माओवादीमा लिलामणिको ठाउँ खोई ?

समाचार

काठमाडौं । माक्र्सवादको गहन अध्ययन र राष्ट्रवादी चेतनाका धनी भएर पनि स्थायी निर्वाचन क्षेत्र नपाउँदा माओवादी केन्द्रका वरिष्ठ नेता लिलामणि पोखरेल अहिले यता न उताका बनेका छन् ? संसदीय चुनावका बेला कहिले सिन्धुली त कहिले काठमाडौं क्षेत्र नं. ५ (हालको क्षेत्र नं. १०), कहिले काठमाडौं २ को उपचुनावमा भिडेपनि २०४८ सालमा संसदमा लिलामणि पोखरेल, अमिक शेरचन, कमल चौलागार्इं, विष्णु वाइवा, कमानसिंह लामाको प्रस्तुति नै आकर्षण थियो ।
तत्कालीन जनमोर्चाका ९ सांसदमध्ये कृष्णबहादुर महरा, वरमन बुढा रोल्पा, छक्क बहादुर लामा जुम्ला, विष्णुबहादुर बुढा रुकुमलगायत ९ जना संसद प्रतिनिधिसभामा जगनाथ प्याकुरेल, घनश्याम पौडेलको प्रस्तुतिले कांग्रेसको दमनकारी सरकारको भ्रष्टाचारमाथि जाइलाग्थे । लिलामणि पोखरेलको प्रस्तुतिले राष्ट्रिय राजनीतिमा प्रभुत्व जमाउँथ्यो । त्यस्ता नेतालाई माओवादीले ध्यान दिएको छैन । गुटको पछि नलाग्दा लिलामणिलाई नारायणकाजीले समेत महत्व दिएका छैनन् । काजी वनस्थली स्कुलको शिक्षक हुँदा लिलामणि विद्यार्थी नेता थिए । खुलामञ्चमा पञ्चायत विरुद्धको भाषणले व्यापारीसमेत दंग पर्थे । त्यस्तो नेतालाई माओवादीका भ्रष्ट समूहले कुनै ठाउँ दिएको छैन । संगठनको जिम्मेवारी समेत गतिलो दिँदैन । माओवादीले नेता नचिन्दा संगठन कमजोर बन्दैछ । लगभग माओवादी बिसर्जनको बाटोमा छ । प्रचण्डका छोरी ज्वाइँ बुहारीको लागि पार्टी भएको छ । त्यसले न त सहिद परिवारको सम्मान गर्छ, न त बेपत्ता पारिएका परिवारको मूल्यांकन गर्दछ । न त सरकारमा छँदा माओवादीले गरिबका निम्ति काम गर्छ, न त विकासको योजना नै ल्याउँछ । माओवादी राष्ट्र र जनताको सेवक बन्न सकेन । यो शक्ति लुटाहाको सेवक बनेकोले लिलामणिजस्ता नेताले ठाउँ पाउन सकेनन् ।
नेताको चाप्ुलसी गर्नेहरुले राष्ट्रिय सभाको सांसद पनि नछाड्ने, चुनाव हारेको व्यक्तिलाई सांसद बनाउने काम माओवादीले गरेको छ । तर संसदलाई नै गति दिने पार्टीको हितमा बोल्न आन्दोलनका मोर्चामा पत्याइने लिलामणिहरु सँधै टाढा रहेका छन् । त्यही कारण माओवादी जनताबाट टाढिँदै गएको छ ।

Leave a Reply

Your email address will not be published.