नेपालले एसपीपी सम्झौता अघि नबढाउने

राजनीति समाचार

काठमाडौं । नेपाल सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी सम्झौता अगाडि नबढाउने भएको जनाएको छ । साउन ९ गते अमेरिकालाई एसपीपी सम्झौता अगाडि बढाउन असमर्थ रहेको लिखित जानकारी पठाइसकिएको परराष्ट्रमन्त्री नारायण खड्काले संसद्‌मा जानकारी गराएका छन् ।

आन्तरिक तयारीका कारण केही समय लागेको बताउँदै स्पष्ट कुटनीतिक जवाफ पठाएको उनले बताएका छन्
नेपाल सरकारले २०७९ असार ६ गते एसपीपी अघि नबढाउने भनेर निर्णय गरेको छ। एसपीपी सम्झौता सरकारले अघि बढाउन चाहेको भन्दै विरोध भएपछि उक्त निर्णय भएको थियो।

संसद्‌मा र संसदीय समितिमा अमेरिकालाई उक्त निर्णय जानकारी गराएका विषयमा प्रश्न उठेपछि सरकारले जवाफ दिएको हो। नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्तमा अडिग रहेको बताउँदै मन्त्री खड्काले यसबाट विचलित नहुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *