सिभिल सरकारी अस्पताल कि निजीको मार्केटिङ गर्ने थलो ?

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । अहिले सरकारी अस्पतालहरु निजी अस्पतालका मार्केटिङ गर्ने थलो बनेका छन् । आकस्मिक कक्षमा उपचारका लागि आएका विरामीहरु त्यसको शिकार हुने गरेका छन् । खासगरी सिभिल, वीर, त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्ज सरकारी स्वामित्वमा रहेका अस्पतालहरु हुन् । यी हस्पतालहरु अहिले सर्वसाधारणको पहुँचभन्दा बाहिर भइसकेका छन् । सोर्सफोर्स हुने र पहुँचवालाका लागि सबैभन्दा राम्रो उपचार गर्ने ठाउँ हो भने गाउँघरबाट आएका गरीव, निमुखा र सोर्सफोर्स नभएकाको लागि आकासको फल भएको छ । यी अस्पतालहरुमा २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा छन् । ती आकस्मिक कक्षमा तत्काल हेर्नुपर्ने विरामीलाई राखेर उपचार गराइन्छ ।

त्यसपछि विरामीको अवस्था हेरी भर्ना गरेर थप उपचार थाल्नुपर्ने हुन्छ । तर, यी सरकारी अस्पतालमा आकस्मिक कक्ष र केही ओपीडीमा उपचारका लागि आएका विरामीलाई दिनभरि यो जाँच्ने र त्यो जाँच्ने भनेर अलमल्याउने अनि जब बेलुका ८, ९ बजेतिर भएपछि कुरुवा र आफन्तहरुलाई तिम्रो बिरामीको अवस्था गम्भीर छ । उसलाई आइसियु चाहिन्छ । यहाँ खाली छैन, बेड पनि खाली छैन । हामीले भनेको ठाउँमा लाने भए सम्भावना छ नत्र जे पनि हुनसक्छ भनेर अत्याउने गरिन्छ । त्यस्तै घटना गत बिहीवार मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा भएको छ । सिन्धलीबाट पेटसम्बन्धी समस्या भएर एक बिरामी ल्याइएको थियो ।

बिरामीका आफन्त भन्छन्, ‘पेटमा समस्या भएर घरबाट कहाँ लाने भन्नेभयो । त्यसपछि सरसल्लाह गरेर सरकारी अस्पताल लाने त्यसमा सिभिल राम्रो छ, भन्ने भयो अनि हामीले यहाँ ल्यायौं । विरामीको अवस्था अलि गम्भीर भएकाले आकस्मिक सेवामा उपचार थालियो । दिनभर आकस्मिक कक्षमा उपचार गरियो अनि बेलुका ९, १० बजेतिर तपाईंको विरामीलाई आइसीयुमा राख्नुपर्छ भन्नुभयो ।’ हामीले मिलाइदिन अस्पतालसँग अनुरोध ग-यौं । यहाँ बेड र आइसियु खाली छैन कोटेश्वरस्थित गौतम बुद्ध अस्पताल लानु खासै महंगो छैन भनेपछि हामीले फोन ग-यौं । फोन गर्नासाथ गौतम बुद्ध अस्पतालले एम्बुलेन्स पठायो । त्यसमा हामीले त्यसमा राखेर बिरामी त्यहाँ पु-याइयो ।

गौतम बुद्ध अस्पतालको काउन्टरमा एक रात राखेको आइसियु खर्च कति लाग्छ भन्दा ४ हजार भनियो । त्यसभन्दा औषधि, चेकजाँचको छुट्टै भनियो । भोलिपल्ट टाउकोको सिटिस्क्यान गर्नुपर्छ भनियो । त्यसको लागि भक्तपुर देखाइयो । एकजना आफन्त पनि यही क्षेत्रमा काम गर्ने भएकाले गौतमबुद्धले भनेको ठाउँमा ४५ सय भनेको थियो । किस्ट अस्पतालमा ३५ सयमा गरेर ल्याइयो,’ पीडित बताउँछन् । उनी थप्छन्, ‘हामीलाई सिभिल अस्पतालले गौतम बुद्ध अस्पतालमा जुन सेवा, सुविधा र सरल छ भनेर पठाएको थियो । त्यहाँ त्यो सेवा, सुविधा र उपचार उपकरणहरु छैनन् । हामीले त आजको लागि यहाँ पठाएको होला भोलि सिभिल अस्पतालले उपचार गर्नेहोला भनेर लगेका थियौं ।

त्यसको भोलिपल्ट सिस्टीस्क्यान गर्न भक्तपुर लानु भन्ने, बिरामी कुरुवालाई भेट गर्न नदिने । बाहिरबाट भिजिटरहरु आएपछि औषधि किन्न पठाउने । बिरामीको अवस्था कस्तो भन्दा आइसीयुमा राख्नुपर्छ भन्ने उपचारको लागि एउटा सामान्य एक्सरेसम्म बाहिर गएर गर्नुपर्ने । त्यसको लागि नजिक पायक पर्ने ठाउँमा कुनै चिज नहुने अनाकन्टारमा हामीलाई २ दिन राखियो, उनले भने । त्यहाँ बिरामी जुन पीडाले ल्याइएको थियो । त्यसको उपचारै नगरेर कहिले टाउकाको स्क्यान गर भन्ने कहिले खुट्टाको एक्सरे गर भन्ने गरी अलमल्याउने काम भएपछि हामीले बिरामी अन्यत्र लाने निर्णय ग¥यौैं । अस्पताल प्रशासनले आनकानी गरेपछि मैले साथीहरुलाई भने । साथीहरुले आएर ‘हामीसँग यहाँ राखेर उपचार गर्ने औकात छैन ।

अब हामीसँग पैसा छैन सरकारी अस्पताल लान्छांैं भनेर अनुरोध गर्नुभयो । त्यसपछि डिस्चार्ज गर्ने भनियो । त्यसमा पनि डाक्टर आएपछि गरौला भन्दै ३ घण्टा ढिला गरियो । २ दिन आकस्मिक कक्षमा उपचार गरेको ३ दिनको पैसा मागियो । त्यसपछि त्यहाँबाट पाटन अस्पतालको आकस्मिक कक्षमा ल्याइयो उनले भने । उपचारको लागि ल्याएको पैसा चकनाचुर भयो विरामीको समस्या ज्यूकात्यूँ छ, पीडित दुखेसो पोख्छन् ।

Leave a Reply

Your email address will not be published.