प्रदेश २ मा दुवै गठबन्धनभित्र वितृष्णा

समाचार

काठमाडौं । अहिले संघ र प्रदेश निर्वाचन नजिकिँदै गर्दा सत्तापक्ष गठबन्धन र प्रतिपक्ष गठबन्धनबीच रस्साकस्सी हुन थालेको छ । यसै सेरोफेरोलाई लिएर २ नम्बर प्रदेश अन्तर्गत प्रतिपक्ष दल नेकपा एमाले र राप्रपा नेपाल, जनता समाजवादी पार्टीलगायतसँग चुनावी तालमेल गरेर अगाडि बढेको छ । तर, अधिकांश २ नम्बर प्रदेशका जनताहरुले अहिले विरोध गर्न थालेका छन् । कतिपय जनताले खुलेरै उपेन्द्र यादवजस्ता नेता चाहिँदैन, देश बेच्न पाइँदैन भन्नेजस्ता नारासमेत कार्यकर्ताहरुले लगाउन थालेका छन् । अधिकांश तराइवासी जनताले प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर चुनावमा होमिएको कारण कतिपय तराइवासी नेताहरुलाई चुनाव जित्ने अवस्था क्षिण भएको बताइन्छ । अहिले २ नम्बर प्रदेश अन्तर्गत कतिपय जिल्ला र प्रदेशमा संघ र प्रदेश निर्वाचनमा होमिइरहेका नेताहरुलाई त्यहाँका जनताले सोध्न थालेका छन्, ‘तपाईहरुले हामीलाई के के दिनुभयो ? तराइको विकासको लागि के के गर्नुभयो ? भन्दै दुवै गठबन्धनका नेताहरुलाई प्रश्न तेस्र्याउने काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *