पत्रकारको बिषय हल गर्ने आउला त नयाँ नेतृत्व ?

राजनीति समाचार

काठमाडौं । यही शुक्रवार नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । केन्द्रीय निर्वाचन गराउनका लागि त्रिभुवन विश्वविद्यालयका आम सञ्चार तथा पत्रकारिता अध्ययन विभागका पूर्व प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा वरिष्ठ अधिवक्ता देवेन्द्र झा, अरूण पौडेल, कपिलचन्द्र पोखरेल, सालिकराम सापकोटा,विष्णुमाया भूषाल, भक्तिराम घिमिरे रहेको सात सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

२०८० चैत्र २५ गतेभित्र हुनुपर्ने महासंघको निर्वाचन सदस्यता विवादका कारण पटक–पटक मिति घोषणाभएर पनि स्थगित हुँदै आएको थियो। महासंघको निर्वाचन गराउन नसकेको भन्दै तीव्र आलोचना भएपछि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका थिए। त्यसपछि वरिष्ठ अध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्ष तोकेर निर्वाचन मिति घोषणा गरिएको थियो । तर,उनले पनि घोषित मितिमा निर्वाचन गराउन नसकेपछि राजीनामा दिएका थिए। त्यसपछि उपाध्यक्ष बाला अधिकारीले कार्यवाहक अध्यक्षको मौका पाएकी थिइन ।

उनले विधानअनुसार जिल्ला शाखा, प्रदेश कार्यसमिति अध्यक्ष र केन्द्रीय समितिको भेला गराई सबैको सहमतिमा जिल्ला र प्रदेशले पठाएको आधिकारिक सदस्य नविकरण र नयाँ सदस्यता सिफारिसलाई मान्ने सहमति भएसँगै यही मंसिर २८ निर्वाचन हुने वातावरण बनाइएको छ । महासंघको नेतृत्व कमजोर हुँदा विगतमा महासंघको राष्ट्रिय र अन्तर्राष्ट्रिय साखः गिर्दै आएको छ । पत्रकारका हक, हित, अधिकार, न्युनतम पारिश्रमिक, अन्य सुविधा, उपचार, बीमा, सुरक्षालगायतका विषय ओझेलमा परेका छन।

संविधानको मौलिक हक तथा अधिकारमा रहेको स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा पर्दै गएको गुनासो बढेको छ। सरकारले स्वतन्त्रता प्रेस माथि अंकुश लगाउने ऐन कानुनका मस्यौदा बनाएर संसदमा पेश गरेको छ । मिडिया काउन्सिल विधेयक बन्न सकेको छैन। मिडिया काउन्सिल विधेयकमा स्वतन्त्र प्रेसलाई अंकुश लगाउने प्रावधान राख्न लागिएको छ।

त्यसैले पनि महासंघको भावी नेतृत्व सिंगो देशको स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, संविधानका मौलिक हक,अधिकार र लोकतन्त्रका पक्षमा वकालत गर्नसक्ने सक्षम र दरिलो नेतृत्व निर्वाचित हुनुपर्ने आवाज पत्रकारहरूले उठाउँदै आएका छन्। उपत्यका प्रदेश सहित दशवटा प्रदेश समितिमा मंसिर २४ गते उम्मेदवार दर्ता गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ । जिल्ला शाखामा भने मंसिर आज बुधवार उम्मेदवारी मनोनयन गर्ने तयारी हुदैँ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *