गृहमन्त्रालय र अध्यागमन कार्यालयको सेटिङ कसले तोड्ने ?

राजनीति समाचार

काठमाडौं । ठुला दुई दलको सरकारले सुशासन र देशमा विकास गर्नेभन्दा पनि कसरी हुन्छ कमाउ धन्दा अगाडि बढाएका छन् । नगरुन् पनि किन ? विभिन्न दलबाट निर्वाचित सांसदहरुले बल्लतल्ल मन्त्री बन्ने अवसर पाउने गर्छन् । मन्त्री, सांसद बनेर उर्तिपुर्थि धन्दा चलाउँने गरेका छन् । सर्वसाधाराण जनताको कामभन्दा पनि कमाउधन्दालाई प्राथमिकता दिएर मन्त्री र सांसदहरु बद्नाम हुने गरेका छन् ।

त्यसको उदाहरण बनेको यतिबेला गृहमन्त्रायल । गृहमन्त्री रमेश लेखकले यतिबेला आफ्नो मन्त्रालयमा जनक भट्टलाई पिय राखेका छन् । जनक भट्टको आदेश र मनपरीतन्त्रले कर्मचारीवर्गभित्र भद्रगोल भएको छ । गृहमन्त्रीका पिय जनक भट्ट र कर्मचारीको सेटिङमा एयरपोर्ट अध्यागमन कार्यालयबाट दिनहुँजसो १५ सयभन्दा बढि नेपालीहरु विदेशीने गरेका छन् । तीनै विदेश जाने नेपालीहरुबाट लाखौं रुपैया उठाइरहँदा पनि सम्बन्धित निकायको ध्यान गएको छैन । अध्यागमन कार्यालयमा पाँच÷सात जनाको हुल एकैचोटी लाग्ने गर्दछ । सो हुललाई अध्यागमन कार्यालयबाट एयरपोर्टभित्र छिराएर पैसा असुलिरहेका छन् । कहिले डिजिको आफन्तहरु भन्ने, कहिले सचिवको आफन्त भन्ने र कहिले सहसचिव र उपसचिवको मान्छे भन्दै विदेश पठाउने धन्दा सञ्चालन गरेका छन् । अध्यागमन कार्यालयमा रहेका छन्, शाखा अधिकृत यज्ञ अर्याल ।

गृहमन्त्रालयमा जनक भट्ट, धर्मराज जोशी, बद्रि तिवारी, छवि रिजालको सेटिङमा अधिकांश मानिसहरु भिजिट भिसादेखि अन्य भिसामा नेपालीहरु विदेश पठाइरहेका छन् । तर गृहमन्त्री लेखक भने रमिते बनेर बस्ने गरेका छन् । यीनै कर्मचारीहरुको सेटिङमा अध्यागमन कार्यालयबाट नेपालीहरु विदेशीने गरेका छन् । कांग्रेस र एमाले मिलेर बनेको सरकारले कर्मचारीहरुले गरेको यस्तो हर्कतलाई नियन्त्रण गर्न सकेको छैन । एकातिर कर्मचारीको सेटिङ अर्काेतिर मन्त्रीका पिय जनक भट्टको सेटिङले गर्दा गृहमन्त्रालय अस्तव्यस्थ बनिरहेको छ । तर सरकारको ध्यान त्यतातिर पुग्न सकेको छैन । गृहमन्त्रालयभित्रको समाचार तामाकोशी सन्देश साप्ताहिकले गत हप्ता पनि प्रकाशित गरेको थियो । सो समाचार प्रकाशित गरेतापनि गृहमन्त्रालयभित्रको विकृति र विसंगतिको चाङ झन् बढेर गएको छ । गृहमन्त्रालयका कर्मचारी, अध्यागमन कार्यालयका कर्मचारी र मेनपावर कम्पनीहरुको सेटिङले गृहमन्त्रालय कमाउको भाडो बनिरहेको छ ।

त्यसले गर्दा सरकार दिनप्रतिदिन बद्नाम हुदैँ गएको छ । गृहमन्त्रीकै कारण अध्यागमन कार्यालयदेखि प्रहरी प्रशासन समेत कमजोर बन्दै गएको छ । गृह सचिव गोकर्णमणि दुवाडीले त्यस्तो विकृति र विसंगति रोक्नुपर्ने ठाउँमा उनै कर्मचारीको सेटिङमा साँठगाँठ गरी आर्थिक लाभ लिइरहेका छन् । सबैभन्दा बद्नाम गृहसचित्र बनेका छन् । गृहसचिव दुवाडी भुमि सहकारी मन्त्रालयको सचिव हुँदा बद्नाम भएका व्यक्ति हुन् । उनै दुवाडीलाई गृहमन्त्री लेखकले गृहमन्त्रालयमा लगेर कमाउधन्दा चलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *