पहिरोले बेनी जोमसोम सडक अवरुद्ध

पर्यटन

बेनी जोमसोम हिलाम्मे सडकमा मुस्ताङ गन्तव्य बनाएर हिँडेका सवारी साधनलाई सकस परेको छ।

सडकको म्याग्दी खण्डमा सास्ती भएको हो। राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको म्याग्दी खण्डको आधा दर्जन स्थानमा सडक हिलाम्मे भएको करिडोर सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। अहिले म्याग्दीको दानामा गएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ।

अन्नपूर्ण लेख्छ बेनी जोमसोम ७६ किलोमिटर सडकखण्डको दोश्रो प्याकेज अन्नपूर्ण गाउँपालिका दाना, रुप्से झरना र काभ्रेभीरमा सडक हिलाम्मे भएको शेरचनको भनाइ छ। म्याग्दीको भुरुङ तातोपानी देखि मुस्ताङको कोवाङ सम्म २ वटै प्याकेजको काम शर्मा गजुरमुखी जेभीले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *