८ सय सवारीमा ई–टिकेटिङ लागू गरिँदै

गण्डकी प्रदेश पर्यटन

पोखरा महानगरपालिकाको संयोजनमा शुक्रबारदेखि पोखरामा चल्ने सबै नगर बसमा भदौदेखि ई–टिकेटिङ (विद्युतीय प्रणालीमार्फत भुक्तानी) लागू हुने भएको छ ।

यसबाट बस व्यवसायी र यात्रु दुवैलाई सुविधा पुग्ने महानगरको दाबी छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी भन्छन्, ‘स्मार्ट महानगरको अवधारणाअनुरूप महानगरले ८ सयवटा सार्वजनिक यातायात साधनमा सो सेवा लागू गर्ने तयारीअनुरूप परीक्षण थालेको हो ।’ उनका अनुसार नगरमा चल्ने ३ सय र पोखराबाट चल्ने ५ सय सवारीमा सो व्यवस्था क्रमशः लागू हुनेछ ।

पोखरा–१ सिम्पानीदेखि पोखरा–१७, घारीपाटनस्थित आँखा अस्पतालसम्मको रुटमा चल्ने गाडीमा सो मेसिन जडान भइसकेको र १ भदौसम्म नगरका सबै सार्वजनिक बसमा ई–टिकेटिङ लागू गर्ने उनले । एन क्लाउड नामक संस्थाको प्राविधिक संयोजनमा पहिलो चरणमा छोटो दूरीमा व्यवस्था गरिएको ई–टिकेटिङ सिस्टम बिस्तारै लामा दूरीका गाडीमा पनि राखिने यातायात व्यवसायीको भनाइ छ ।

कम्पनीका प्रमुख दीपेन्द्रनारायण श्रेष्ठले बस व्यवसायी र यात्रु दुवैलाई सुविधा हुनेगरी विद्युतीय मेसिनबाट पैसा तिर्ने व्यवस्था मिलाइएकोे जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *