देशभर नेता छान्दै पत्रकार

राजनीति समाचार

काठमाडौं । देशभरका पत्रकारहरूले भोलि मंसिर २८ गते नयाँ नेतृत्व चुन्दैछन् । जिल्ला शाखा, प्रदेश एसोसिएट शाखाहरूको खुला रुपमा छनोट गर्ने नेतृत्वको लागि केन्द्रमा प्रेस सेन्टर र युनियनको विद्रोही समूह अन्य दल निकट ५ संगठन एकातिर, प्रेस युनियन र प्रेस चौतारी अर्कोतिर, श्रमजीवी पत्रकारहरूको मोर्चा र लालसिंह लामासमेत चार जना अध्यक्षका दाबेदार केन्द्रमा प्रतिस्पर्धा गर्दैछन् ।

ठूलो संख्यामा सदस्य भएको काठमाडौँ शाखामा धेरैको आकर्षण छ । त्यहाँ पनि प्रेस सेन्टरको नेतृत्वमा एउटा सरकारी टिम चौतारी र युनियनको अर्को छँदैछ । महासंघमा पेशागत मर्यादा र व्यावसायिकता चुनावका बेला कुरा उठ्छन् । चुनावपछि केन्द्रमा पुगेकाहरुले साना लगानीका स्वरोजगार मुूलक पत्रपत्रिकाको हितमा चासो नदिने यसपटक पनि स्थापित हुनेछ । सरकारी गठबन्धन भएका नेपाली कांग्रेस एमालेबिचको गठबन्धन पत्रकारहरूमा पनि स्थापित भएको छ । तर सन्तुष्टि चौतारीमा पनि भएन युनियनमा हरेक पटक विद्रोहीले चुनाव जित्ने र नेतृत्व लिने गरेका छन् ।

यसपटक वरिष्ठ उपाध्यक्ष रमेश बिष्टलाई प्रेस सेन्टरले आफ्नो औकात प्रदर्शन गर्दैछ । आम मतदातासँग जानुपथ्र्याे । तर प्रेस युनियनका बिष्ट महासंघको केन्द्रीय सदस्यदेखि कोषाध्यक्ष महासचिव वरिष्ठ उपाध्यक्ष हुँदै यसपटक अध्यक्षमा उम्मेदवार भएका छन् । उनले कार्यवाहक अध्यक्षबाट राजीनामा दिँदा सहयात्रीहरूको सुझाव लिएनन् । उनको कमजोरी त्यही हो । बिष्टलाई चुनाव गराउन नदिने प्रेस चौतारी र युनियनको भित्री डिजाइन थियो ।

त्यो बेला बिष्टले छाडे, बाला अधिकारीले चुनाव गराउँदै छन् । यसपटक निर्वाचन हुँदैनथ्यो भने महासंघ बदनाम हुने बाटोमा जाने थियो । नेपाली कांग्रेसका प्रेस चौतारीले उठाएको उम्मेदवार र संयुक्त टोलीको उम्मेदवारबीच हुने कडा प्रतिस्पर्धाले महासंघमा नयाँपन आउन सक्छ कि सक्दैन पर्खनुपर्छ । जनताका पक्षमा पत्रकारका नाममा जन्मिएका संगठनहरुको पनि चहलपहल निकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *