बैंक र इन्सुरेन्स मारवाडीको कब्जामा

समाचार

काठमाडौं । सरकार कामचलाउको हैसियतमा छ तर मन्त्रीहरु धमाधम दूरगामी महत्वका निर्णय ठोक्दैछन् । चुनाव हारेकाहरूले धमाधम फाइलमा साइन ठोक्दैछन भने जितेकाहरुको चुरीफुरी झनै बढ्ने नै भयो । यो मामलामा दुइ पाइला अघि देखिएका छन्, जनार्दन शर्मा । उनले चुनाव लगतै राजश्वका डिजी चलाए,त्यतिले पुगेन भन्सारका हाकिम फेरे । अहिले ठूला व्यापारीको पक्षपोषण हुने गरी लघु बीमा लाइसेन्स बाढ्न भ्याएका छन् । ठूला व्यापारीहरुबाट राम्रै आर्थिक शुभलाभ हात पारेपछि अर्थमन्त्री शर्माले ३ वटा जीवन बिमा र ४ वटा लघु निर्जीवन गरी सात वटा कम्पनीलाइ लाइसेन्स बाढ्न भ्याएका छन् । र बहानाबाजी गरिएको छ,७ प्रदेशमा बीमा कम्पनी खोल्ने । यस्मा झण्डै एक अर्बको चलखेल भएको अर्थ मन्त्रालय स्रोतको दावा छ । यसरी लाइसेन्स फुत्काउन सफल भएका व्यापारीहरुमा कोरोना कालमा थर्मल गनमा कालोबजारी गरेर पक्राउ परेका साहिल अग्रवाल रहेका गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी मोरङ, विराटनगर र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड भरतपुर, चितवन दुवै शंकर ग्रुपका कम्पनी हुन । यस्तै लाइसेन्स हात पार्ने अर्काे कम्पनी हो सतिश मोरको । उनी मातहतका लक्की ग्रुपको कम्पनी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरेन्द्रनगर, सुर्खेत र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लि. धनगढी, कैलाली रहेका छन् । यस्तै खेतान ग्रुप मातहत रहेका स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड जनकपुरधाम, धनुषाले अर्काे लाइसेन्स हात पार्न सफल भएको छ । यस्का अलवा तुल्सीराम अग्रवाल,त्रिलोकचन्द्र अग्रवाल निकटको अर्काे कम्पनीले लाइसेन्स फुत्काएको हो । उक्त कम्पनी हो माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी,यो केह््री अघि एनआइसी एसिया बैंकमा बिलय भएको साइन रेसुङ्गा बैंकद्धारा प्रवद्धित कम्पनी हो । यस्का अलवा रचित अग्रवालहरु लगानीकर्ता रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले पनि लाइसेन्स फुत्काएको छ । अधिकांश बैंक तथा बीत्त कम्पनीहरु त मारवाडीहरुकै कब्जामा थिए । अब लघुविमा समेत यिनै मारवाडीको कब्जामा पुगेको हो । अर्थमन्त्री जनार्दन शर्माले ७ वटै लघु बीमा कम्पनी मारवाडी व्यापारीलाई सुम्पेर मोटो आर्थिक शुभलाभ हात पारेको लाइसेन्स हात पार्न असफल व्यापारीहरुको आरोप छ ।
पछिल्लो तथ्य खोतल्ने हो भने,हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये अधिकांश मारवाडीकै पकडमा छ । यस्तै ४० बीमा कम्पनीमध्ये अधिकांशमा उनीहरुकै बोलबोला छ । जस्तो मर्जरको अन्तिम तयारीमा रहेको नेपाल बंगलादेश बैंक,एनएमबी बैंक,एनआइसी एसिया,नविल बैंक,सनराइज बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक लगायतका बैंक मारवाडीकै पकडमा छ । यस्तै बीमातर्फ अधिकांश कम्पनीहरु मारवाडीकै पोल्टामा छ । यसरी मारवाडी व्यापारीहरुले यता लगानी गरेर आर्जित नाफा हुण्डिमार्फत विदेशतिर पु¥याइरहेको जानकारहरु सुनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *