमा चेकइनको झन्झटबाट मुक्त भए पछि एक खाल्को तनाब कम भयो । मलाई सहयोग गर्ने मध्ये एक जना शिक्षा विद्सँग भेट भयो । उनीसँग गफ लामै भयो । विमान चढ्नु अघि हामीसँग प्रसस्तै समय वाँकी थियो । उनको विषयगत विज्ञताको चर्चा ग¥यौं । गफै गफमा तिमी कुन होटलमा वसेको भनी सोधिन् । मैले मारियट भनें । उनी छक्क पर्दै त्यही वास वसेको ? भनी सोधिन् । मैले हो भने । होटलको फोटो देखाउ भनिन् । मसँग होटल वाहिरवाट होटलको भवन आउने गरी सेल्फी खिचेको थिएँ त्यही देखाएँ । चाख देखाउँदै वाहिरको त मलाई थाहा छ भित्रको देखाउ भनिन् । मैले तालिम कक्षको मात्र फोटो लिएको रहेछु । त्यही देखाएँ । होइन, वेड रुमको देखाउ भनिन् । मैले फोटो खिचेकै थिइँन वेड रुमको । छैन भनें । किन यती चासो लिएको भनी मैले प्रश्न गरें । त्यसतो महँगो होटलमा तिमि वास वसेका रहेछौ त्यसैले त्याँहा भित्र के रहेछ भनेर हेर्न खोजेको भनिन् । त्यस पछि पो मलाई छक्क लाग्यो । त्यो होटलको कोठाको सुविधा र केही महिना अघि म धुलिखेलको आगन्तुक रिसोर्टको कोठाको सुविधामा केही फरक लागेको थिएन मलाई । त्यसैले मलाई कुनै नौलो लागेन । हुनत, धुलिखेलको त्यो होटलमा पनि एक रात सुतेको एक कोठाको कर वाहेक ९ हजार ५ सय पर्छ भनेर त्यहाँका कर्मचारीले भनेका थिए । मैले तिर्नु पर्ने होइन त्यसवारेमा थप चासो लिइँन तर महँगो लागेको थियो । मारियटमा पनि सोही खाल्को सुविधा भएकाले मैले सामान्य रुपमा नैं लिएको थिएँ । त्यो होटलको म वसेको कोठामा विभिन्न किसिमका चिया र कफिका प्याकेट थिए । तातोपानी तताउने एक जग थियो । वाथरुममा तातापानी चिसो पानी । स्याम्पु, सावुन दिन पिच्छे फेरिने, एसी, टिभी सहितको कोठा, आइरन अनी सामान्य कुर्सी टेवल यी र यस्तै सामाग्री थिए । धुलिखेलको आगन्तुक रिसोर्टमा त्यहाँ भन्दा एक वढि सुविधा थियो । धुलिखेलमा हरेक दिन दाँत माझ्ने ब्रस र मन्जन पनि हुने गर्दथ्यो । मैले म्यारियटमा त्यो भिटिन । मात्र फरक थियो ठाउँ त्यो जर्मनीको राजधानी थियो । अनी अर्को फरक थियो । होटलको तला । म २६ औं तलाको २६१५ नं. को कोठामा वसेको थिएँ । म वसेको तला भन्दा माथि अझै त्यती नैं अग्लो देखिन्थ्यो । सायद ५० तला भन्दा धेरै थियो होला त्यो होटल ।
फांकफ्रटमा हुँदा त्यो होटलको टप गएर फोटो खिच्ने रहर जागेका थियो र होटलको रिसेप्सनमा आग्रह गरें । किनकी मेरो आफ्नै पाराले ३ वटा तला भन्दा अन्यत्र जाने मलाई अनुमती थिएन । अर्थात मेरो साँचोवाट ३ वटा तलाको मात्र स्वीच थिच्न मिल्दथ्यो । रिसेप्सेशन र रेष्टुरेन्ट भएको भुइतला, हाम्रो तालिम कक्ष भएको पाँचौ तला र मेरो कोठा भएको २६ औं तला । मेरो रहर होटलको सोधपुछकर्तासँग राख्दा मैले अनुमती पाउन सकिन । किनकी त्यो होटलको टप खाली वा छत छैन रे । कोठाहरु मात्र छन् रे । मलेसिएन नागरिकले त्यो होटलको वारेमा चाख दिएकोले मलाई अहिले चाँही थप फोटो नखिचेकोमा थकथकी लाग्यो । नत्र मलाई वास्ता नैं थिएन ।
उनीले त्यो म्यारियट होटलका वारेमा थप प्रसंग निकालिन् । अघिल्लो साँझ उनका श्रीमान्ले नयाँ ठाउँमा लैजान्छु भनी त्यही होटलमा लगेका थिए रे । त्यसतो महँगोमा अरु त के खानु भनेर एक एक कप जुश खाएर फर्कियौं भनीन् । अनी कति पैसा पर्दो रहेछ त भनेर मैले सोधि हालें । उनको उत्तर थियो, सायद १०० यूरो जती तिरे होलान् मेरा श्रीमान्ले । अव चाँही म छक्क परें अनी त्यो कोठाको फोटो नखिचेकोमा मलाई थक्थकी लाग्यो । यतीखेर आएर ढुक्क लागेको कुरा चाँही के हो भने अन्तराष्ट्रिय स्तरको विकसित मुलुकमा हुने सुविधा भएका होटल नेपालमा पनि रहेछन् । सायद जर्मनको भन्दा मूल्य पक्कै सस्तो नैं होला । नेपालमा पनि धुलिखेलको आगन्तुक होटलको जस्तो सुविधा र खुल्ला ठाउँ भएको होटल मैले भेटेको थिइन । धुलिखेलको त्यो होटल ७० रोपनी जती जग्गामा फैलिएको भन्ने सुनेको थिएँ । नेपालमा त्यस्ता होटल होलान् तर म वास नवसेको हुनसक्छ ।
नेपाल आए पछि मलाई आफु बास वसेको होटलका वारेमा थप जानकारी लिन मन लाग्यो । धुलिखेलको आगन्तुक रिसोर्टसँग तुलना गर्न खोजें । सुविधामा माथि नैं भनिसकें केही फरक थिएन तला र स्थान मात्र फरक हो । गुगल सर्च गरी हेरें । जर्मनको म्यारियट होटलमा एक रात सुतेको एक कोठाको कम्तीमा ११९ यूरो देखि १९५ सम्म पर्दो रहेछ । एक यूरो लिनको लागि मैले रु १३४ तिरेको थिएँ । यस हिसावले १५ हजार ९ देखि २६ हजार सम्म पर्दोरहेछ । धुलिखेलको आन्तुतकमा ८ हजार ५ सय देखि १० हजारसम्म देखियो । खानाको पक्कै छुट्टै हिसाब होला । म्यारियट होटल अन्तराष्ट्रिय व्रान्ड रहेछ, त्यही तुलनाको सुविधा हाम्रो तिरको रिसोर्ट वा होटलले त्यो मूल्य भन्दा कममा नैं दिनु असाध्यै खुसीको कुरा हो ।
गफ गर्दा गर्दै हाम्रो जहाजले हामीलाई वोलायो । उनीले जाने वेलामा चक्लेट दिँदै तिम्रो छोराछोरीलाई लगेर देउ भनी मेरो झोलामा राखि दिइन् । फेरी पनि उनले मलाई अनौठो प्रभाव पारेर नैं गइन् । उनी मेरा लागि अचम्मको मानिस भइन् । सायद उन्लाई म कहिल्यैं विर्सन्न होला । त्यस पछि करिव ८ घण्टा एउटै जहाजमा भैयो तर भेट भएन ।
यो हवाइ यात्रामा हिन्दी सिनेमा हेरें । खाना खाएँ । करिव ८ घण्टाको हवाइ यात्रा पछि दुवई झरियो । नेपाल जाने विमान चढ्ने समय मेरा लागि साढे २ घण्टा जती वाँकी थियो । बस र रेल यात्रा हुँदै टर्मिनल २ मा पुगें । वस तथा रेल यात्रामा अफगानी ४ जना फेला परे । उनीहरु पनि त्यही विमानवाट जर्मन देखि आएका रहेछन् । उनीहरु फ्रान्समा काम गर्दा रहेछन् । रमाइलो गफ गरियो । उनीहरुसँग त टुटेफुटेको हिन्दीमा कुराकानी गरियो । टर्मिनल २ मा पुगेपछि जताततै नेपाली नैं भेटियो । त्यस पछि त अंग्रेजी वोल्नै परेन । मात्र एक पटक विमानमा खाना रोज्ने बेलामा “ननभेज” भन्ने वोल्नु परेको थियो ।
दुवईबाट ४ घण्टा जतीको यात्रामा नेपालको एकमात्र अन्तराष्ट्रिय विमान स्थलमा उत्रियो । म विमानमा चढे देखि नैं मस्त सुतें । किनकी यो यात्रा रातभर भएको थियो । यताबाट जर्मन जाँदा दिनभरको यात्रा थियो भने उताबाट फर्कदा रातभरको यात्रा थियो । जाँदा नेपालबाट विहानको १० वजे उडेर जर्मन चाँही त्यही दिनको वेलुकाको ९ वजेतिर पुगेको थिँए । जर्मन पुग्दा घाम लागि राखेको थियो । उताबाट फर्कदा जर्मनवाट दिउँसो ३ वजे तिर उडें अनी नेपाल आइपुग्दा भोलीपल्ट विहानको ८ वजेको थियो । नेपाल झरे पश्चात सामान्य प्रकृया पूरा गरेर वाहिर निस्कें । मेरो सुटकेस आउन केही वेर लाग्यो । अनी विमानस्थल वाहिर पुगेर ट्याक्सी चढि, घर तिर लागें । खाना खाएर दिनभर सुतें । विगतको भन्दा फरक खाल्को यो पटकको यात्रा समापन गरियो । अर्को श्रृखलामा यो भ्रमणका प्रमुख उपलव्धी र समेट्न नसकिएका विषयहरु उल्लेख गर्नेछु । क्रमसः

 

Leave a Reply

Your email address will not be published.