दक्षिण कोरियामा एकैदिन १ लाख ११ हजारभन्दा बढीमा कोरोना संक्रमण

देश/विदेश शिक्षा/स्वास्थ समाचार

सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

यसैसँगै यहाँका कूल संक्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

अघिल्लो दिनको तुलनामा कोभिड संक्रमण धेरै बढेको पाइएको छ । अघिल्लो दिन ४४ हजार छ सय ८९ जना एक दिनका संक्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो ।

नयाँ केसहरूमध्ये, पाँच सय ६८ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४५ हजार तीन सय ५ जना कोरोनामुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका संक्रमितको सङ्ख्या २८२ पुगेको छ । यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार ८४ पुगेको छ । कूल मृत्युदर ०।१३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published.