नेपाल पत्रकार महासंघमा त्रीपक्षीय भिडन्त

राजनीति समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन पर्सी २८ गते शुक्रबार हुँदै छ । लामो समयदेखि सदस्यता वितरणको विवाद निकालेर दलनिकट पत्रकारहरुको संघ, संगठनबीचको विवादले रोकिएको निर्वाचन मंसिर २८ गते शुक्रबार हुने भएको हो । महासंघको निर्वाचनमा साझ मोर्चाको तर्फबाट देवी सापकोटा अध्यक्ष, महासचिव जन्मदेवी जैसी, कुमार ओझा खुल्ला सचिव, प्रविण कुमार चौधरी खुल्ला सचिव (मधेसी), दलित सचिव सन्तोष बराइली र योगेश खपाङ्गी सचिव यसोसियटबाट उठेका छन् । त्यसैगरी सत्तासाझेदार कांग्रेस र एमाले निकट पत्रकारहरुबीच गठबन्धन भएको छ । त्योसँगै प्रेस युनियनकै अर्को खेमा तत्कालीन वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र माओवादी निकट प्रेस सेन्टर नेपालबीच गठबन्धन भएको छ ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले निर्मला शर्मालाई केन्द्रीय अध्यक्षमा अगाडि सारेको छ भने प्रेस सेन्टर नेपालले रमेश विष्टलाई अध्यक्षमा अगाडि ल्याएको छ । त्यसैगरी स्वतन्त्रबाट लालसिंह (एलएस) लामाले पनि केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएका छन् । प्रेस सेन्टर नेपालको तर्फबाट अध्यक्षमा रमेश विष्ट, वरिष्ठ वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महासचिवमा लेखनाथ न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारीरहेका छन् भने स्वतन्त्रबाट केन्द्रीय वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईंले उम्मेदवारी दिएका छन् ।

त्यसले गर्दा यसपालिको २७ औं निर्वाचनमा श्रमजीवी पत्रकार र स्वरोजगारमूलक पत्रकारहरुलाई नेता बनाउन पत्रकारहरु लागिपरेका छन् । सो निर्वाचनपछि नेपाल पत्रकार महासंघको परिणाम कस्तो आउँछ भन्ने कुरा अहिले यकिन गर्ने अवस्था छैन । पत्रकार महांसंघको नेतृत्व हत्याउनको लागि प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर नेपाल र साझ मोर्चा लागि परेका छन् । तर, साझ मोर्चाले प्रेस स्वतन्त्रता, स्वरोजगार पत्रकार र श्रमजीवी पत्रकारहरुको वकालत गर्दै आएको छ । त्यसले गर्दा नेपाल पत्रकार महासंघमा त्रीपक्षीय भिडन्त हुने देखिन्छ ।

केन्द्र र प्रदेशले मनोनय दर्ता गरिसकेका छन् । देशैभरका शाखाको मनोनयन आज हुँदै छ । केन्द्रको मनोनयन २१ गते भएको थियो भने प्रदेशको मनोनयन २४ गते दर्ता भएको छ । बागमती प्रदेश अन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर उपत्यका प्रदेश रहेको छ । उपत्यका प्रदेशमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको तर्फबाट अध्यक्षमा मोहन पन्त, उपाध्यक्ष खुल्लामा कालिका महत, महासचिवमा रामचन्द्र दुलाल, सचिवमा अमिर लामालगायतले उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रेस सेन्टरबाट टेनिस रोक्काको नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको छ । उता, शिव बस्नेतले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । यिनै उम्मेदवारीहरुबाट मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *