काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा त्रिपक्षीय भिडन्तर हुने देखिन्छ । दलनिकट पत्रकारहरुको भिडन्तसँगै स्वतन्त्र पत्रकारहरुले पनि उम्मेदवारी दिने भएका छन् । स्वरोजगारमुलक व्यवसायिक पत्रकारहरुको मोर्चा र स्वतन्त्र खेमाहरुले तामाकोशी सन्देश साप्ताहिकका प्रवन्ध सम्पादक रामचन्द्र बस्नेतलाई अध्यक्षमा अगाडि बढाएका छन्् ।
प्रवन्ध सम्पादक बस्नेतले काठमाडौं शाखाको अध्यक्ष जितेको खण्डमा स्वरोजगारमुलक श्रमजीवी पत्रकारहरुको हकहितको लागि आवाज उठाउने बताएका छन् । त्यसैगरी छापामाध्यम र अनलाइन मिडियाको लागि समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने त्यो नभएको खण्डमा लोककल्याणकारी विज्ञापनको भुक्तानी डबल बनाउन आफू अनसन बस्नसमेत पछि नपर्ने दावी गरेका छन् ।
यतिबेला स्वरोजगारमुलक साप्ताहिक, दैनिक, पाक्षिक, म्यागेजिन र साहित्यिक पत्रपत्रिकाहरु समस्यामा परेकाले त्यसको जगेर्नाको लागि आफ्नो उम्मेदवारी रहेको उनले दावी गरेका छन् । योसँगै विद्युतीय अनलाइन मिडियालाई वर्गीकरण गरी व्यवसायिक र मर्यादीत बनाउनुका साथै लोक कल्याणकारी तथा समानुपातिक विज्ञापन लागु गर्नको लागि पहल गर्ने बस्नेतको योजना छ ।