जनतामा शीत लहरको त्रास

राजनीति समाचार

जब जाडो मौसम सुरु हुन्छ, तब सर्वसाधारणमा शीतलहर र ठन्डीले ज्यानै गुमाउने त्रास बढिरहेको हुन्छ । चिसो प्राकृतिक अवस्था हो । यसबाट आफै सुरक्षित रहनुपर्दछ । तर कतिपय यसबाट अनभिज्ञ रहने गरेका छन् । कतिपय भने बेवास्ता पनि गर्ने गर्दछन् । तर नेपाली जनताको स्वास्थ्य लाई लिएर गम्भीर हुने र सर्वसाधारणमा जनचेतना फैलाउने काम सरकारको हो । त्यसैगरी कतिपय अवस्थामा न्यानो कपडा नपाएर ज्यान गुमाउने पनि धेरै नै रहेका छन् । सरकारले यो अवस्थालाई मूल्याङ्कन गरेर न्यानो कपडा वितरण गर्ने सर्वसाधारणलाई शीतल र चिसो सम्बन्धी सचेत गराउने जथाभावी बाहिर निस्कन नदिने काम सरकारले गर्नुपर्दछ ।

हरेक वर्ष ठन्डी र शीतलहरका कारण तराईका क्षेत्रमा धेरैको ज्यान जाने गरेको छ । रातिको समयमा आगो ताप्ने गर्दा एकातिर नकारात्मक प्रभाव पारिरहेको हुन्छ भने अर्कोतिर श्वासप्रश्वासमा पनि समस्या सिर्जना गरेको पाइन्छ । त्यसैगरी जाडोमा बाहिर आगो ताप्ने गर्दा आगलागी हुने गरेको घटना पनि धेरै बाहिर आएका छन् । सरकारले सर्वसाधारणलाई संयमित हुन पनि आग्रह गर्नुपर्दछ । त्यसैगरी सरकारले यस्ता घटनाहरू हुन नदिन उत्तम विकल्पहरू जनतासामु प्रस्तुत गर्नुपर्दछ । रातिको समयमा हिटर बालेर सुत्ने गर्दा ध्यान पु¥याउनुपर्ने हुन्छ ।

ठन्डी र शीतलहरको प्राकृतिक अवस्थाको प्रभावको न्यूनीकरण गर्नका लागि पर्याप्त कपडा लगाउने, जथाभावी बाहिर ननिस्कने, अति आवश्यक काम परे मात्र बाहिर निस्कने, जथाभावी आगो नबाल्ने गर्नुपर्दछ । सरकारले पनि सर्वसाधारणलाई सुसुचित गर्दै आवश्यक कपडा, ब्ल्यांकेट जस्ता चिजहरू उपलब्ध गराउनुपर्छ । शीतलहर र ठन्डीले हरेक वर्ष सर्वसाधारणले ज्यान गुमाइरहेको अवस्थामा यसको प्रभाव न्यूनीकरणका लागि सरकारले पहल गर्न जरुरी देखिएको छ । चिसो मौसममा सरकारले सूचित गराउने र सर्वसाधारण पनि सचेत हुन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *