स्थानीय सेवा ऐन तत्काल जारीको माग गर्दै सुदूरपश्चिममा धर्ना

समाचार सुदूरपश्चिम प्रदेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् ।

पूर्णिमा पर्व (होली)को सार्वजनिक बिदाका बेला आन्दोलन रोकेका उनीहरूले सोमबारदेखि फेरि आन्दोलन थालेका हुन् । प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा विचाराधीन रहेको विद्येयकमा रहेको व्यवस्था हेरफेर हुनुपर्ने माग गर्दै माओवादी र रास्वपा निकट विद्यार्थीहरू आन्दोलित भएका बेला कर्मचारीहरू समेत आन्दोलनमा उत्रिका हुन् ।

उनीहरूले सोमबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटमा धर्ना सुरू गरेका छन् । कर्मचारीहरूले स्थानीय तह कर्मचारी संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *